default_image

अन्तर्राष्ट्रिय

July 6, 2021

एरिक्सन र स्वास्थ्य टोलीलाई युरो फाइनलमा विशेष निमन्त्रणा

एजेन्सी – युरोपेली फुटबलको सर्वोच्च संस्था यूईएफएले युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत आइतबार हुने फाइनल खेलका लागि डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन र उनलाई हृदयघात हुँदा मैदानमा उपस्थित रहेका स्वास्थ्य टोलीलाई विशेष निमन्त्रणा गरेको छ । यूईएफएले एरिक्सन, उनकी पत्नी र स्वास्थ्य टोलीका ६ सदस्यलाई निमन्त्रणा गरेको जनाएको छ । यद्यपि एरिक्सनले उपस्थिति जनाउने वा नजनाउने बारे […]

July 6, 2021

खेलअघि यसो भन्छन् इटाली र स्पेनका प्रशिक्षक

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० को फाइनलमा स्थान बनाउनका लागि मंगलबार हुने पहिलो सेमिफाइनलमा स्पेन र इटाली भिड्दैछन् । खेलअघि दुवै टोलीका प्रशिक्षकले आ-आफ्नो भनाइ यसरि राखेका छन् । इटालीका प्रशिक्षक रोबर्टो मान्सिनी : स्पेन बेल्जियमभन्दा फरक भएपनि खेल कठिन हुनेछ । अघिल्लो खेलको तुलनामा यो फरक किसिमको हुनेछ । हामीले थप चुनौतीको सामना गर्नुपर्छ । स्पेनले राम्रो फुबक […]

July 6, 2021

रोनाल्डो युभेन्टसमै रहने सम्भावना बढ्यो

एजेन्सी – अनेक शंकाका बीच सुपर स्टार क्रिस्टियानो रोनाल्डो सन् २०२३ सम्म युभेन्ट्समा बस्ने सम्भावना बढेको छ । पछिल्लो समय उनी टुरिने छाड्ने चर्चा चलेको थियो । पोर्चुगिज कप्तान या त म्यानचेष्टर युनाइटेड, स्पोर्टिङ सिपी वा पेरिस सेन्ट जर्मेन जान सक्ने सम्भावना रहेको समाचार सार्वजनिक भएका थिए । तर परिस्थिति बदलिएको छ । इटालियन सञ्चारमाध्यमका […]

July 6, 2021

स्पेन विरुद्ध इटाली : सम्भावित सुरुवाती ११

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० को सेमिफाइनलमा मंगलबार स्पेन र इटालीबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयानुसार मध्यरात १२:४५ बजे सुरु हुनेछ । स्पेनले पछिल्लो खेलमा मिडफिल्डर पाब्लो सराबियालाई मांशपेसीको चोटका कारण पूरा समय प्रयोग गर्न सकेको थिएन । आजको खेलमा उनले पहिलो रोजाइमा खेल्नेबारे शंका रहेको छ । त्यसअघि दुवै खेलमा निर्णायक प्रदर्शन गरेका […]

July 6, 2021

अर्जेन्टिनासँग फाइनल खेल्ने नेयमारको इच्छा

एजेन्सी – ब्राजिलियन फरवार्ड नेयमारले कोपा अमेरिकाको फाइनलमा चिर परिचित प्रतिद्वन्द्वी अर्जेन्टिनाको सामना गर्न चाहेको बताएका छन् । ब्राजिलले सोमबार भएको सेमिफाइनलमा पेरुलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको छ । उक्त खेलमा लुकास पाक्वेटाको एकमात्र गोलमा ब्राजिलले १-० को जित दर्ता गरेको थियो । खेलको ३५ औं मिनेटमा नेयमारकै पासमा पाक्वेटाले गोल गरेका थिए । […]

July 6, 2021

युरोको फाइनल पुग्न इटाली र स्पेन भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० को पहिलो सेमिफाइनलमा उपाधिका दुई दावेदार टोली इटाली र स्पेनबीच मंगलबार राती प्रतिस्पर्धा हुँदैछ । खेल वेम्वली स्टेडियम लन्डनमा नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ । दोस्रो सेमिफाइनलमा बुधबार राति इंग्ल्यान्डले डेनमार्कको सामना गर्नेछ । इटाली र स्पेनबीचको सेमिफाइनल खेललाई २०१२ को फाइनलको रिप्लेको रुपमा हेरिएको छ । उक्त फाइनलमा […]

July 6, 2021

रामोस पीएसजीमा अनुबन्ध नजिक

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका पुर्व कप्तान सर्जियो रामोस फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्ध नजिक पुगेका छन् । पीएसजीले ३५ वर्षीय सेन्टरब्याक रामोसलाई २ वर्षको लागि सम्झौता गर्ने बुझिएको छ । उनलाई वार्षिक १० मिलियन पाउन्डमा अनुबन्ध गर्न लागेको बुझिएको छ । सम्झौता अनुसार उनी २०२३ सम्म पीएसजीमा रहनेछन् । उनको […]

July 6, 2021

रियल म्याड्रिडको प्रिसिजन सुरु

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले नयाँ सिजन २०२१–२०२२ को प्रशिक्षण सुरुवात गरेको छ । क्लबले सोमबार युरो र कोपा अमेरिका कपमा टोलीमा नरहेका खेलाडीलाई समेट्दै प्रि–सिजन सुरुवात गरेको हो । प्रि–सिजनको पहिलो दिन भाल्डेवेवासमा १३ सिनियर खेलाडीको मेडिकल परिक्षण गरिएको थियो । जसमा मार्सेलो, लोनबाट फर्किएका मार्टिन ओडेगार्ड, ब्राहिम डियाज र लुका जोभिकसँगै ड्यानी […]

July 6, 2021

ब्राजिल कोपा अमेरिकाको फाइनलमा

एजेन्सी – साविक विजेता ब्राजिलले कोपा अमेरिका २०२१ को फाइनलमा स्थान पक्का गरेको छ । मंगलबार बिहान रियो दि जेनेरियोमा भएको सेमिफाइनलमा पेरुलाई १-० ले पराजित गर्दै ब्राजिलले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । पेरुका गोलरक्षक तथा कप्तान पेड्रो गालेसेले एकपछि अर्को बचाउ गर्दा ब्राजिलले अग्रता लिन ३५ मिनेटसम्म प्रतिक्षा गर्नुपरेको थियो । आठौं […]

July 6, 2021

ब्राजिललाई पहिलो हाफमा अग्रता

एजेन्सी – कोपा अमेरिका २०२१ अन्तर्गत पहिलो सेमिफाइनलमा ब्राजिलले पेरुविरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ । पहिलो हाफमा एकपक्षीय आक्रमण गरेको ब्राजिल लुकास पाक्वेटाको गोलमा अघि बढेको हो । पेरुका गोलरक्षक तथा कप्तान पेड्रो गालेसेले एकपछि अर्को बचाउ गर्दा ब्राजिलले अग्रता लिन ३५ मिनेटसम्म प्रतिक्षा गर्नुपरेको थियो । आठौं मिनेटमा रिचार्लीसनले गोलरक्षक गालेसेलाई […]

Success

Thank you for your time.