default_image

अन्तर्राष्ट्रिय

July 7, 2021

५५ वर्षपछि फाइनल पुग्ने अवसर

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० को दोस्रो सेमिफाइनलमा बुधबार डेनमार्कको सामना गर्दा इंग्ल्यान्डसामु ५५ वर्षपछि ठूलो प्रतियोगिताको फाइनलमा स्थान बनाउने अवसर हुनेछ । इंग्ल्यान्डले पछिल्लो पटक सन् १९६६ को विश्वकप उपाधि जितेको थियो । त्यसयता टोलीले कुनैपनि ठूलो प्रतियोगिताको फाइनलमा स्थान बनाउन सकेको छैन । सन् २०१८ को फिफा विश्वकपमा क्रोएसियासँग सेमिफाइनलमा पराजित भएपछि टोलीले […]

July 7, 2021

मेस्सीद्वारा मार्टिनेजको प्रशंसा

एजेन्सी – अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लिओनेल मेस्सीले कोपा अमेरिका २०२१ को सेमिफाइनलमा कोलोम्बियाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका गोलरक्षक एमिलियानो मार्टिनेजको प्रशंसा गरेका छन् । निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि टाइब्रेकरमा मार्टिनेजले कोलोम्बियाको तीन प्रहार विफल पारेका थिए । उनकै प्रदर्शनमा अर्जेन्टिनाले ३-२ को जित हासिल गर्न सफल भयो । अर्जेन्टिनाका लागि लिओनेल […]

July 7, 2021

गोलरक्षक मार्टिनेज नायक बन्दा अर्जेन्टिना फाइनलमा

एजेन्सी – गोलरक्षक इमिलियानो मार्टिनेज टाइब्रेकरमा नायक बन्दा अर्जेन्टिना कोपा अमेरिका २०२१ को फाइनलमा प्रवेश गरेको छ । मार्टिनेजले तीन पेनाल्टी बचाएपछि अर्जेन्टिनाले कोलम्वियालाई टाइब्रेकरमा ३–२ ले पराजित गर्दै फाइनलमा ब्राजिलसँगको भेट पक्का गरेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट लिइएको हो । कोलम्वियाको पहिलो प्रहारमा जुआन […]

July 7, 2021

कोलम्वियाविरुद्ध अर्जेन्टिनालाई अग्रता

एजेन्सी –कोपा अमेरिका २०२१ को दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले कोलम्वियाविरुद्ध अग्रता लिएको छ । ब्राजिलमा बुधबार बिहान भएको खेलको सातौ मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका हुन् । उनले कप्तान लियोनेल मेस्सीले पेनाल्टी बक्समा दुई डिफेन्डरबीचबाट दिएको पासलाई सदुपयोग गर्दै गरेको प्रहारले गोलरक्षक डेभिड ओस्पिनालाई बिट गर्न सफल भएको थियो । मेस्सीले […]

July 7, 2021

बार्सिलोनाका डिफेन्डर लिड्समा अनुबन्धित

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका डिफेन्डर इंग्लिस प्रिमियर लिग क्लब लिड्स युनाइटेडमा अनुबन्धित भएका छन् । लिड्सले २४ वर्षीय स्पेनिस लेफ्टब्याक फिर्पाेलाई १३ मिलियन पाउन्डमा चार वर्षको लागि क्लबमा अनुबन्ध गर्न सफल भएको हो । अब फिर्पाे सन् २०२५ सम्म एलान्ड रोडको टोलीमा रहनेछन् । प्रतिभावान डिफेन्डरको रुपमा हेरिएको फिर्पाेले अब लिड्समा इजिजिजन एलिओस्कीको स्थान […]

July 7, 2021

इटाली दशौं फाइनल खेल्दै

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० को फाइनलमा स्थान बनाएसँगै इटालीले इतिहासमा दशौं पटक ठूलो प्रतियोगिताको उपाधि भिडन्तमा प्रतिस्पर्धा गर्ने भएको छ । मंगलबार भएको सेमिफाइनलमा स्पेनलाई टाइब्रेकरमा पाखा लगाउँदै इटालीले फाइनलमा स्थान पक्का गरेको हो । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । त्यसपछि गोल हुन नसक्दा टाइब्रेकरमा […]

July 7, 2021

स्पेनलाई टाइब्रेकरमा हराउँदै इटाली फाइनलमा

एजेन्सी – इटाली युरोपेली च्याम्पियनसिप २०२० को फाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा स्पेनलाई ४-२ ले पराजित गर्दै इटालीले उपाधि भिडन्तमा स्थान पक्का गरेको छ । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । अतिरिक्त समयमा पनि गोल हुन नसक्दा खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा इटालीका लागि […]

July 6, 2021

हाकिमी पीएसजीमा अनुबन्धित

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इटालियन क्लब इन्टर मिलानका डिफेन्डर अचरफ हाकिमीलाई अनुबन्ध गर्न सफल भएको छ । स्पेनिस क्लब रियल म्याड्रिडका पुर्व डिफेन्डर तथा मोरोक्कोका फुलब्याक हाकिमी ६० मिलियन पाउन्डमा ५ वर्षको लागि पीएसजीमा अनुबन्धित भएका हुन् । उनले त्यहाँ बोनस पनि प्राप्त गर्नेछ । अब उनी २०२५–२६ को सिजनसम्म […]

July 6, 2021

फाइनल पुग्न अर्जेन्टिनालाई कोलोम्बियाको चुनौती

एजेन्सी – कोपा अमेरिका २०२१ अन्तर्गत दोस्रो सेमिफाइनलमा मंगलबार अर्जेन्टिनाले कोलोम्बियाको सामना गर्दैछ । खेल नेपाली समयानुसार बुधबार विहान ६:४५ बजे सुरु हुनेछ । अर्जेन्टिनाले क्वाटरफाइनलमा इक्वेडरमाथि ३-० को जित हासिल गर्दा कप्तान लिओनेल मेस्सी खेलका नायक बनेका थिए । रोड्रीगो डे पल र लाउटारो मार्टिनेजको गोलमा असिस्ट दिएका मेस्सीले आफैं पनि फ्रिकिकमा गोल गरेका […]

July 6, 2021

एरिक्सन र स्वास्थ्य टोलीलाई युरो फाइनलमा विशेष निमन्त्रणा

एजेन्सी – युरोपेली फुटबलको सर्वोच्च संस्था यूईएफएले युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत आइतबार हुने फाइनल खेलका लागि डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन र उनलाई हृदयघात हुँदा मैदानमा उपस्थित रहेका स्वास्थ्य टोलीलाई विशेष निमन्त्रणा गरेको छ । यूईएफएले एरिक्सन, उनकी पत्नी र स्वास्थ्य टोलीका ६ सदस्यलाई निमन्त्रणा गरेको जनाएको छ । यद्यपि एरिक्सनले उपस्थिति जनाउने वा नजनाउने बारे […]

Success

Thank you for your time.