June 27, 2025
सुशील पन्त क्षेत्री,चितवन वाल्मीकि शिक्षा सदन दोस्रो भरतपुर मेयर कपको फाइनलमा प्रवेश गरेको छ । आज रोमाञ्चक दोस्रो सेमिफाइनलमा जनज्योति माविलाई हराउँदै वाल्मीकिले अन्तिम दुईमा पुगेको हो। भरतपुर ७ कृष्णपुरमा भएको खेलमा वाल्मीकि सडन डेथमा विजयी भयो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा २-२ को बराबरी भयो । […]
June 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान राजु काजी शाक्य र राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही शरद चन्द्र शाह मेमोरियल फाउन्डेसन स्पोर्टस अवार्ड २०२५ बाट सम्मानित भएका छन्। शरद चन्द्र शाह मेमोरियल फाउन्डेसनले आयोजना गरेको अवार्डसहित शाक्य र शाही दुवैलाई समान २ लाख ५० हजार रुपैयाँ प्रदान गरिएको छ। फाउन्डेसनकी अध्यक्ष तथा […]
June 27, 2025
एजेन्सी – क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिग क्लब अल-नसरसँग नयाँ दुई वर्षे सम्झौता गरेपछि अब उनले वार्षिक १ सय ७८ मिलियन पाउण्ड (नेपाली ३० अर्ब २६ करोड रुपैयाँ ) भन्दा बढी आम्दानी गर्ने निश्चित भएको छ। केही हप्ता अघिसम्म साउदी क्लब अल-नसरसँगको उनको यात्रा समाप्त भएको संकेत गरिएको थियो ।रोनाल्डोले बिहीवार फेरि त्यही क्लबसँग दुई […]
June 27, 2025
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड अमेरिकामा जारी क्लब विश्व कपमा समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ। आज भएको खेलमा रियलले एफसी साल्जवर्गलाई ३-० ले हराएसँगै समूह एच को विजेता बनेको हो। भिनिसियस जुनियरले खेलको ४० औं मिनेटमा रियलको लागि पहिलो गोल गरे। यसपछि इन्ज्युरी समयमा भिनिसियसको सहयोगमा फेडरिको भरल्भर्डेले गोल गरे। […]
June 27, 2025
एजेन्सी – एर्लिङ हालान्डले आफ्नो शीर्ष स्तरको करियरको ३ सयौं गोल पूरा गरेको खेलमा म्यानचेस्टर सिटीले युभेन्टसलाई क्लब विश्व कपमा ५-२ ले पराजित गरेको छ। सिटी समूह ‘जी’ को शीर्षमा पुग्यो। १० मिनेटमा नै सिटीले अग्रता लिएको थियो। रायन एइट-नूरीको पासलाई जेरेमी डोकुले गोल गरे।तर युभेन्टसले तुरुन्तै गोल फर्कायो । गोलकिपर एडरसनको कमजोर पासलाई ट्युन […]
June 26, 2025
सुशील पन्त क्षेत्री, चितवन डन एकेडेमी भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज पहिलो सेमिफाइनलमा आदिकवि भानुभक्त माविलाई हराउँदै डन एकेडेमी उपाधि नजिक पुगेको हो । भरतपुर ७ कृष्णपुरको मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा डन टाइब्रेकरमा ३-० ले विजयी भयो । उसको जितमा गोलकिपर राघव बराकोटी नायक बने । उनले […]
June 26, 2025
एजेन्सी – बोरुसिया डर्टमुण्डले अमेरिकामा जारी क्लब विश्व कपको नकआउट चरणमा प्रवेश गरेको छ। दक्षिण कोरियाली क्लब उल्सान एचडीलाई १-० ले हराएपछि समूह एफको विजेता बन्दै डर्टमुण्ड अन्तिम १६ मा पुगेको हो । निको कोभाचको टोली सिन्सिनाटीमा भएको समूह चरणको अन्तिम खेलमा मैदान उत्रँदा, नकआउट चरणमा पुग्नका लागि बराबरी नतिजा नै पर्याप्त हुने स्थिति थियो। […]
June 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नविन न्यौपाने नेपाली राष्ट्रिय यु २३ फुटबल टोलीको मुख्य प्रशिक्षक नविन नियुक्त भएका छन्। ताजकिस्तानमा हुने एएफसी यु २३ एसियन कप छनोटको खेलको लागि न्यौपानेलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। सिनियर राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक समेत रहिसकेका न्यौपाने एन्फा युवा परियोजनाको प्रमुख हुन् । यसअघि […]
June 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- थ्री स्टार क्लबका निवर्तमान अध्यक्ष अरुणमान जोशीले अखिल नेपाल फुटबल संघ (एन्फा) को सहायक महासचिव पदबाट बुधवार राजीनामा दिएका छन्। एन्फाको अपिल कमिटीले असार ५ गते थ्री स्टारका बारेमा लिएको पछिल्लो निर्णय अन्यायपूर्ण भएको उल्लेख गर्दै पदमा बसिरहन उपयुक्त नभएकोले राजीनामा दिएको जोशीले बताएका छन् । जोशीले आज बिहान इमेलमार्फत राजीनामा पठाएको […]
June 25, 2025
एजेन्सी – चेल्सी अमेरिकामा जारी फिफा क्लब विश्व कपको नकआउट चरणमा पुगेको छ। समूह चरणको अन्तिम खेलमा इएस ट्युनिसलाई ३-० ले गराएसँगै चेल्सीले अन्तिम १६ को यात्रा तय गरेको हो।स्टाइकर लियाम डेल्यापले पहिलो पटक चेल्सीका लागि गोल गरे । इप्सविचबाट यसै महिनाको सुरुमा ३० मिलियन पाउन्डमा चेल्सी पुगेयता २२ बर्षीय डेल्यापले पहिलो पटक गोल गरेका […]