July 5, 2025
एजेन्सी – भारतले थाइल्यान्डलाई २-१ ले पराजित गर्दै अर्को वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कपका लागि छनोट भएको छ। भारतको जितमा दुबै गोल संगिता बसफोरले गरिन्। शतप्रतिशत जित सहित भारत समुह विजेता बन्दै अष्ट्रेलियाको टिकट काट्न सफल भएको हो। भारत सन् २००३ पछि पहिलो पटक छनोट भएको हो। थाइल्यान्डले बलमा पकड बढी बनाएपनि भारतले […]
July 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोटको तेस्रो तथा अन्तिम खेलको लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको प्लेइङ ११ सार्वजनिक भएको छ। श्रीलंकासँग खेलेको पहिलो रोजाइमा एक जना मात्र परिवर्तन गरिएको छ । प्रशिक्षक प्याट्रिक डि वाइल्डलेरक्षापंक्तिलाई मजबुत बनाउन राइट ब्याक पूजा रानाले मौका पाउँदा मिडफिल्डर प्रीति राईलाई बेन्च राखेका छन् । यसअघि […]
July 5, 2025
हिमाल खरेल,बिर्तामोड झापाको शिवसताक्षी नगरपालिकामा नेपालकै सर्वाधिक धनराशीको महिला फुटबल प्रतियोगिता हुने भएको छ । शिवसताक्षीस्थित नवनिर्मित दुधे रंगशालामा प्रतियोगिता हुनेछ । विजेताले कम्तिमा नगद १० लाख रुपैयाँ प्राप्त गर्ने चर्चा भए पनि आयोजकले पुरस्कारबारे टुंगो नलागेको जनाएको छ । आयोजक झापा महिला गोल्डकप समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार प्रतियोगिता कात्तिक १५ गतेदेखि हुनेछ । […]
July 5, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल महिला राष्ट्रिय फुटबल टोली आज नयाँ इतिहास रच्ने अठोटका साथ उज्वेकिस्तानविरुद्ध उसैको मैदानमा उत्रदैछ। एएफसी एसियन कप छनोटको तेस्रो तथा अन्तिम खेलमा नेपाल र उज्वेकिस्तान एकअर्कासँग खेल्दैछन् । यसअघि समूहका दुवै खेल जितेका नेपाल र उज्वेकिस्तानको एकअर्कासँग प्रतिस्पर्धा गर्नुअघि समान ६ अंक र १७ गोल छ । एसियन कप २०२६ […]
July 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला फुटबल टोली आज उज्वेकिस्तानमा एएफसी एसियन कप छनोटको तेस्रो तथा अन्तिम खेल घरेलु टोली विरुद्ध उत्रने तयारीमा छ । यसअघि दुवै खेल जितेका नेपाल र उज्वेकिस्तानको एकअर्कासँग प्रतिस्पर्धा गर्नुअघि समान ६ अंक र १७ गोल छ । एसियन कप २०२६ छनोट हुनका दुवै टोलीका लागि यो अन्तिम अवसर हो । […]
July 5, 2025
एजेन्सी – इङ्ग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकप फुटबलको फाइनल प्रवेशका लागि ब्राजिलको फ्लुमिनेससँग भेट पक्का गरेको छ । शनिबार विहान भएको क्वाटरफाइनल खेलमा ब्राजिलकै पाल्मेइरासलाई २-१ गोल अन्तरले हराउँदै चेल्सीले अन्तिम ४ मा फ्लमिनेससँगको भेट पक्का गरेको हो । चेल्सीको जितमा कोल पाल्मरले एक गोल गर्दा एक गोल उपहार पाएको थियो । पाल्मेइरासका एस्तिभाओले […]
July 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी महिला एसियन कप २०२६ को यात्रा निर्णायक मोडमा आइपुगेको छ। तासकन्तमा नेपाल र घरेलु टोली उज्वेकिस्तानबीच शनिवार हुने समूह चरणको अन्तिम खेलले अस्ट्रेलियामा अर्को वर्ष हुने एसियन कप खेल्ने एक टोलीको टुंगो लगाउनेछ। खेल नेपाली समयअनुसार राति ९:१५ बजे सुरु हुनेछ। समूह ‘एफ’ को दुई उत्कृष्ट टोली नेपाल र उज्वेकिस्तानले हालसम्म […]
July 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा यु-१६ युथ लिगमा मनाङ मर्स्याङ्दी क्लबले विजयी सुरुवात गरेको छ। आज भएको उद्घाटन खेलमा मनाङले श्री भगवती क्लबलाई २-१ गोलले हरायो। एन्फा कम्प्लेक्समा भएको खेलको ४० औं मिनेटमा रोहन थापा मगरले गोल गरे। मनाङले पहिलो हाफमा १-० को अग्रता बनायो। तर मनाङको यो अग्रता ५८ औं मिनेटमा तोडियो। सरुन महतोले श्री […]
July 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) दएको आयोजना एन्फा यु-१६ युथ लिग भोलि सुरु हुँदैछ। लिगमा १४ ए-डिभिजन क्लबको सहभागिता रहनेछ। लिग विजेता टोलीले नगद १ लाख र दोस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्ने बिहीवार पत्रकार सम्मेलनमा एन्फाले जानकारी दिएको छ। उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही १५ हजार रुपैयाँ […]
July 3, 2025
एजेन्सी – लिभरपुलका पोर्चुगिज खेलाडी डियोगो जोटा र उनका भाइ आन्द्रे सिल्भाको स्पेनमा कार दुर्घटनामा मृत्यु भएको छ। प्रहरीले दिएको जानकारी अनुसार उनीहरू चढेको लाम्बोर्गिनी गाडी अर्को गाडीलाई ओभरटेक गर्नेक्रममा सडकबाट बाहिर जाँदा आगो लागेको थियो। स्पेनी अधिकारीले २८ वर्षीय जोटा र उनका २५ वर्षीय भाइ आन्द्रे सिल्भा स्पेनको उत्तरपश्चिमी सहर समोराको नजिक मृत फेला […]