default_image

फुटबल

July 23, 2025

मनाङ र श्री भगवतीको जित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु-१६ युथ लिगमा आज मनाङ मर्स्याङ्दी क्लब र श्री भगवती क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधवारको पहिलो खेलमा मनाङले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले हरायो । मनाङका लागि दुवै गोल प्रकाश सिंहले गरे । प्रकाशले ४९औं र ५४औं मिनेटमा गोल गरे । जितपछि मनाङले […]

July 23, 2025

इंग्ल्याण्ड युरोको फाइनलमा

एजेन्सी – साविक विजेता इंग्ल्याण्डले युइएफए महिला युरोको फाइनल पुगेको छ। फेरि एक पटक अविश्वसनीय पुनरागमनका साथ अतिरिक्त समयमा इटालीलाई २-१ ले हराउँदै इंग्ल्याण्ड उपाधि नजिक पुगेको हो। मिचेल अजेमेंगले इन्जुरी समयको छैंटौं मिनेटमा बराबरी गोल गर्दै इंग्ल्याण्डलाई खेलमा कायम राखिन्। अतिरिक्त समयको एक मिनेट बाँकी हुँदा अर्की विकल्प खेलाडी क्लोइ केलीले गरेको गोल खेलको […]

July 22, 2025

करातेकी एरिका र फुटबलकी अञ्जनालाई इनर ह्विलको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत विजेता करातेकी एरिका गुरुङ र नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अञ्जना राना मगर मंगलवार भक्तपुरको मध्यपुरमा नगदसहित सम्मानित भएका छन् । कराते वान प्रिमियर लिगमा कांस्य, थाइल्यान्ड ओपन र युएस ओपनमा स्वर्ण तथा एसियन च्याम्पियनसिपमा रजत जितेकी कराते एरिका र गोलकिपर अञ्जनालाई मध्यपुरस्थित इनर ह्विल क्लबले समान २५ […]

July 22, 2025

रासफोर्ड बार्सिलोनासँगको सम्झौता नजिक

एजेन्सी – म्यानचेस्टर युनाइटेडका फरवार्ड मार्कस रासफोर्डले लोन सम्झौता अघि बार्सिलोनामा मेडिकल पास गरेका छन्। युनाइटेडबाट अनुमति पाएपछि स्थानान्तरणका औपचारिकताहरू पूरा गर्न २७ वर्षीय रासफोर्ड आइतवार राति क्याटालोनिया पुगेका थिए। इङ्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडीलाई सोमवार बिहान प्रशिक्षण मैदानमा बार्सिलोनाका मुख्य प्रशिक्षक हान्सी फ्लिक र खेलकुद निर्देशक डेकोले स्वागत गरे। गत साता बार्सिलोना र युनाइटेडबीचको वार्ता भएको […]

July 21, 2025

बंगलादेश साफ यु २० मा पाँचौं पटक च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- बंगलादेशले महिला साफ यु-२० च्याम्पियनसिप जितेको छ। अन्तिम खेलमा आज नेपाललाई ४-० को हार चखाउँदै बंगलादेश अपराजित रहँदै पाँचौं पटक च्याम्पियन बनेको हो। अहिलेसम्म बंगलादेश र भारतले मात्र यो प्रतियोगिताको उपाधि जितेका छन्। भारत र बंगलादेशले एक संस्करण संयुक्तरुपमा उपाधि जितेको थियो। भारतले कुल २ पटक उपाधि जितेको छ। नेपाल तेस्रो पटक […]

July 21, 2025

नेपाल उपाधिका लागि बंगलादेशसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले साफ यु-२० महिला च्याम्पियनसिपमा आज आयोजक बंगलादेशसँग उपाधिका लागि निर्णायक खेल खेल्दैछ। यो खेलको निर्णयले उपाधि विजेताको टुंगो लाग्नेछ। जारी प्रतियोगितामा बंगलादेश एकमात्र अपराजित टोली हो।‌ घरेलु टोलीले ५ खेलमा ५ खेल नै जितेको छ। बंगलादेश १५ अंक सहित अंक तालिकाको शीर्षस्थानमा रहेको छ।‌ नेपालले भने ५ खेलमा ४ जित दर्ज […]

July 20, 2025

मनाङलाई हराउँदै संकटा शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु-१६ युथ लिगमा मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै संकटा क्लब शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आजको दोस्रो खेलमा संकटाले मनाङलाई २-० पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो । संकटाको जितमा नवराज तिरुवा र प्रज्वल कुमार लुर्मीले गोल गरे । ५५औं मिनेटमा नवराजले तथा ६७औं मिनेटमा प्रज्वलले गोल […]

July 20, 2025

यु १७ महिला खेलाडी छनोट सुरु

रविन्द्र वाईबा, हेटौंडा अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय यू-१७ महिला फुटबल टोलीका लागि केन्द्रिय स्तरिय  खेलाडी छनोट गर्न सुरु गरेको छ। मकवानपुरको हेटौंडास्थित गौरीटार रंगशालामा खेलाडी आइतवार छनोट गर्न सुरु गरेको हो। खेलाडी छनोटमा एन्फामा आवद्ध ७ प्रदेश फुटबल संघबाट ३ सय ५० भन्दा बढी खेलाडी सहभागी छन् । एन्फाले ४० जनालाई […]

July 20, 2025

नेपाल समूह ‘ए’मा, भारत र पाकिस्तान अर्कोमा

काठमाडौं (हाम्रो खेलकुद)- श्रीलंकाको कोलम्बोमा हुने साफ यु-१७ च्याम्पियनसिपको ड्र आज सार्वजनिक भएको छ। बंगलादेशको ढाकामा भएको ड्रमा समुह ‘ए’ मा ३ र समुह ‘बी’ मा ४ राष्ट्र रहेका छन्। नेपाल समुह ‘ए’ मा आयोजक श्रीलंका र बंगलादेशसँग रहेको छ। भारत र पाकिस्तान एउटै समूहमा परेका छन्। समूह ‘बी’ मा भारत र पाकिस्तानसँगै भुटान र […]

July 20, 2025

एपिएफले हिमालयनलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले एन्फा यु१६ युथ लिगमा जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतवार भएको पहिलो खेलमा एपिएफले हिमालयन शेर्पा क्लबलाई २-० ले हराएको हो । एपिएफको जितमा खेलको ३१औं मिनेटमा पुजन ढकाल र ५२औं मिनेटमा आदर्श मेचेले गोल गरे । जित पछि एपिएफको ६ खेलबाट ९ […]

Success

Thank you for your time.