default_image

फुटबल

January 6, 2021

टोटेनहम कारावाओ कपको फाइनलमा

एजेन्सी – च्याम्पियनसिप क्लब ब्रेन्टफोर्डमाथि सहज जित निकाल्दै प्रिमियर लिग क्लब टोटेनहम हस्टपर इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारावाओ कपको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा टोटेनहमले ब्रेन्टफोर्डमाथि २–० को सहज जित हात पारेको हो । टोटेनहमको जितमा मोउसा सिस्सोको र ह्युङ मिन सनले गोल गरे । पहिलो र […]

January 5, 2021

मेस्सी अर्को कीर्तिमानको नजिक

एजेन्सी – लिओनल मेस्सीले बार्सिलोनाबाट ७ सय ५० खेल खेलेका छन् । ला लिगामा आइबार बार्सिलोनाले हुएस्कालाई १–० ले हराउँदा मेस्सीको त्यो आँकडा पूरा भएको छ । अर्जेन्टिनी सुपर स्टारले अब १८ खेल खेले भने बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्ने छन् । सिजनका बाँकी खेल उनले जाभीको सर्वाधिक खेल खेल्ने कीर्तिमानलाई तोड्नेछन् । […]

January 5, 2021

फाइनल प्रवेशका लागि टोटेनहम र ब्रेन्टफोर्ड भिड्दै

एजेन्सी – इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारावाओ कपको सेमिफाइनलमा आज राति प्रिमियर लिग क्लब टोटेनहम हस्टपरले घरेलु मैदानमा च्याम्पियनसिप क्लब ब्रेन्टफोर्डसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार राति १ः३० बजे हुनेछ । यि दुई टोली पहिलोपटक भिड्न लागेका हुन् । अर्काे सेमिफाइनलमा बुधबार राति म्यानचेस्टर ‘डर्बी’ अर्थात म्यानचेस्टर युनाइटेड र सिटीबीच प्रतिस्पर्धा हुँदैछ […]

January 5, 2021

सताक्षीधाम संजोग स्मृति फुटबलको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– सताक्षीधाम स्पोर्टिङ क्लब झापा मोरङ बेलबारीमा जारी टुबोर्ग संजोग स्मृति नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । बेलबारी फुटबल क्लब रातोलाई ३–० ले हराउँदै सताक्षीधाम अन्तिम चारमा पुगेको हो । सताक्षीको जितमा शिशिर लेखीले २ तथा मनीष थापाले १ गोल गरेका थिए । सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । शिशिरले […]

January 5, 2021

टोरेसलाई अनुबन्ध गर्ने रियल म्याड्रिडको प्रयास

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले सेन्टर ब्याक पाउ टोरेस अनुबन्धको लागि चासो देखाएको छ । रियलले आफ्नो अनुभवी कप्तान सर्जियो रामोसको विकल्पमा टोरेसलाई अनुबन्ध गर्न चासो देखाएको हो । रियलमा रामोसको सम्झौता अवधि आउदो समरसम्म मात्रै बाँकी रहँदा अझै पनि सम्झौता नविकरण भइसकेको छैन । यस्तो अवस्थामा रियलले टोरेसमा नजर लगाएको हो । स्पेनका […]

January 5, 2021

बार्सिलोना प्रशिक्षण टोलीका दुई सदस्यलाई कोरोना

एजेन्सी – बार्सिलोनाका प्रशिक्षण टोलीका दुई सदस्यलाई कोरोना भाइरस कोभिड १९ संक्रमण भएको क्लबले जनाएको छ । जसका कारण मंगलबारका लागि तय टोलीको अभ्यास स्थगित भएको छ । त्यस्तै बार्सिलोना र एथलेटिक क्लबविरुद्ध हुने खेल अघिको पत्रकार सम्मेलन पनि स्थगित भएको क्लबले जनाएको छ । ‘सोमबार गरिएको पिसिआर परिक्षणबाट पहिलो टोलीको प्रशिक्षण टोलीका दुई सदस्यलाई […]

January 5, 2021

माघे संक्रान्ती फुटबल यसै साता सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल मगर संघ नक्सलबारी मोरङको आयोजनामा माघे संक्रान्ती खुला नकआउट फुटबल प्रतियोगिता यसै साता सुरु हुने भएको छ । नक्सलबारी खेल मैदानमा शुक्रबार सुरु हुने प्रतियोगितामा आठ टोलीको सहभागिता रहने आयोजक संघले जनाएको छ । ६ दिन सम्म चल्ने प्रतियोगिताको विजेताले ५१ र दोस्रो हुने टोलीले ३१ हजार रुपैयाँ प्राप्त गर्नेछ । […]

January 5, 2021

हालान्ड अन्यत्र जानेमा डर्टमुन्ड विश्वस्त

एजेन्सी – एक दिन इर्लिङ हालान्डले बोरुसिया डर्टमुन्ड छाड्ने विषय क्लब व्यवस्थापनले पनि बुझेको छ । तर डर्टमुन्डका सिइओ हान्स जोचिम वाट्ज्केले भने युवा फरवार्डले आफ्नो खेललाई अझै स्तरीय बनाउन तत्काल क्लब छाड्न नहुनेमा जोड दिन्छन् । गत वर्ष डर्टमन्ड पुगेयता हालान्डले क्लबका लागि लगातार जसो गोल गर्दै आइरहेका छन् । त्यसै कारणले पनि उनी […]

January 5, 2021

साउथह्याम्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुल साउथह्याम्टनसँग स्तब्ध बनेको छ । पछिल्लो दुई खेलमा जित निकाल्न नसकेको लिभरपुल साउथह्याम्टनसँग उसकै मैदानमा १–० ले स्तब्ध बनेको हो । प्रिमियर लिगमा लिभरपुलको यो दोस्रो हार हो । यसअघि लिभरपुल एस्टन भिल्लासँग ७–२ ले पराजित भएको थियो । साउथह्याम्टनमा सोमबार राति भएको खेलमा लिभरपुल खेलको दोस्रो […]

January 4, 2021

शीर्षस्थानको लिभरपुललाई साउथह्याम्टनको चुनौती

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति शीर्षस्थानमा रहेको लिभरपुलले साउथह्याम्टनको भ्रमण गर्दैछ । खेल नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । घरेलु टोली साउथह्याम्टनलाई हराउदै लिभरपुल अंक तालिकामा म्यानचेस्टर युनाइटेडलाई ३ अंकले पछि पार्ने लक्ष्यमा हुनेछ । दुवै टोलीको समान ३३ अंक रहेपनि लिभरपुल गोलअन्तरमा अघि छ । लिभरपुलसँग साडियो माने, मोहम्मद सलाह, रोबर्टाे […]

Success

Thank you for your time.