default_image

अन्तर्राष्ट्रिय

November 4, 2020

रामोसद्वारा गोलको शतक पूरा

एजेन्सी – स्पेनिस कप्तान तथा सेन्टर ब्याक सर्जियो रामोसले रियल म्याड्रिडबाट १ सय गोलको आँकडा पार गरेका छन् । मंगलबार राति च्याम्पियन्स लिगको समूह चरणको तेस्रो खेलमा इटालियन प्रतिद्वन्द्वी इन्टर मिलानविरुद्ध एक गोल गर्दै रामोसले म्याड्रिडमा १ सय गोलको आँकडा पार गरेका हुन् । यस्तै उनी रियलबाट १ सय गोल गर्ने १९औं खेलाडी बनेका छन् […]

November 4, 2020

मेस्सीलाई नरोक्ने अध्यक्षका दावेदार

एजेन्सी – बार्सिलोनाका अध्यक्षका उम्मेदवार पेरे रियराले लिओनल मेस्सीलाई क्लबको भविष्यभन्दा माथि रहेर बस्न बाध्य नपारिने बताएका छन् । टोलीका कप्तान मेस्सीले यो सिजनको सुरुवातमा क्लब छाड्न चाहेका थिए । तर, तत्कालिन अध्यक्ष जोसेप मारिया बोर्टेमेउले क्लब छाड्ने नै भए ७ सय मिलियन युरो रिलिज क्लब तिर्नुपर्ने गरेपछि मेस्सी पछि हटेका थिए । क्लबको विवादलाई अदालतसम्म पुर्याउन नचाहेको भन्दै […]

November 4, 2020

म्याराडोनाको मस्तिष्कको सफल शल्यक्रिया

एजेन्सी – अर्जेन्टिना फुटबलका हस्ती तथा लेजेण्ड फरवार्ड डिएगो म्याराडोनाको मस्तिष्कमा देखिएको ब्लड क्लटको (रगत जमेको अवस्था) सफल शल्यक्रिया गरिएको छ । अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स नजिकको अस्पताल ला प्लाटामा मंगलबार म्यारोडोनाको सफल शल्यक्रिया गरिएको हो । ६० वर्षीय म्याराडोना अस्वस्थ्य भएपछि सोमबार अस्पताल भर्ना भएका थिए । सिटी स्क्यानको नतिजापछि उनको मस्तिष्कमा ब्लड क्लट देखिएको थियो । […]

November 4, 2020

जेससको पूनरागमन गोलमा सिटीको सहज जित

एजेन्सी – चोटपछि पूनरागमन गरेको खेलमै ब्राजिली फरवार्ड गाब्रियल जेससले गोल गरेपछि इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएएफए च्याम्पियन्स लिगको समूह चरणमा लगतार तेस्रो जित निकालेको छ । घरेलु मैदान इतिहाद स्टेडियममा मंगलबार राति भएको खेलमा सिटीले ओलम्पियाकोसमाथि ३–० को सहज जित हात पारेको हो । बाँकी गोल फेरान टोरेस र जोआओ क्यान्सिलोको नाममा रह्यो । […]

November 4, 2020

जोटाको ह्याट्रिकमा लिभरपुलको सानदार जित

एजेन्सी – पोर्चुगिज फरवार्ड डिएगो जोटाको ह्याट्रिक सहयोगमा इंग्लिस क्लब लिभरपुलले इटालियन क्लब एटलान्टालाई उसकै मैदानमा ५–० को सानदार जित हात निकालेको छ । अर्काे दुई गोल मोहम्मद सलाह र साडियो मानेको नाममा रह्यो । लिभरपुलले खेलको ५४ मिनेटभित्रै ५ गोल गर्न सफल भएको थियो । गेविस स्टेडियम बरगामोमा मंगलबार राति भएको एकपक्षीय खेलमा लिभरपुलले […]

November 4, 2020

लेवान्डोस्की चम्कदा बायर्नको आधादर्जन गोल

एजेन्सी – डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले च्याम्पियन्स लिगमा अपराजित यात्रालाई १४ खेलसम्म लम्ब्याउदा समूह चरणको तेस्रो खेलमा अष्ट्रियन क्लब साल्जवर्गमाथि फराकिलो जित हात पारेको छ । बायर्नले साल्जवर्गलाई उसकै मैदानमा ६–२ को पूनरागमन जित हात पारेको हो । बायर्नको एकपक्षीय जितमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले दुई तथा जेरोमी बोएटिङ, लिरोए साने र लुकास हर्नान्डेजले गोल […]

November 4, 2020

एटलेटिको बराबरीमा रोकियो

एजेन्सी – गोलरक्षक गिलेर्मे अल्भिमले उत्कृष्ट प्रदर्शन गर्दा रसियाली टोली लोकोमोटिभ मस्कोले स्पेनको एटलेटिको म्याड्रिडलाई १-१ को बराबरीमा रोकेको छ । खेलको १८ औं मिनेटमा जोसे मारिया जिमिनेजले गोल गर्दै एटलेटिकोलाई अग्रता दिलाएका थिए । हेक्टर हरेराको पासमा जिमिनेजले गोल गर्दै पाहुना टोलीलाई अघि बढाएका थिए । तर अग्रता लिएको ७ मिनेटपछि उनै हरेराको ह्याण्डबलमा […]

November 4, 2020

घरेलु मैदानमा साख्तरको लज्जास्पद हार

एजेन्सी – फ्रान्सेली फरवार्ड एलेसन प्लेयाको ह्याट्रिकमा यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार भएको समूह बी को खेलमा बोरुसिया मोन्चेनग्लाडबाकले साख्तर डोनेस्कलाई ६-० को फराकिलो अन्तरले पराजित गरेको छ । फरवार्ड प्लेयाले ह्याट्रिकसहित १ असिस्ट दिँदै उत्कृष्ट प्रदर्शन गरेपछि पाहुना टोलीले सहज जित हासिल गरेको हो । यस जितसँगै बोरुसिया अंक तालिकाको शीर्षस्थानमा उक्लन सफल रहयो । आक्रामक फुटबल खेल्दै आएको […]

November 4, 2020

रियल म्याड्रिडद्वारा इन्टर पराजित

एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार समूहको तेस्रो खेलमा इन्टर मिलानलाई ३-२ ले पराजित गरेको छ । एक समय २-० ले अघि रहेको म्याड्रिडविरुद्ध इन्टरले उत्कृष्ट पुनरागमन गर्दै खेल २-२ को बराबरीमा ल्याएको थियो । तर वैकल्पिक खेलाडीद्वय रोड्रीगो गोएस र भिनिसियस जुनिअरको जोडीले रियललाई च्याम्पियन्स लिग सिजनको पहिलो जित […]

November 3, 2020

आइपिएल २०२० को प्लेअफ समिकरण पूरा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को प्ले अफ समिकरण पूरा भएको छ । मंगलबार राती लिग चरणको अन्तिम खेलमा सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सलाई १० विकेटले हराएसँगै प्ले अफ समिकरण पूरा भएको हो । आइपिएल २०२० मा मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स, सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेंगलोरले प्ले अफमा स्थान बनाएका छन् । कोलकाता […]

Success

Thank you for your time.