default_image

अन्तर्राष्ट्रिय

September 14, 2020

इंग्ल्यान्डले अष्ट्रेलियालाई हरायो

एजेन्सी – इंग्ल्यान्डले दोस्रो ओडिआई खेलमा अष्ट्रेलियालाई २४ रनले पराजित गरेको छ । योसँगै तीन ओडिआई सिरिज १–१ को बराबरी अवस्थामा पुगेको छ । जितका लागि २ सय ३२ रनको मध्यम लक्ष्य पछ्याएको अष्ट्रेलिया ४८.४ ओभरमा २ सय ७ रनमा अल आउट हुन पुग्यो । अष्ट्रेलिया कप्तान आरोन फिन्चले १ सय ५ बलमा ८ चौका […]

September 14, 2020

पीएसजीको लगातार दोस्रो हार

एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नयाँ सिजनको फ्रेन्च लिग वानमा लगातार दोस्रो हार बेहोरेको छ । खेलको अन्त्यतिर निकै तनावपुर्ण बनेको खेलमा पीएसजी घरेलु मैदानमै मार्सेलीसँग १–० ले पराजित भएको हो । पीएसजी यसअघि पहिलो खेलमा लेन्ससँग पनि १–० ले नै पराजित भएको थियो । कोरोना संक्रमणका कारण पहिलो रोजाईका ५ […]

September 13, 2020

एभर्टनले टोटेनहमलाई हरायो

एजेन्सी – डोमिनिक काल्भर्ट लेविनको निर्णायक गोलको मदतले इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा एभर्टनले टोटेनहम हट्स्परलाई १-० ले पराजित गरेको छ । टोटेनहमको घरेलु मैदानमा काल्भर्ट लेविनले खेलको ५५ औं मिनेटमा खेलको एकमात्र गोल गरेका थिए । लुकास डीनेको फ्रिकिकमा उनले गरेको हेडर गोलमा परिणत भएको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले आफ्ना नयाँ […]

September 13, 2020

लेस्टरको जितमा भार्डीको दुई गोल

एजेन्सी – फरवार्ड जेमी भार्डीले पेनाल्टीमार्फत दुई गोल गरेपछि लेस्टर सिटीले प्रिमियर लिगको पहिलो खेलमा नवप्रवेशी वेस्ट ब्रोमविच आल्बियनलाई ३-० ले पराजित गरेको छ । पहिलो हाफमा गोलरहित बराबरी रहेको खेलको दोस्रो हाफमा लेस्टरले तीन गोल गरेको थियो । लेस्टरका लागि डेब्यु गरिरहेका तिमोथी कास्टानेले सुरुवाती अग्रता दिलाए । डेनिस प्राएटको क्रसमा कास्टानेको हेडरलाई गोलरक्षक […]

September 13, 2020

एमबाप्पेले अर्को सिजन पीएसजी छाड्ने

एजेन्सी– पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा फरवार्ड केलियन एमबाप्पेले नयाँ यात्राका विषयमा समय समयमा चर्चा गर्ने गरेका छन् । केहि समयअघि पिएसजीका प्रतिनिधिसँगको भेटमा एमबाप्पलेले नयाँ सम्झौताका लागि भने अहिले इच्छा नरहेको प्रष्ट पारेका थिए । तर, उनले यो सिजन पिएसजीबाट रहने अघिल्लो सिजनमै प्रष्ट पारेका थिए । सबैलाई थाहा छ, एमबाप्पे रियल म्याड्रिडप्रति […]

September 13, 2020

युभेन्टस ५-० ले विजयी

एजेन्सी – इटालियन च्याम्पियन युभेन्टसले प्रि-सिजनको मैत्रीपूर्ण खेलमा तेस्रो श्रेणीको क्लब नोभारामाथि ५-० को फराकिलो जित दर्ता गरेको छ । प्रशिक्षक आन्द्रीए पिर्लोले आफ्नो पहिलो खेलमा बलियो सुरुवाती टोली मैदान उतारेका थिए । युभेन्टसका लागि वेस्टन मकेनी र डेजान कुलुसेभ्सकीले डेब्यु गर्दा क्रिस्टियानो रोनाल्डो पहिलो रोजाईमा खेलेका थिए । रोनाल्डोले खेलको २० औं मिनेटमा कुलुसेभ्सकीसँग […]

September 13, 2020

टोटेनहमलाई एभर्टनको चुनौती

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (आइतबार) राति पहिलो राउन्डको दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । वेस्ट ब्रुमले घरेलु मैदानमा लेस्टर सिटीको आतिथ्यता गर्दा टोटेनहमले घरेलु मैदानमा एभर्टनसँग प्रतिस्पर्धा गर्दैछ । वेस्ट ब्रुम र लेस्टर सिटीबीचको खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे तथा टोटेनहम र एभर्टनबीचको खेल राति ९ः१५ बजे टोटेनहम हस्टपुर स्टेडियममा हुनेछ । घरेलु […]

September 13, 2020

हामेसले टोटेनहमविरुद्ध डेब्यू गर्ने सम्भावना

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब एभर्टनमा यो सिजन आबद्ध भएका हामेस रोड्रिग्वेजले आइतबार प्रिमियर लिगमा ‘डेब्यू’ गर्ने सम्भावना छ । हामेस यो सिजन रियल म्याड्रिडबाट एभर्टन पुगेका थिए । एभर्टनले प्रिमियर लिगमा आइतबार राती टोटेनहमसँग खेल्दै सिजनको सुरुवात गर्दैछ । टोटेनहमको मैदानमा खेल नेपाली समय अनुसार ९ः१५ बजे सुरु हुनेछ । विश्व फुटबलका दिग्गज […]

September 13, 2020

क्लोपद्वारा लिड्सको प्रशंसा

एजेन्सी – इंग्लिस च्याम्पियन लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले प्रिमियर लिगको नवप्रवेशी क्लब लिड्स युनाइटेडको प्रशंसा गरेका छन् । प्रिमियर लिग अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा लिभरपुलले लिड्समाथि ४-३ को जित दर्ता गरेको थियो । अघिल्लो सिजन दोस्रो श्रेणीको लिग उपाधि जित्दै शीर्ष श्रेणीमा बढुवा भएको लिड्सले लिभरपुललाई कडा प्रतिस्पर्धा दिएको थियो । प्रशिक्षक मार्सेलो बिएल्साको […]

September 13, 2020

मेस्सी नै बार्सिलोनाको कप्तान

एजेन्सी – अर्जेन्टिनी स्टार फरवार्ड लियोनेल मेस्सी नै क्याटलान क्लब बार्सिलोनाको कप्तान रहने भएका छन् । बार्सिलोनाले शनिबार मेस्सी नै यो सिजनको कप्तान रहेको पक्का गरेको हो । सन् २०१८ देखि बार्सिलोनाको कप्तानी सम्हालिरहेका मेस्सीले नयाँ सिजन सुरु हुनुअघि नै क्लब छाड्ने निर्णय र नाटकीय रुपमा बार्सिलोना बस्न यु टर्न भएपछि क्लबको कप्तान को हुने […]

Success

Thank you for your time.