August 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी महिला च्याम्पियन्स लिग समुह चरणको पहिलो हाफमा थाइल्याण्डको कलेज अफ एसियन स्कोलर्सले एपिएफ फुटबल क्लबविरुद्ध २-० को अग्रता बनाएको छ। उज्वेकिस्तानको कार्सी स्टेडियममा जारी प्रतियोगितामा एपिएफकी रश्मी कुमारी घिसिङले पाएको दुई उत्कृष्ट मौकालाई सदुपयोग गर्न सकिनन्। खेलको ३३ औं मिनेटमा कलेज अफ एसियन स्कोलर्सले अग्रता बनायो। क्लोज रेन्जबाट कानियानाथ क्षतबुक्तरले गोल […]
August 28, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरकारी मान्यता पाएको नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ समितिको प्रवक्ता समिम मिया अन्सारीसँग कुनै सम्बन्ध नरहेको नेपाल कुस्ती संघले प्रष्ट पारेको छ। अन्सारी कुस्ती संघको उपाध्यक्षका रुपमा एनओसी तदर्थ समितिले गत साता गरेको पत्रकार सम्मेलनमा प्रस्तुत भएका थिए। तर कुनै सम्बन्ध नभएका व्यक्तिले आफ्नो नाममा गतिविधि गरिरहेको भन्दै संघले गम्भीर […]
August 28, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड लिग कपबाट बाहिरिएको छ। प्रिमियर लिगका सुरुवाती २ खेलमा जित निकाल्न नसकेको युनाइटेड बुधवार चौथो श्रेणीको ग्रिम्सबीसँग पेनाल्टी सुटआउटमा १२-११ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । २-२ को बराबरी पछि पेनाल्टीमा युनाइटेड पराजित भयो । २-० ले पछि परेको खेलको अन्तिम समयमा युनाइटेडले बराबरी गरेको थियो। चार्ल्स भर्नाम २२ औं […]
August 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल साफ यु-१७ महिला च्याम्पियनसिपमा आज दुई पटकको विजेता बंगलादेशसँग ४-१ ले पराजित गरेको छ। यो हारमा नेपालको उपाधि जित्ने संभावना समाप्त भएको छ। भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा नेपाललाई शीर्ष स्थानमा पुग्न जितको विकल्प थिएन। तर खेलमा बंगलादेश सुरुवात देखि नै हाबी रह्यो। ३८ औं मिनेटमा एकल प्रयासमा थुइननुयी मार्माले गोल गरिन्। […]
August 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले भुटानमा जारी साफ यु १७ महिला च्याम्पियनसिपमा आज अर्को प्रतिस्पर्धा गर्दैछ। थिम्पुस्थित चाङलिमिथाङमा दिउँसो २:४५ बजे सुरु हुने खेलमा नेपालले बंगलादेशको सामना गर्नेछ। यसअघिका ३ मध्ये २ खेलमा हार बेहोरेको नेपालले १ खेलमा जितेको थियो। भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा आज जितको दबाबमा नेपली टोली हुनेछ। उपाधि जित्ने सपनलाई कायमै राख्न […]
August 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दीपेन्द्र सिंह ऐरीको अलराउन्डर प्रदर्शनमा नेपालले अष्ट्रेलियन क्रिकेट टेरिटोरी (एसिटी) लाई आज दोस्रो अभ्यास खेलमा ६ विकेटले हराएको छ। आज नेपालको यो लगातार दोस्रो जित हो। जितको लागि ९७ रनको सहज लक्ष्य नेपालले १३.२ ओभरमा नै ४ विकेटको नोक्सानीमा पुरा गर्यो। नेपालका पहिलो क्रमका तीन ब्याटरले दोहोरो रन छुन सकेनन्। ओपनर भीम […]
August 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- घरेलु टोली अष्ट्रेलियन क्रिकेट टेरिटोरी (एसिटी) ले नेपाललाई दोस्रो खेलमा ९७ रनको सामान्य लक्ष्य दिएको छ। पहिले ब्याटिङ गरेको एसिटीले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ९६ रन बनाएको छ। नेपालका लागि दीपेन्द्र सिंह ऐरी र सहाब आलमले समान ४ विकेट लिएपछि एसिटीले लामो इनिङ खेल्न सकेन । दीपेन्द्र र सहाब दुबैले किफायती […]
August 26, 2025
एजेन्सी – विश्व कप छनोटको सेप्टेम्बरमा हुने अन्तिम २ खेलका लागि नेयमार ब्राजिलियन फुटबल टोलीमा परेनन् । ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले सेप्टेम्बरमा हुने विश्व कप छनोटका अन्तिम दुई खेलका लागि घोषणा गरिएको २३ सदस्यीय टोलीमा नेयमार र भिनिसियस जुनियरलाई समावेश गरेका छैनन्। ब्राजिलले सेप्टेम्बर ४ मा घरेलु मैदानमा चिली र सेप्टेम्बर ९ मा बोलिभियाविरुद्ध […]
August 26, 2025
काठमाडौं (हाम्रो खेलकुद) – लेग स्पिनर सन्दीप लामिछानेले ह्याट्रिकसहित ५ विकेट लिएपछि नेपालले अभ्यास खेलमा आज घरेलु टोली अष्ट्रेलियन क्रिकेट टेरिटरी (एसिटी) लाई ४१ रनले हराएको छ। १ सय ७८ रनको लक्ष्य पछ्याएको एसिटीले १७.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३६ रन मात्र बनाउन सक्यो। करण केसीले पहिलो ओभरमा २ विकेट लिंदै नेपाललाई उत्कृष्ट […]
August 26, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर आसिफ शेखको उत्कृष्ट ब्याटिङसँगै अर्धशतक बनाएपछि नेपालले अष्ट्रेलियन क्रिकेट टेरिटरीविरुद्ध टि ट्वान्टी अभ्यास खेलमा ८ विकेट गुमाएर १ सय ७७ रनको बलियो योगफल तयार गरेको छ । आसिफले ३९ बलमा ५ छक्का र ४ चौकासहित टोलीका लागि सर्वाधिक ६९ रन बनाए। कप्तान रोहित पौडेलले २८ बलमा २ चौका र १ […]