default_image

अन्तर्राष्ट्रिय

October 7, 2020

जर्मनीले टर्कीको सामना गर्दै

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा आज बुधबार राति जर्मनी र टर्कीले प्रतिस्पर्धा गर्दैछ । जर्मनी र टर्कीबीचको खेल राति १२ः३० बने कोल्नमा हुनेछ । नेसन्स लिगको थप तयारीका लागि दुवै टोलीले मैत्रीपुर्ण खेल खेल्न लागेका हुन्। यि दुई टोली २०११ पछि पहिलोपटक खेल्न लागेका हुन् । २०१२ को युरोकपको लागि २०११ मा भएको छनोट खेलमा […]

October 7, 2020

फ्रान्सलाई युक्रेनको चुनौती

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा विश्व विजेता फ्रान्सले आज बुधबार राति युक्रेनसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ । खेल स्टेड डि फ्रान्समा खेल नेपाली समयानुसार रातको १२ः४५ बजे हुनेछ । दुवै टोलीले यूईएफए नेसन्स लिगको तेस्रो र चौथो राउन्डको खेलको तयारीका लागि मैत्रीपुर्ण खेल खेल्न लागेका हुन् । नेसन्स लिगमा फ्रान्स लिग ‘ए’ को ग्रुप ३ मा रहेको छ । […]

October 7, 2020

चेन्नईविरुद्ध पहिला ब्याटिङ गर्दै कोलकाता

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को २१ औं खेलमा कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किंग्सबिरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । शेख जायद स्टेडियम आबूधाबीमा भएको टसमा कोलकाता कप्तान दिनेश कार्तिकले पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । चेन्नईले एक परिवर्तन गरेको छ । पियुष चवलाको स्थानमा करण शर्मालाई मौका दिएको छ । […]

October 7, 2020

पोर्चुगल र स्पेन भिड्दै

एजेन्सी – यूईएफए नेसन्स लिगको तयारी अघिको मैत्रीपुर्ण खेलमा आज बुधबार राति युरोकप विजेता पोर्चुगल र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । खेल पोर्चुगलको मैदानमा नेपाली समयअनुसार राति १२ः३० बजे हुनेछ । आधुनिक फुटबलको हस्ती क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा मैदान उत्रने पोर्चुगल घरेलु मैदानमा स्पेनलाई पराजित गर्दै नेसन्स लिगको यसै साता हुने दुई खेलको लागि तयारी रहेको सन्देश […]

October 7, 2020

तेस्रो जितको सोचमा चेन्नई र कोलकाता

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को २१ औं खेलमा आज चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्स भिड्दैछन् । खेल नेपाली समय अनुसार बेलुका ७ः४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ । दुवै टोली तेस्रो जित निकाल्ने सोचमा छन् । चेन्नईले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको थियो । त्यसपछि […]

October 7, 2020

एल क्लासिकोमा रियललाई कम विश्राम

एजेन्सी – रियल म्याड्रिड र बार्सिलोनाबीच सिजनको पहिलो एल क्लासिकोको समय अझै तय भइसकेको छैन । अक्टोबर २४ शनिबारका लागि तय एल क्लासिको अघि दुवै टोलीले च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेल खेल्नेछन् । मध्यसातामा हुने च्याम्पियन्स लिगको समूह चरणपछि बार्सिलोनाको दाजोमा रियलले भने कम समय पाएको छ । कोरोना भाइरसका कारण ढिला गरि सुरु […]

October 7, 2020

रियलले कमायो मात्रै, खर्च गरेन

एजेन्सी– कोरोना भाइरसका कारण युरोपियन अधिकांश फुटबलको आर्थिक अवस्थामा असर परेको छ । यसका बाबजुद पनि युरोपका ठूला टोलीले नयाँ सिजनमा खेलाडी भित्राउनका लागि खुलेर खर्च गरे । युरोपका शीर्ष टोलीले ट्रान्सफर विन्डोमा लगातार खेलाडी भित्र्याउँदा युरोपेली च्याम्पियन्स लिगको सर्वाधिक सफल टोली रियल म्याड्रिडले भने नयाँ सिजनका लागि भने एक युरो पनि खर्च गरेन । […]

October 7, 2020

हामेसको चर्चा, जिदानको आलोचना

एजेन्सी – हामेस रोड्रिग्वेजले रियल म्याड्रिडमा रहँदा सम्म प्रशिक्षक जिनेदिन जिदानको विश्वास खासै जित्न सकेनन् । गत सिजन रियलले ला लिगा जित्दा जिदानले उनलाई खासै प्रयोग गरेनन् । रियलमा कम मौका पाउने भएकोले उनी दुई सिजन लोनमा बायर्न म्युखिन पनि पुगे । यो सिजन बसेको भएपनि रियलमा उनले धेरै मौका पाउने सम्भावना थिएन । त्यो […]

October 7, 2020

चेल्सीका सार पोर्टाे पुगे

एजेन्सी – इंग्लिस क्लब चेल्सीका फ्रान्सेली डिफेन्डर मालाङ सार पोर्चुगिज क्लब पोर्टाेमा पुगेका छन् । पोर्टाेले सारलाई एक सिजनको लागि लोनमा अनुबन्ध गर्न सफल भएको हो । चेल्सीले २१ वर्षीय सारलाई ६ साता अघि फ्रेन्च क्लब निसबाट पाँच वर्षको लागि अनुबन्ध गरेको थियो । तर, पहिलो रोजाईमा पर्ने सम्भावना न्युन रहेपछि उनलाई चेल्सीले लोनमा पठाएको […]

October 7, 2020

डर्टमुन्ड र बायर्नका गोट्जे पीएसभी पुगे

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमुन्ड र बायर्न म्युनिखका प्लेमेकर मारियो गोट्जे फ्रि ट्रान्सफरमा डच क्लब पीएसभी आइन्डोभेन पुगेका छन् । डच क्लब पीएसभीले २८ वर्षीय प्लेमेकरलाई दुई वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो । २०१४ मा जर्मनीलाई विश्वकप जिताउँदा अतिरिक्त समयमा निर्णायक गोल गरेका गोट्जेलाई यसै समरमा डर्टमुन्डले छाडेका थिए । उनलाई अनुबन्ध गर्न […]

Success

Thank you for your time.