default_image

अन्तर्राष्ट्रिय

May 8, 2021

सान्चो चम्कदा डर्टमुन्डको रोमाञ्चक जित

एजेन्सी – इंग्लिस विंगर जाडोन सान्चोको दुई तथा कप्तान मार्काे रिउसको एक गोल सहयोगमा बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेस लिगमा आरबी लाइप्जिगलाई पराजित गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा डटमुन्डको लाइप्जिगमाथि ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकालेको हो । लाइप्जिगका लुकास क्लोस्टरमान र ड्यानियल ओल्मोले गोल गरे । सिग्नल इडुना पार्कमा शनिबार […]

May 8, 2021

बार्सिलोना र एट्लेटिकोको बराबरी

एजेन्सी – उपाधि होडमा रहेको क्याटलान क्लब बार्सिलोना र एट्लेटिको म्याड्रिडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यो बराबरीले दुवै टोलीको उपाधि यात्रामा धक्का लाग्दा यसको फाइदा रियल म्याड्रिडलाई पुगेको छ । बराबरीपछि शीर्षस्थानमा रहेको एट्लेटिकोको ३५ खेलबाट ७७ अंक पुगेको छ । दोस्रो स्थानमा उक्लिएको बार्सिलोनाको ७५ अंक पुगेको छ । एक खेल […]

May 8, 2021

म्यानचेस्टर सिटीलाई चेल्सीको चुनौती

एजेन्सी – यस सिजनको युइएफए च्याम्पियन्स लिगको फाइनल खेल्ने तय भएको म्यानचेस्टर सिटी र चेल्सीले आज राति इंग्लिस प्रिमियर लिगमा प्रतिस्पर्धा गर्दैछ । खेल शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा नेपाली समयअनुसार राति १०ः१५ बजे हुनेछ । यि दुई टोलीले २९ मेमा च्याम्पियन्स लिगको फाइनलमा प्रतिस्पर्धा गर्दैछ । सिटी क्लबको ५१ वर्षे इतिहासमा […]

May 8, 2021

बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै

एजेन्सी – स्पेनिस ला लिगाको उपाधि होडमा रहेको क्याटलान क्लब बार्सिलोना र एट्लेटिको म्याड्रिडबीच आज राति प्रतिस्पर्धा हुँदैछ । खेल क्याम्प नोउमा नेपाली समयअनुसार राति ८ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा बार्सिलोना एट्लेटिकोलाई हराउँदै शीर्षस्थानमा उक्लने दाउमा हुनेछ । एट्लेटिकोलाई हराउन सके बार्सिलोनाल शीर्षस्थानको एट्लेटिकोलाई १ अंकले तथा दोस्रो स्थानको रियल म्याड्रिडलाई ३ […]

May 8, 2021

पीएसजीमाथि लिलको ४ अंकको अग्रता

एजेन्सी – फ्रेन्च लिग वानमा लिलले साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) माथि ४ अंकको अग्रता लिदै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । शुक्रबार राति १० खेलाडीमा समेटिएको लेन्सलाई उसकै मैदानमा ३–० ले पराजित गर्दै लिलले शीर्षस्थानमा ४ अंकको अग्रता लिन सफल भएको हो । जितपछि शीर्षस्थानको लिलको ३६ खेलबाट ७९ अंक पुगेको छ […]

May 8, 2021

न्युक्यासलसँग लेस्टरको हार

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले घरेलु मैदानमा न्यु क्यासलसँग हार बेहोेरेको छ । लेस्टर सिटीले न्युक्यासलसँग ४–२ को हार बेहोरेको हो । किङ पावर स्टेडियममा न्युक्यासलको जितमा कलुम विल्सनले दुई तथा जोसेफ विललक र पउल डुम्मेटले समान एक गोल गरे । लेस्टरका मार्क अल्ब्राइटन र केलिची इहानाँचोले गोल फर्काए । शुक्रबार राति भएको […]

May 7, 2021

ग्रिजमन र सुआरेज पूर्व टोलीविरुद्ध खेल्दै

एजेन्सी– ला लिगाको यो सिजनको उपाधि दौड रोमाञ्चक मोडमा पुगेको छ । जारी सिजनमा ४ चरणका खेल बाँकी छन् । मुख्यतः तीन टोलीबीच उपाधि भिडन्त रहेको छ । एट्लेटिको म्याड्रिड ७६ अंकका साथ शीर्षस्थानमा छ । समान ७४ अंकसहित गोलअन्तरमा रियल म्याड्रिड दोस्रो र बार्सिलोना तेस्रो स्थानमा छ । पछिल्लो खेलको हारबाट ७० अंक रहेको […]

May 7, 2021

अजहर र आबिदको शतकमा पाकिस्तान बलियो

एजेन्सी – ओपनर आबिद अली र अजहर अलीको शतकको सहयोगमा पाकिस्तानले जिम्बावेसँगको दोस्रो टेष्ट खेलमा सानदार सुरुवात गरेको छ । हरारे स्पोर्ट्स क्लबमा टस जितेर ब्याटिङ थालेको पाकिस्तानले पहिलो इनिङमा पहिलो दिन ९० ओभरमा ४ विकेट गुमाउँदै २ सय ६८ रन जोडेको छ । पाकिस्तानका ओपनर आबिद अली २ सय ४६ बलमा १७ चौका सहित […]

May 7, 2021

‘बार्सिलोना नजाने निर्णय सहि भयो’ – मार्टिनेज

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लाउटारो मार्टिनेज अघिल्लो सिजन बार्सिलोना क्लबमा आबद्धताको नजिक पुगेका थिए । त्यसबेला भने आफू पनि बार्सिलोना जानका लागि उत्साहित थिए । तर अहिले उनी इन्टरमा उपाधि जित्दा क्लब नछाड्ने निर्णय सहि रहेको बताउँछन् । ‘साँच्चै म बार्सिलोना जाने नजिक थिएँ,’ उनले भने छन्, ‘मैले लियोनल मेस्सीसँग पनि सल्लाह गरेको थिएँ । […]

May 7, 2021

हाजार्डले समर्थकसँग माफी मागे

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका बेल्जियन फरवार्ड इडेन हाजार्डले आफ्नो समर्थकसमक्ष माफी मागेका छन् । उनले आफ्नो व्यवहारका कारण समर्थकसँग माफी माग्नुपरेको हो । युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब चेल्सीसँग २–० ले पराजित हुदै बाहिरिएपछि रियलका फरवार्ड हाजार्डले आफ्नो पुर्व सहकर्मीसँग ठट्टा गरेर हाँसको तस्विर तथा भिडियो सामाजिक सन्जालमा भाइरल भएपनि […]

Success

Thank you for your time.