July 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला यु २० टोलीका पूर्व खेलाडी अञ्जली चन्द र सविना चौधरी भुटानको थिम्पु सिटी एफसीमा अनुबन्धित भएका छन्। उनीहरुले थिम्पबाट सन् २०२५ को भुटान महिला राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन्। दुवैको सम्झौता २०२५ अक्टोबर सम्मको लागि रहेको बताइएको छ। थिम्पु अहिले लिगको अंक तालिकामा गोल अन्तरका आधारमा चौथो स्थानमा छ । […]
July 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी महिला एसियन कप छनोटको नेपालले दोस्रो खेलमा आज दक्षिण एसियाली प्रतिद्वन्द्वी श्रीलंकासँग खेल्दैछ। खेल साँझ नेपाली समय अनुसार ६:१५ बजे सुरु हुनेछ। उज्वेकिस्तानमा नेपालले सानदार सुरूवात गर्दै लाओसलाई ९-० ले हराएको थियो। आत्मविश्वासी नेपाली टोली श्रीलंका विरूद्ध पनि शतप्रतिशत जितकासाथ छनोटको संभावनालाई मजबुत बनाउन चाहन्छ। श्रीलंका पहिलो खेलमा घरेलु टोली उज्वेकिस्तानसँग […]
July 2, 2025
एजेन्सी – फिफा क्लब विश्वकप फुटबलको अन्तिम प्रि-क्वाटरफाइनलको खेलमा जित निकाल्दै बोरुसिया डर्टमुन्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ । अमेरिकामा बुधबार विहान सकिएको अन्तिम १६ को खेलमा जर्मन क्लब डर्टमुन्डले मेक्सीकोको क्लब मोन्टेरेलाई २-१ गोल अन्तरले पराजित गरेको हो । डर्टमुन्डको जितमा दुवै गोल सरु गुएरासेले गरेका थिए । मोन्टेरोका लागि भने जर्मन बर्तरामले गोल गरे […]
July 2, 2025
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले इटालिन टोली युभेन्टसलाई पराजित गर्दै क्लब विश्वकपको क्वाटरफाइनलमा स्थान बनाएको छ । अमेरिकाको हार्ड रक स्टेडियममा रियलले युभेन्टसलाई १-० ले हरायो । गोन्जालो गार्सियाको गोलमा रियल विजयी भएको हो। २१ वर्षीय गार्सियाले ५४ औं मिनेटमा हेडरमार्फत गोल नै खेलको निर्णायक बन्यो । रियलले अब सेमिफाइनल प्रवेशका लागि मेक्सीकोको मोन्टरी […]
July 1, 2025
एजेन्सी – साविक विजेता म्यानचेस्टर सिटी क्लब विश्व कपको अन्तिम १६ बाट बाहिरिएको छ। अमेरिकामा जारी क्लब विश्वकपमा आज अतिरिक्त समयमा साउदी अरबको क्लब अल-हिलालसँग ४-३ ले पराजित हुँदै सिटी चाहिएको हो। ७ गोलको रोमाञ्चक खेलमा अल हिलालले अतिरिक्त समयमा २ गोल गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो । पेप ग्वार्डिओलाको टोली समूह चरणबाट सहजै […]
July 1, 2025
एजेन्सी – इटालियन क्लब इन्टर मिलानलाई हराउँदै ब्राजिलको फ्लुमिनेस एफसी फिफा क्लब विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बैंक अफ अमेरिका स्टेडियममा आज भएको भएको प्रि-क्वाटरफाइनलमा फ्लुमिनेसले इन्टरलाई २-० ले पराजित गरेको हो । फ्लुमिनेसको जितमा जर्मन कानो र हर्कुलसले समान गोल गरे । खेलको तेस्रो मिनेटमा नै कानोले गोल गर्दै अग्रता दिलाए । […]
June 30, 2025
सुशील पन्त क्षेत्री,चितवन वाल्मीकि शिक्षा सदनले दोस्रो भरतपुर मेयर कप फुटबलको उपाधि जितेको छ । आज भएको फाइनलमा डन एकेडेमीलाई हराउँदै वाल्मीकि च्याम्पियन बनेको हो । प्रतिस्पर्धात्मक खेलमा वाल्मीकि १-० ले विजयी भयो । उसको जितमा अमृत आचार्यले निर्णायक गोल गरे । उनले दोस्रो हाफको २७ औं मिनेटमा प्राप्त पेनाल्टीमा गोल गोल गरेका हुन्। वाल्मीकिले […]
June 30, 2025
दिपेन्द्र पोखरेल, टेक्सास (अमेरिका) नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ आइटी सुत्र इन्कको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्। संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको र ११ वर्षदेखि प्रविधि क्षेत्रमा नवप्रवर्तनकारी समाधानहरू प्रदान गर्दै आएको आईटी कन्सल्टिङ कम्पनीले किरणलाई ३ वर्षका लागि सोमवार आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो । सम्झौता ३० लाख […]
June 30, 2025
एजेन्सी – फरवार्ड ह्यारी केनले २ गोल गरेको खेलमा जर्मन क्लब बायर्न म्युनिख फ्लामेंगोलाई पराजित गर्दै क्लब विश्वकप को क्वाटरफाइनलमा पुगेको छ। अमेरिकाको हार्ड रक स्टेडियममा भएको खेलमा बायर्न ब्राजिलियन क्लब फ्लामेंगोलाई ४-२ ले पराजित गरेको हो । बायर्न जितमा केनले २ र लियोन गोरेट्ज्काले १ गोल गरे । १ गोल आत्मघाती भयो । फ्लामेंगोको […]
June 30, 2025
एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) अमेरिकामा जारी फिफा क्लब विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को खेलमा आइतवार लियोनल मेस्सीको कप्तानीमा रहेको अमेरिकी क्लब मियामीलाई ४-० ले हराउँदै पिएसजी अन्तिम आठमा पुगेको हो। पिएसजीको जितमा जोआओ नेभेसले २ र अचरफ हाकिमीले १ गोल गरे । १ गोल आत्मघाती रह्यो। […]