September 5, 2025
एजेन्सी – पाकिस्तानले यूएईलाई ३१ रनले हराउँदै त्रिकोणात्मक सिरिजको फाइनलमा प्रवेश गरेको छ। शारजाह क्रिकेट मैदानमा सिरिजको पाँचौं खेलमाबिहीवार फखर जमनले नटआउट ७७ रन प्रहार गरे । अबरार अहमदले करिअरकै उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७१ रन बनायो। सुरुवातमा साहिबजादा फरहान (१६), साइम […]
September 5, 2025
एजेन्सी – दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई ५ रनले हराउँदै ३ ओडिआई सिरिज २-० ले जितेको छ। म्याथ्यू ब्रिट्जकेले लगातार पाँचौं खेलमै अर्धशतक प्रहार गर्ने कीर्तिमान बनाए। उनले ७७ बलमा ८५ रन बनाए । उनले ट्रिस्टन स्टब्ससँग १ सय ४७ रनको साझेदारी गरेपछि टोलीले ५० ओभरमा ८ विकेटको ३ सय ३० बनायो । स्टब्सले अर्धशतक बनाए । […]
September 4, 2025
काठमाडौं ( हाम्रो खेलकुद)- नेपाली युवा टोलीले हारबाट एएफसी यु २३ एसियन कप छनोटको सुरुवात गरेको छ। आयोजक ताजिकिस्तानसँग बुधवार भएको खेल नेपालले ४-० ले गुमाएको थियो। रिपब्लिकन सेन्ट्रल स्टेडियममा ताजिकिस्तानका लागिमुहम्मदल अजिजबोएभले २, रहमतशो रहमतजोदा र दलेर शारिपोभले समान १ गोल गरे। पहिलो हाफमा नेपाल १-० ले मात्र पछाडि थियो। ताजिकिस्तानले सुरुबाटै लगातार बनाएपनि […]
September 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली युवा टोलीले आज घरेलु टोली ताजकिस्तानसँग खेल्दै एएफसी यु-२३ एसियन कप छनोटको सुरुवात गर्नेछ। ताजकिस्तान तुलनात्मक रुपमा बलियो टोली हो। उसले दुई पटक एसियन कप खेलेको छ। घरेलु मैदान र समर्थक उसको लागि अर्को बलियो पक्ष हुनेछ। नेपालले बलियो टोली विरुद्ध खेल्न तयार रहेको बताएको छ। प्रशिक्षक नवीन न्यौपानेको नेतृत्वमा रहेको […]
September 3, 2025
एजेन्सी – इब्राहिम ज़द्रान र सिदिकुल्लाह अतलले लगातार अर्धशतक प्रहार गरेपछि अफगानिस्तानले मंगलवार टि ट्वान्टी त्रिकोणात्मक सिरिजमा १८ रनले हराएको छ। सारजाहमा कप्तान रशिद खान, मोहम्मद नबी,फजाहल फारुकी र डेब्यु गरेका बाँया हातका स्पिनर नूर अहमदले समान २ विकेट लिएपछि पाकिस्तान ९ विकेटको नोक्सानीमा १ सय ५१ रनमा सीमित भयो। ज़द्रान (६५) र अतल (६४) […]
September 3, 2025
एजेन्सी – पहिलो ओडिआईमा दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई ७ विकेटले हराउँदै ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ। लिड्समा मंगलवार भएको खेलमा पहिले ब्याटिङ गरेको घरेलु टोली इंग्ल्यान्ड २४.३ ओभरमै १ सय ३१ रनमा अलआउट भयो। स्पिनर केशव महराजले २२ रन खर्चेर ४ विकेट र वियान मुल्डरले ३ विकेट लिए। नन्द्रे बर्गरले सुरुवाती सफलता दिलाउँदै […]
September 2, 2025
एजेन्सी – लेस्टर सिटी र इंग्ल्यान्डका पूर्व स्ट्राइकर जेमी भार्डीले इटालियन सिरि ए क्लब क्रेमोनेजेसँग निशुल्क ट्रान्सफरमा सम्झौता गरेका छन्। ३८ वर्षे भार्डीले एक वर्षको सम्झौता गरेका छन् । नयाँ बढुवा भएको क्लब क्रेमोनेजेस्ले रेलिगेसनबाट बच्न सके उनीसँग थप एक वर्षको सम्झौता गर्ने विकल्प रहनेछ। भार्डी सन् २०१२ मा लेस्टर सिटीमा सामेल भएका थिए। गत […]
September 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) ले नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ र नेपाल घोडचढी संघका अध्यक्ष रवि राज कर्णिकारलाई दुई वर्षका लागि निलम्बन गरेको छ । अगष्ट २८ मा बसेको ओसिए कार्यकारी बोर्डको बैठकमाइथिक्स कमिटीको सिफारिसमा श्रेष्ठ र राजकर्णिकारलाई ओसिए सम्बन्धित सबै गतिविधिबाट दुई वर्षको लागि निलम्बन गर्ने निर्णय गरेको […]
September 1, 2025
एजेन्सी – सिएटल साउन्डर्सले इन्टर मियामीलाई ३-० ले हराउँदै २०२५ लिग्स कपको उपाधि जितेको छ। सिएटलको लुमेन फिल्डमा भएको फाइनलमा लियोनेल मेस्सीको ४७औं करिअर उपाधि जित्ने प्रयास असफल रहे। सिएटलका ओसाजे डे रोजारियोले २६औं मिनेटमा पहिलो गोल गरे। ८४औं मिनेटमा एलेक्स रोदानले पेनाल्टीमार्फत गोल थपे भने ८९औं मिनेटमा पॉल रोथरकले तेस्रो गोल गर्दै जित पक्का […]
September 1, 2025
एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले टुलुजलाई ६-३ ले पराजित गरेको छ। जोआओ नेभेसले ह्याट्रिक गरे । खेलमा ४ वटा पेनाल्टी दिइयो। २० वर्षीय पोर्चुगिज नेभेसले सातौं मिनेटमा ओभरहेड किकमार्फत पहिलो गोल गरे। दुई मिनेटमै ब्राडली बार्कोलाले दोस्रो गोल थपे। त्यसपछि नेभेसले १४औं मिनेटमा अर्को शानदार ओभरहेड किकबाट टोलीकस लागि तेस्रो […]