default_image

अन्तर्राष्ट्रिय

October 10, 2021

हाजार्ड र लुकाकु बेल्जियमको टोलीबाट बाहिर

एजेन्सी – कप्तान इडेन हाजार्ड र रोमेलु लुकाकु बेल्जियमको राष्ट्रिय टोलीबाट बाहिरिएका छन् । युइएफए नेसन्स लिग अन्तरगतको सेमिफाइनलमा फ्रान्सविरुद्धको खेलमा चोट बोक्न पुगेपछि मुख्य खेलाडीद्धय हाजार्ड र लुकाकु राष्ट्रिय टोलीबाट बाहिरिएका हुन् । यससँगै हाजार्ड र लुकाकुले इटालीविरुद्ध तेस्रो स्थानको लागि आइतबार साँझ हुने खेल गुमाउनेछन् । खेल राति ६ः४५ बने इटालीमा हुनेछ । […]

October 10, 2021

जो बालोन डिओरको मनोनयनमा परेनन्

एजेन्सी – बालोन डि ओर आयोजक फ्रान्स फुटबल फेडेरसन (एफएफएफ) ले शुक्रबार राति यो वर्षको लागि ३० जनाको नाम सार्वजनिक गरेको छ । पेरिस सेन्ट जर्मेन (पीएसजी) का लियोनेल मेस्सी, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डो, जर्मन क्लब बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की र इंग्लिस क्लब चेल्सीका जर्गिन्होसँगै अन्य ३० खेलाडी यस वर्ष (२०२१) को बालोन […]

October 10, 2021

डेनमार्कको लगातार सातौ जित

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपेली छनोटमा डेनमार्कले लगातार सातौ जित दर्ता गरेको छ । डेनमार्कले घरेलु टोली मोल्दोभालाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो । सबै चार गोल पहिलो हाफमा नै भएको थियो । डेनमार्कको जितमा एन्ड्रिएस स्कोभ ओल्सेन, सिमोन कायर, क्रिस्टियन नोरग्राड र जाकिमले गोल गरे । मोल्दोभामा शनिबार राति […]

October 10, 2021

विश्वकप छनोटमा पोल्यान्डको गोल वर्षा

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा पोल्यान्डले सान मारिनोमाथि सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा पोल्यान्डले सान मारिनोलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो । पोल्यान्डको जितमा कारोल स्वीर्डेस्की, थोमस केड्जिओरा, एडाम बुस्का र क्रिस्टोफ पियाटेकले गोल गर्दा एक गोल उपहार पाएको थियो ।वार्सजावा […]

October 10, 2021

कतारमाथि पोर्चुगलको सहज जित

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा पोर्चुगलले विश्वकप आयोजक राष्ट्र कतारमाथि सहज जित निकालेको छ । घरेलु मैदानमा पोर्चुगलले कतारलाई ३–० ले पराजित गरेको हो । पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो, जोस फोन्टे र आन्द्रे सिल्भाले गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल भएको थियो । पोर्चुगलमा शनिबार राति भएको खेलमा घरेलु […]

October 10, 2021

इंग्ल्यान्डको सानदार जित

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा इंग्ल्यान्डले सानदार जित निकालेको छ । इंग्ल्यान्डले घरेलु टोली एन्डोरामाथि ५–० को फराकिलो जित निकालेको हो । इंग्ल्यान्डको जितमा बेन चिलवेल, बुकायो साका, ट्याम्मी अब्राहम, जेम्स वार्ड प्रोज र ज्याक ग्रेलिसले समान एक गोल गरे । गोलको वर्षा भएको खेलमा इंग्ल्यान्डले पहिलो हाफमा दुई तथा दोस्रो […]

October 9, 2021

मेस्सी भन्छन् – ‘पिएसजी आएर गल्ती गरेको छैन’

एजेन्सी – सुपर स्टार लिओनल मेस्सीको पेरिस सेन्ट जर्मेन (पिएसजी) को नयाँ यात्रा सोचे जस्तै सुखद हुन सकेन । बार्सिलोना छाडेर सिजनको सुरुवातमा उनी पिएसजी पुगेका थिए । गत साता लिग वानमा पहिलो हार बेहोर्ने क्रममा रेन्ससँग पिएसजी २–० ले पराजित भएको थियो । त्यसअघि च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीमाथि पिएसजीले २–० को जित निकालेको थियो […]

October 9, 2021

मेस्सी र रोनाल्डो बालोन डिओरको मनोनयनमा

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) का लियोनेल मेस्सी, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डो, जर्मन क्लब बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की र इंग्लिस क्लब चेल्सीका जर्गिन्होलाई समेट्दै यस वर्ष (२०२१) को बालोन डिओरको अन्तिम ३० मनोनयन सार्वजनिक भएको छ । आयोजक फ्रान्स फुटबलले शुक्रबार राति अन्तिम ३० मनोनयन सार्वजनिक गरेको हो । गतवर्ष कोरोना भाइरसका […]

October 9, 2021

नेदरल्यान्ड्सको झिनो जित, नर्वे रोकियो

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा नेदरल्यान्ड्सले झिनो जित निकाल्दा नर्वे बराबरीमा रोकिएको छ ।नेदरल्यान्ड्सले घरेलु टोली लात्भियामाथि १–० को झिनो जित निकालेको हो । नेदरल्यान्ड्सको जितमा डाभी क्लासिनले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको १९औं मिनेटमा मेम्फिस डिपाएको पासमा गोल गरेका थिए । यो जितसँगै समूह ‘जी’ […]

October 9, 2021

क्रोएसियाको सानदार जित

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा क्रोएसियाले सानदा र जित दर्ता गरेको छ । शुक्रबार राति भएको खेलमा क्रोएसियाले घरेलु साइप्रसमाथि ३–० को सानदार जित निकालेको हो । क्रोएसियाको जितमा इभान पेरिसिस, जोस्को जिभारडिओल र मार्काे लिभाजाले समान एक गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल भएको थियो […]

Success

Thank you for your time.