June 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कुनै पनि क्लबले एसियाली फुटबल महासंघ (एएफसी) को प्रतियोगिता खेल्न आवश्यक लाइसेन्स प्राप्त गर्न नसकेको सार्वजनिक भएको छ । कुनैपनि क्लबले लाइसेन्स प्राप्त नगरेसँगै २०२५/२६ सिजनमा एएफसीको क्लब प्रतियोगितामा नेपालको सहभागिता नहुने निश्चित भएको छ । गत सिजन ए डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइज युनाइटेडले एएफसी क्लब लाइसेन्स प्राप्त गर्दै […]
June 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करण भदौंमा हुने भएको छ। आयोजक इन्फिनिटी ड्रिम्स प्रा.लि. ले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै इडब्लुभिएल भदौ २० देखि २८ गते सम्म हुने जनाएको छ। नेपाल भलिबल संघले निर्धारित मितिमा प्रतियोगिता आयोजना गर्न स्वीकृत दिसकेकोले तयारी अघि बढिरहेको बताइएको छ। पहिलो पटक गत वर्ष […]
June 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप २०२६ को छनोट चरणका लागि नेपालले अन्तिम टोली घोषणा गरेको छ । नवनियुक्त प्रशिक्षक प्याट्रिक डे वाइल्डले अनुभवी खेलाडीलाई प्राथमिकतामा राख्दै अन्तिम टोलीको घोषणा गरेका हुन् । यसपटक टोलीमा डिफेन्डर प्रतीक्षा चौधरी पहिलोपटक टिममा परेकी छिन् । एपिएफबाट राइट ब्याक पोजिसनमा खेल्ने उनी टोलीमा रहँदा पछिल्लो […]
June 20, 2025
एजेन्सी – रियल म्याड्रिडका फरवार्ड किलियन एम्बाप्पे ग्यास्ट्रोएन्टेराइटिसको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। ज्वरोका कारण २६ वर्षीय फ्रान्सेली टोलीका कप्तान एम्बाप्पले मंगलवार प्रशिक्षण छुटाएका थिए । बुधवार मियामीमा भएको अल-हिलालविरुद्धको १-१ को फिफा क्लब विश्व कपको बराबरी खेल उनले खेलेनन्। रियलले एम्बाप्पेलाई ग्यास्ट्रोएन्टेराइटिसको कारण अस्पतालमा भर्ना गरेको बिहीवार जनाएको थियो । तर त्यसको केही घण्टापछि […]
June 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – स्कटल्याण्डमा जारी टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा नेपालले आज घरेलु टोलीको सामना गर्ने छ । स्कटल्याण्डको ग्लासगोमा खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ । दुवै टोली खेल जितेर सिरिज आफ्नो नाममा गर्ने लक्ष्यमा रहेका छन् । नेपाल ३ खेलमा २ मा जित र १ मा हारका साथ अंक […]
June 20, 2025
एजेन्सी – कप्तान लियोनेल मेसीले फ्रिकिकमा सुन्दर गोल गर्दा फिफा क्लब विश्वकपमा इन्टर मायमीले एफसी पोर्टोलाई पराजित गरेको छ । समूह ए को खेलमा मायमीले १-० ले पछि परेको स्थितिबाट पुनरागमन गर्दै २-१ को जित निकालेको हो । पहिलो हाफको आठौं मिनेटमा पोर्टोले सामु आघेहोवाको पेनाल्टीमा अग्रता लिएको थियो । दोस्रो हाफमा मायमीले २ गोल […]
June 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- धरानका प्रो निरज तामाङ सूर्य नेपाल गल्फ टुर २०२४-२५ को अर्डर अफ मेरिटको शीर्षस्थानमा रहँदै नम्बर एक प्रोफेसनल गल्फर बन्न सफल भएका छन्। टुरको २०२४-२५ सिजनको ८ प्रतियोगितामा ३ उपाधि सहित ८ लाख ६७ हजार ५ सय रुपैयाँ पुरस्कार जित्दै उनी नम्बर एक गल्फर बनेका हुन्। उनले यो सिजनका नम्बर एक गल्फर […]
June 19, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा आज नेदरल्याण्ड्सलाई पराजित गरेको छ । नेपाल ६ विकेटले विजयी भयो । १ सय ७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका ओपनर कुशल भुर्तेलले महत्वपूर्ण इनिङ खेल्दै अर्धशतक पूरा गरे। ५१ बल खेलेका उनले ६ चौकाको सहयोगमा […]
June 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- खेलकुद, शिक्षा र उद्यमशीलताको माध्यमबाट युवालाई सशक्त बनाउन सकिने विषयमा सरोकारवालाहरुसँग अन्तरक्रियात्मक कार्यक्रम बिहिवार काठमाडौंमा आयोजना गरिएको छ । बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा भएको बागमती प्रदेश खेलकुद तथा युवा सम्मेलन २०८२ नामक कार्यक्रममा विगतको तुलनामा खेलकुद, शिक्षा र उद्यमशीलताको माध्यमबाट युवालाई सशक्त बनाउने सकिने चर्चा गरिएको थियो । अन्तर्क्रियामा […]
June 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपालका ओपनर कुशल भुर्तेलले नेदरल्याण्ड्सविरुद्धको खेलमा अर्धशतक पूरा गरेका छन् । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्सविरुद्धको खेलमा कुशलले टि ट्वान्टी आई करियरको ११औं अर्धशतक पूरा गरेका हुन् । उनले ३८ बलमा अर्धशतक पूरा गरेका थिए । कुशलले ९.४ ओभरमा ४४ रन बनाउँदा विक्रमजित सिंहको बलमा नोहा क्रोसबाट क्याच छुट्दा […]