default_image

popular

October 8, 2025

बस्न्यात पुनः कर्णालीको कन्सल्ट्यान्ट प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले राजु बस्न्यातलाई कन्सल्ट्यान्ट प्रशिक्षकमा निरन्तरता दिएको छ । कर्णाली याक्स स्पोर्ट्स प्रा.लि.का अध्यक्ष झनकदत्त खनालले आज बस्नेतलाई एनपिएलको दोस्रो संस्करणको लागि नियुक्त पत्र प्रदान गरे। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य रहिसकेका बन्स्यातले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका छन् । […]

October 8, 2025

नेपाललाई टि ट्वान्टी आई सिरिजको उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले मलेसियासँगको टि ट्वान्टी आई सिरिज जितेको छ। पाँचौ तथा अन्तिम खेलमा आज मलेसियालाई ५ विकेटले हराउँदै नेपालले सिरिज ३-२ ले जितेको हो। नेपालले १ सय ४ रनको लक्ष्य १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।  नेपालका लागि ओपनर रुबी पोद्दारले २६ रन, पूजा महतोले २४ रन , कविता कुँवरले १४ जोडिन् […]

October 7, 2025

‘सपना पूरा भएको छ’- कप्तान इन्दु

काठमाडौं (हाम्रो खेलकुद)- महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले १ हजार रन पार गर्ने सपना पूरा भएको बताएकी छिन्। घरेलु टोली मलेसियासँग टि ट्वान्टी आई सिरिजको चौथो खेलमा आज नटआउट ४८ रन बनाउँने क्रममा आह उनले १ हजार रनको कोसे ढुंगा पूरा गरेकी हुन्। ‘६ सय रन पार गरेपछि १  हजार रनको सपना देखेकी […]

October 7, 2025

टेबल टेनिस टोली अस्ट्रेलियातर्फ

काठमाडौं (हाम्रो खेलकुद)- डब्लुटिटी युथ कन्टेन्डरमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टेबलटेनिस टोली अस्ट्रेलियाको पर्थ प्रस्थान गरेको छ । अक्टोबर ८ देखि ११ तारिखसम्म हुने प्रतियोगितामा आर्यन शाही, सुरम्या शाक्य र प्राज्ना मानन्धरले प्रतिस्पर्धा गर्ने छन् । अफिसियलमा अखिल नेपाल टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जन र प्रशिक्षकमा राकेश महर्जन रहेका छन् । ६ […]

October 7, 2025

नेपालले इरान र भारतसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीले अर्को महिना दुई वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारत र इरानसँग खेल्ने मंगलवार जानकारी दिएको छ। दुबै खेल भारतको सिलोङमा हुनेछ। नेपालले पहिलो खेल कात्तिक ७ गते (अक्टोबर २४) इरान र कात्तिक १० गते आयोजक भारतसँग खेल्नेछ। यसअघि नेपाल र […]

October 7, 2025

न्यु डायमण्डलाई बेलायतबाट आर्थिक सहयोग

काठमाडौं (हाम्रो खेलकुद)- बेलायतमा बसोबास गर्ने संखुवासभाली टोलीले न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई आर्थिक सहयोग गरेको छ । माल्टा ५ खाँदवारी संखुवासभा स्थायी ठेगाना भएका र हाल बेलायतमा रहेका मणि कुमार गुरुङ ‘काका’को संयोजकत्वमा संखुवासभाली टोलीले न्यु डायमण्डलाई २ लाख ६० हजार रुपैयाँ सहयोग गरेको हो ‌। राष्ट्रिय खेल भलिबलको राष्ट्रिय तथा अन्तर्रााष्ट्रिय स्तरको महिला […]

October 7, 2025

नेपालको जित, इन्दु र रुविनाको महत्वपूर्ण साझेदारी

काठमाडौं (हाम्रो खेलकुद)- इन्दु बर्मा र पूर्व कप्तान रुविना क्षेत्रीले पाँचौं विकेटका लागि ६१ रनको साझेदारी गरेपछि मंगलवार  चौथो खेलमा नेपालले टि ट्वान्टी सिरिजमा मलेसियालाई ६ विकेटले पराजित गरेको छ। योसँगै ५ खेलको सिरिज २–२ को बराबरीमा पुगेको छ। पाँचौं तथा निर्णायक खेल बुधवार हुनेछ। जितको लागि १ सय १२ रनको लक्ष्य नेपालले १७.३ ओभर  […]

October 6, 2025

जम्बो टोली भियतनाम जाँदै, अतिरिक्त मात्रै ८ जना

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली फुटबलको अहिलेको ठूलो समस्या बर्षौ सहिद स्मारक ए डिभिजन लिग नहुनु  र अन्तर्राष्ट्रिय खेलका लागि दशरथ रंगशालाको योग्यता नपुग्नु रहेको छ। पछिल्लो पटक ए डिभिजन लिग सकिएको आज ८ सय ४८ दिन पूरा भैसकेको छ। नेपाली राष्ट्रिय पुरुष टोलीका प्रशिक्षक र खेलाडीले पनि लिग नभएको कारण राष्ट्रिय टोली बलियो बन्न नसकेको […]

October 6, 2025

नेपाली फुटबल टोली भोलि भियतनाम जाने

काठमाडौं (हाम्रो खेलकुद)- भियतनाम विरुद्धको एएफसी एसियन कप छनोट खेल्न नेपाली राष्ट्रिय फुटबल टोली मंगलवार त्यसतर्फ जाने भएको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी एवम् सदस्यले नेपाली टोलीलाई आज बिदाइ गरे। उप कप्तान रोहित चन्दले नेपालको झण्डा ग्रहण गरे। नेपालले भियतनामसँग होम र अवे दुवै […]

October 5, 2025

हालान्डको गोलमा सिटी विजयी

एजेन्सी – एर्लिङ हालान्डको गोलमा म्यानचेस्टर सिटीले आइतवार प्रिमियर लिगमा जित निकालेको छ । सिटीले ब्रेन्टफोर्डलाई १-० ले हराएको हो। यो जितसँगै प्रशिक्षक पेप गार्डिओलाले सिटीका लागि आफ्नो २ सय ५०औँ जित दर्ता गरे। सिटीले यो सिजनको पहिलो खेलपछि पहिलो पटक अवे मैदानमा जित निकाल्न सफल भयो। हालान्डले नवौं मिनेटमा सिटीलाई अग्रता दिलाए। उनले बल […]

Success

Thank you for your time.