default_image

अन्तर्राष्ट्रिय

June 11, 2021

युरो कपको उद्घाटन खेलमा इटाली र टर्की भिड्दै

एजेन्सी – युरोपेली फुटबलको सर्वाेच्च निकाय (युईएफए) को आयोजनामा युरोपका राष्ट्रबीचको सबैभन्दा ठुलो फुटबल प्रतियोगिता युरोपेली च्याम्पियनसिपको १६औं संस्करण आज (शुक्रबार) देखि सुरु हुँदैछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा यसपटकको युरो कप युरोपको ११ देशको ११ शहरमा आयोजना हुँदैछ । युरोकपको उद्घाटन खेलमा समूह ‘ए’ मा रहेको इटालीले घरेलु मैदानमा टर्कीको आतिथ्यता […]

June 11, 2021

बार्सिलोनाको प्रस्ताव बुफोनद्धारा अस्वीकार

एजेन्सी – इटालियन क्लब युभेन्ट्सका भेट्रान गोलरक्षक जियानलुजी बुफोनले क्याटलान क्लब बार्सिलोनाले अनुबन्ध गर्न गरेको प्रस्तावलाई अस्वीकार गरेका छन् । ४३ वर्षीय भेट्रान गोलरक्षक बुफोनले सिजनको अन्त्यसँगै क्लब छाड्ने बताएपछि उनलाई अनुबन्ध गर्नको लागि युरोपका थुप्रै क्लबले चासो देखाउँदा बार्सिलोना पनि उनलाई अनुबन्ध गर्ने दौडमा रहेका थिए । तर बार्सिलोनाले आफ्नो पहिलो रोजाईका जर्मन गोलरक्षक […]

June 10, 2021

बार्सिलोनालाई पछि पार्दै पीएसजीले वाइनाल्डम भित्र्यायो

एजेन्सी – क्याटलान क्लब बार्सिलोनालाई पछि पार्दै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इंग्लिस क्लब लिभरपुलका डच मिडफिल्डर जर्जिन्हो वाइनाल्डमलाई अनुबन्ध गर्न सफल भएको छ । पीएसजीले ३० वर्षीय मिडफिल्डरलाई ३ वर्षको लागि अनुबन्ध गर्न सफल भएको हो । पीएसजीले बार्सिलोनाले भन्दा दोब्बर पारिश्रमिक दिदै वाइनाल्डमलाई फ्रि ट्रान्सफरमा भित्र्याएको हो । उनी २०२४ को […]

June 10, 2021

कीर्तिमानी रोनाल्डो युरोकै सर्वकालिन महान बन्दै

एजेन्सी – क्रिस्टियानो रोनाल्डो कीर्तिमान नै कीर्तिमानको खानी हुन् । यसै साता सुरु हुने युरो कपमा रोनाल्डोले थुप्रै कीर्तिमान बनाउँदै युरोकपकै सर्वकालीन महान खेलाडी बन्न सक्नेछन् । यसको सुरुवात १५ जुनमा हंगेरीविरुद्धको खेलबाट सुरुवात हुनेछ । जहाँ पोर्चुगल रोनाल्डोको कप्तानीमा उत्रनेछ । सोही खेलबाट नै रोनाल्डोको नयाँ कीर्तिमानको अर्काे अध्याय पक्कै सुरु हुनेछ । सन् २०१६ मा आफ्नो […]

June 10, 2021

‘नेपालको खेलमा परिवर्तन आएको छ’ – अष्ट्रेलियाका प्रशिक्षक आर्नोल्ड

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तथा एसिया कप छनोट अन्तर्गत नेपालविरुद्ध खेलअघि अष्ट्रेलियाका प्रशिक्षक ग्राहम आर्नोल्डले नेपालको खेलमा परिर्वतन भएको औंल्याउँदै खेलको लागि टोली तयार रहेको बताएका छन् । प्रशिक्षक आर्नोल्डले नेपाल मिहिनेती टोली भएकाले आफ्नो खेलाडीबाट थप मिहिनेतको अपेक्षा गरेको बताए । ‘हामीले आफ्नो प्रदर्शनमा ध्यान दिनुपर्छ । नेपाल एकदम मिहिनेती टोली हो । […]

