default_image

अन्तर्राष्ट्रिय

June 24, 2020

लुइज अझै एक वर्ष आर्सनलमा रहने

एजेन्सी – ब्राजिलियन डिफेन्डर डेविड लुइजले इंग्लिस प्रिमियर लिगको क्लब आर्सनलसँग सम्झौता नविकरण गरेका छन् । गत सिजन चेल्सीबाट आएका लुइजले एक वर्षका लागि बसाईं लम्ब्याएका हुन् । आर्सनलले लुइजसँगै डिफेन्डर पाब्लो मारी र सेड्रीक सोआरेसलाई पनि स्थायी रुपमा अनुबन्ध गरेको छ । मारी ब्राजिलियन क्लब फ्लामेंगो तथा सोआरेस इंग्लिस क्लब साउथह्याम्प्टनबाट लोनमा आर्सनल आएका […]

June 24, 2020

सन्दीपको सिपिएलमा करोडसम्मको यात्रा

सुबास हुमागाईं, काठमाडौं विश्व क्रिकेटका शीर्षस्थ फ्रेन्चाइज लिगमा सहभागी जनाइसकेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बुधबार हुने क्यारेबियन प्रिमियर लिग (सिपिएल) सिजन २०२० को खेलाडी ड्राफ्टमा आफ्नो मूल्य ९० हजार डलर (१ करोड रुपैयाँ) मूल्य तोकेका छन् । कोरोना संक्रमणको बिकराल स्थितिमा पनि सिपिएल अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रिनिडाड एन्ड टोबेगोमा बन्द रंगशालामा […]

June 24, 2020

सिपिएल ड्राफ्ट आज : सन्दीपको मूल्य करोड

एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) को सन् २०२० सिजनका लागि खेलाडी ड्राफ्ट बुधबार हुने कार्यक्रम रहेको छ । कोभिड-१९ का कारण हुने भर्चुअल ड्राफ्टमा ५ सय ३७ खेलाडी सहभागी हुनेछन् । सिपिएल अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रीनिडाड एन्ड टोबेगोमा बन्द रंगशालामा गर्ने प्रस्ताव गरिएको छ । यद्यपि यसका लागि सरकारको स्वीकृति आउन […]

June 24, 2020

बोकाबाट खेल्ने भिडालको चाहना

एजेन्सी – बार्सिलेनाका मिडफिल्डर आर्टुरो भिडालले बोका जुनियर्सबाट खेल्ने आफ्नो इच्छा रहेको स्वीकारेका छन् । लामो समयदेखि युरोपियन फुटबलमा आबद्ध रहँदै आएको चिलियन खेलाडीले त्यसका वावजुद पनि अर्जेन्टिना जाने आफ्नो इच्छा रहेको सुनाएका छन् । ‘हामीलाई थाहा छ बोका विजेता हो । त्यसका समर्थकका बारे पनि थाहा छ ,’ उनले भने, ‘अर्जेन्टिनामा बोकाको प्रभावका बारे […]

June 24, 2020

टोटेनहमको जितमा केनको गोल

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हट्स्परले प्रिमियर लिग अन्तर्गत मंगलबार भएको लन्डन डर्बीमा वेस्ट ह्याम युनाइटेडमाथि २-० को जित दर्ता गरेको छ । खेलको पहिलो हाफमा लगातार आक्रमण बुनेपनि टोटेनहमले अग्रता लिन सकेको थिएन । खेलको ४५ औं मिनेटमा कोरियाली फरवार्ड सन ह्युङ मिनले गोल गरेपनि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै गोललाई मान्यता दिएका […]

June 24, 2020

इस्को अभ्यासमा फर्कंदा हाजार्डलाई आराम

एजेन्सी – रियल म्याड्रिडले पछिल्ला खेलमा बलियो नतिजा निकाल्दै ला लिगा जित्ने सम्भानालाई बलियो बनाएको छ । तर, जिनेदिन जिदानले आशा गरेका फरवार्ड इडान हाजार्डले भने प्रशिक्षणमा भाग लिन सकेनन् । रियल सोसिडाडसँग आइतबार भएको खेलमा हाजार्ड एक मिनेट पनि मैदानमा उत्रेनन् । सिजनको सुरुवातमा उनले उच्च प्रदर्शन गर्न नसकेका कारण दर्शक निराश छन् । […]

June 24, 2020

रियललाई उछिन्दै बार्सिलोना शीर्षस्थानमा उक्लियो

एजेन्सी – क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । साविक विजेता बार्साले मंगलबार रातीको खेलमा एथ्लेटिक बिल्बाओमाथि १-० को जित दर्ता गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा इभान राकीटिचले दोस्रो हाफको मध्यतिर गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । बार्सिलोनाले लगातार बल पोसेसन राख्दै दबाब बनाएपनि बिल्बाओको रक्षात्मक रणनीति तोड्न हम्मेहम्मे परेको […]

June 23, 2020

जोकोभिचलाई पनि कोरोना संक्रमण

एजेन्सी – विश्व नम्बर १ सर्बियन टेनिस स्टार नोभाक जोकोभिचलाई कोरोना संक्रमण पुष्टि भएको छ । सर्बिया र क्रोएसियामा एड्रीए टुर आयोजना गर्न सहयोग गरेका जोकोभिचलाई कुनै लक्षण भने देखिएको छैन । सर्बियामा पहिलो खेल खेलेपछि गत साता नै अर्को खेलका लागि टोली क्रोएसियाको जादारमा पुगेको थियो । खेल सकिएर बेलग्रेड फर्किएपछि जोकोभिचसँगै उनको परिवारको […]

June 23, 2020

थप ७ पाकिस्तानी क्रिकेटरमा कोरोना संक्रमण

एजेन्सी – पाकिस्तान क्रिकेट टोलीका ओपनर फखर जमान सहित थप ७ जनामा कोरोना संक्रमण भेटिएको छ । पाकिस्तान क्रिकेट बोर्डले मंगलबार जमानसँगै, अनुभवी ब्याट्सम्यान मोहम्मद हफिज, इमरान खान, कशिफ भाट्टी, मोहम्मद हुसैन, मोहम्मद रिजवान र वहाव रियाजमा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ । दोस्रो परिक्षणमा ७ जना खेलाडीमा कोरोना संक्रमण देखिएको हो । योसँगै […]

June 23, 2020

मार्सेलोको उत्कृष्ट पुनरागमन

एजेन्सी –  कोरोना भाइरसका कारण विश्व खेलकुदका सम्पूर्ण गतिविधि स्थगित हुँदा रियल म्याड्रिडका ब्राजिलियन डिफेन्डर मार्सेलो चोटका कारण विश्राममा थिए । कोरोनाका कारण झन्डै ३ महिना लिग स्थगित भएपछि गत साताबाट स्पेनिस लिग सुचारु भएको छ । सिजनको मध्यतिर खराब लयका कारण लेफ्ट ब्याक भूमिकामा मार्सेलो र फर्लान्ड मेन्डीबीच निकै प्रतिस्पर्धा थियो । मार्सेलो घाइते […]

Success

Thank you for your time.