default_image

अन्तर्राष्ट्रिय

May 13, 2021

इन्टर मिलानले रोमालाई हरायो

एजेन्सी – यो सिजनको इटालियन सिरी ‘ए’ च्याम्पियन बनिसकेको इन्टर मिलानले रोमामाथि सहज जित दर्ता गरेको छ । घरेलु मैदानमा इन्टरले रोमालाई ३–१ ले पराजित गरेको हो । मिलानो इटालीमा बुधबार राति भएको खेलमा इन्टरको जितमा मार्सेलो ब्रोजोभिक, माटियस भिसिनो र रोमेलु लुकाकुले गोल गरे । रोमाका हेनरिक मिख्टरयानले एक गोल फर्काए । खेलको ११औं […]

May 13, 2021

मिलानको ७ गोलमा रेबिचको ह्याट्रिक

एजेन्सी – आन्टे रेबिचले दोस्रो हाफमा १२ मिनेटको अन्तरमा ह्याट्रिक पुरा गरेपछि एसी मिलानले इटालियन सिरी ‘ए’ मा घरेलु टोली टोरिनोमाथि ७–० को फराकिलो जित दर्ता गरेको छ । टोरिनोमा बुधबार राति भएको खेलमा मिलानको फराकिलो जितमा रेबिचले ह्याट्रिक पुरा गर्दा थियो हर्नान्डेजले दुई तथा फ्रान्क केसी र ब्राहिम डियाजले समान एक गोल गरे । […]

May 13, 2021

पीएसजी फ्रेन्च कपको फाइनलमा

एजेन्सी – पेनाल्टी सुटआउटमा जित निकाल्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप (कप डि फ्रान्स) को फाइनलमा प्रवेश गरेको छ । पीएसजीले लिग वान प्रतिद्धन्द्धी मोन्टपेलिएरलाई पेनाल्टी सुटआउटमा ६–५ ले हराउँदै फाइनलमा पुग्न सफल भएको हो । निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि सिधै भएको पेनाल्टी सुटआउटमा पीएसजीले बाजी मारेको हो । पेनल्टीमा पीएसजीका एन्जल […]

May 13, 2021

आर्सनलसँग चेल्सीको हार

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष चारको दौडमा रहेको लन्डन क्लब चेल्सीले घरेलु मैदानमा अर्काे लन्डन क्लब आर्सनलसँग हार बेहोरेको छ । लन्डन डर्वीको खेलमा आर्सनलले १–० ले बाजी मारेको हो । आर्सनलको जितमा पहिलो हाफमा इमिल स्मिथ रोवीले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले १६औं मिनेटमा पिएरे इमरिक औवामियाङको पासमा गोल […]

May 13, 2021

शीर्षस्थानमा एट्लेटिकोको ४ अंकको अग्रता

एजेन्सी – शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले रियल सोसिडाडलाई हराउँदै स्पेनिस ला लिगाको उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा बुधबार राति भएको खेलमा एट्लेटिकोले रियल सोसिडाडलाई २–१ ले पराजित गर्दै शीर्षस्थानमा ४ अंकको अग्रता लिदै उपाधि जित्ने सम्भावना बलियो बनाएको हो । एट्लेटिकोको जितमा यान्निक कारास्को र एन्जल कोरेआले गोल गरे […]

May 13, 2021

युभेन्टसको जितमा रोनाल्डोको कीर्तिमान

एजेन्सी – पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले इतिहास रचेको खेलमा इटालियन सिरी ए अन्तर्गत युभेन्टसले सहज जित दर्ता गरेको छ । सासुओलोविरुद्ध खेलमा गोल गर्दै रोनाल्डोले युभेन्टसका लागि १ सय गोल पूरा गरे । रोनाल्डोले यो उपलब्धि हासिल गर्न सबैभन्दा कम खेल खेलेका हुन् । उनले पहिलो हाफमा नै गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए […]

May 12, 2021

एट्लेटिको म्याड्रिडलाई रियल सोसिडाडको चुनौती

एजेन्सी – स्पेनिस ला लिगाको उपाधि दौडमा रहेको एट्लेटिको म्याड्रिडले घरेलु मैदानमा आज राति रियल सोसिडाडको आतिथ्यता गर्दै छ । खेल वान्डा मेट्रोपोलिटानोमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा एट्लेटिको रियल सोसिडाडलाई हराउँदै आफ्नो शीर्षतालाई थप पकड बनाउँदै उपाधि यात्रालाई थप मजवुत बनाउन चहान्छ । सोसिडाडलाई हराउन सके एट्लेटिकोले शीर्षस्थानमा […]

May 12, 2021

‘भविष्यबारे प्रश्न उठ्नु स्वभाविक’ : कोम्यान

एजेन्सी – बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले आफ्नो पद धरापमा पर्न सक्ने स्वीकार गरेका छन् । लेभान्टेविरुद्धको दोस्रो हाफमा टोलीले खराब प्रदर्शनका कारण उनले आफ्नो पदमा रहनुबारे प्रश्न उठ्नु स्वभाविक रहेको अभिव्यक्ति दिए । ला लिगामा गए राती बार्सिलोनाले २–० ले अग्रता लिएको खेल ३–३ को बराबरीमा अन्त्य भएपछि कोम्यानमाथि दबाब बढेको छ ।उपाधि दौड बलियो […]

May 12, 2021

रियलका मेन्डीले युरोकप पनि गुमाउने

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका फ्रान्सेली डिफेन्डर फर्लान्ड मेन्डीले यो सिजनको बाँकी खेलसँगै युरोकप पनि गुमाउने भएका छन् । टिवियल पेरिओस्टाटिस (मसल्स, टेन्डन्स र खुट्टाको तल्लो भागको मांशपेशी) मा चोट बोकेका कारण उनले यो सिजनसँगै युरोकप पनि गुमाउने पक्का भएको हो । मेन्डीको चोटसँगै रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले उनी विना नै सिजनको बाँकी […]

May 12, 2021

भेट्रान गोलरक्षक बुफोनले युभेन्टस छाड्ने!

एजेन्सी – इटालियन क्लब युभेन्टसका भेट्रान गोलरक्षक जियानलुजी बुफोनले सिजनको अन्त्यसँगै युभेन्टस छाड्ने घोषणा गरेका छन् । युभेन्टससँगै उनले व्यवसायिक खेल करियरबाट पनि सन्न्यास लिन सक्ने बुझिएको छ । युभेन्टसमा ४३ वर्षीय भेट्रान इटालियन गोलरक्षक बुफोनको सम्झौता यसै समरको अन्त्यसम्म रहेको छ । र उनले युभेन्टससँग सम्भाmैता नगरी आफ्नो २६ वर्षे व्यवासयिक खेल जीवनबाट सन्न्यास […]

Success

Thank you for your time.