June 10, 2021

रोनाल्डो दाईको कीर्तिमान नजिक

एजेन्सी – पोर्चुगल तथा युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रानाल्डोका नाममा थुप्रै कीर्तिमान छ । उनको कप्तानीमा पोर्चुगल युरोपियन च्याम्पियनसिपको तयारीमा रहेको छ । च्याम्पियनसिपको तयारीका क्रममा भएको अन्तिम खेलमा पोर्चुगलले इजरायललाई मंगलबार ४–० ले हराएको थियो । पहिलो र दोस्रो हाफमा समान २ गोल भएको खेलमा रोनाल्डोले एक गोल गरेका थिए । मध्यान्तरको केहि अघि […]

June 10, 2021

सिल्भालाई समेट्दै ब्राजिलको टोली घोषणा

एजेन्सी – भेट्रान तथा अनुभवी डिफेन्डर थियागो सिल्भालाई समेट्दै घरेलु मैदानमा यसैसातादेखि आयोजना हुने कोपा अमेरिका कपको लागि ब्राजिल फुटबल कन्फेडेरेसन (सिबिएफ) ले ब्राजिलको टोली घोषणा गरेको छ । सिबिएफ र टोलीका मुख्य प्रशिक्षक टिटेले भेट्रान सेन्टरब्याक थियागो सिल्भालाई समेट्दै २४ सदस्यीय टोली घोषणा गरेका हुन् । इंग्लिस क्लब चेल्सीलाई च्याम्पियन्स लिग जिताउन महत्वपुर्ण भुमिका […]

June 10, 2021

जोकोभिच र नाडाल सेमिफाइनलमा भिड्ने

एजेन्सी – शीर्ष वरियताका सर्वियन नोभाक जोकोभिच र तेस्रो वरियताका स्पेनिस राफयल नाडाल फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमै भिड्ने भएका छन् । शीर्ष वरियताका जोकोभिचले इटालियन माटियो बेरारटिनीलाई ३–१ को सेटमा पराजित गर्दै नाडालसँगको भेट पक्का गरेको हो । यि दुई टोलीले गत वर्ष फाइनल खेल्दा नाडाल च्याम्पियन बनेको थियो । पेरिसमा बुधबार राति भएको खेलमा […]

June 10, 2021

अमेरिकाले कोस्टा रिकालाई हरायो

एजेन्सी – कोन्काफ नेसन्स लिग च्याम्पियन अमेरिकाले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा कोस्टा रिकालाई पराजित गरेको छ । अमेरिकाले कोस्टा रिकामाथि ४–० को सानदार जित निकालेको हो । घरेलु मैदानमा बिहीबार बिहान भएको खेलमा अमेरिकाको जितमा ब्रेन्डेन आरोनसन, डरयाल डिके, रिगी क्यानोन र जियोभानी रेनाले गोल गरे । पहिलो र दोस्रो हाफमा समान २–२ गोल भएको थियो […]

June 10, 2021

पोर्चुगलको सहज जित

एजेन्सी – युरोपेली च्याम्पियनसिपअघिको अन्तिम तयारी खेलमा पोर्चुगलले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा पोर्चुगलले इजरायलमाथि ४–० को फराकिलो जित दर्ता गरेको हो । लिस्वनमा बुधबार राति भएको खेलमा पोर्चुगलको फराकिलो जितमा म्यानचेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेसले दुई तथा युभेन्टसका स्टार फरवार्ड तथा कप्तान क्रिस्टियानो रोनाल्डो र म्यानचेस्टर सिटीका जोओ क्यान्सिलोले समान एक गोल […]

Success

Thank you for your time.