default_image

अन्तर्राष्ट्रिय

July 7, 2022

संघर्षपूर्ण जित निकाल्दै नाडाल सेमिफाइनलमा

एजेन्सी – संघर्षपूर्ण जित निकाल्दै दोस्रो वरीयताका स्पेनिस टेनिस स्टार राफायल नाडाल विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा बुधबार राति भएको क्वाटरफाइनलमा पेटको चोटको बावजुत नाडालले अमेरिकी टेनिस स्टार टेलर फ्रिट्जमाथि ३–२ को सेटमा जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्न सफल भएका हुन् । नाडालले पहिलो सेट ३–६ ले गुमाएको थियो […]

July 6, 2022

युभेन्ट्स फर्कने पोग्वाको तयारी

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँगको सम्झौता सकिएपछि पउल पोग्बाले फ्रि ट्रान्सफरमा इटालियन क्लब युभेन्ट्स फर्कने तयारी गरेका छन् । २९ वर्षीय फ्रान्सेली मिडफिल्डरले आफ्नो स्थानान्तरण पूरा गर्न यसै साता मेडिकल गर्ने बुझिएको छ । पोग्बा सन् २०१६ मा युभेन्ट्सबाटै ८९ मिलियन पाउण्डको विश्व कीर्तिमानी मुल्यमा युनाइटेड आएका थिए । युनाइटेड र पोग्बाबीच नयाँ सम्झौतामा […]

July 6, 2022

डि मारिया युभेन्ट्स जाने

एजेन्सी – अर्जेन्टिनी मिडफिल्डर एन्जल डि मारिया इटालियन क्लब युभेन्ट्समा जाने पक्का भएको छ । मिडफिल्डर डि मारियाले युभेन्ट्ससँग एक वर्षको सम्झौता गर्ने बुझिएको छ । ३४ वर्षीय डि मारिया सिजनको अन्त्यसँगै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) छाडेका थिए । सन् २०१५ मा म्यानचेस्टर युनाईटेड आएका डि मारिया त्यसको एक सिजनपछि पिएसजी पुगेका थिए […]

July 6, 2022

‘नेयमार टोलीमा आवश्यक’ – प्रशिक्षक गाल्टिएर

एजेन्सी – फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का नव नियुक्त प्रशिक्षक क्रिस्टोफ गाल्टिएरले टोलीमा ब्राजिली स्टार फरवार्ड नेयमार आवश्यक हुने प्रतिक्रिया दिएका छन् । प्रशिक्षकमा नियुक्त भएकै दिन गाल्टिएरले नेयमार क्लबमै बसेको हेर्न चाहेको बताएका छन् । प्रशिक्षक गाल्टिएरले नेयमारलाई लिएर आफुसँग स्पष्ट योजना रहेको र नेयमारबाट उत्कृष्ट प्रर्दशन निकाल्न आफुसँग स्पष्ट […]

July 6, 2022

टेस्टमा नयाँ इंग्ल्यान्डको आगमन

भनिन्छ क्रिकेटमा प्रशिक्षक र कप्तानमा टोलीको प्रदर्शन धेरै निर्भर हुन्छ । कुनैपनि टोली शक्तिशाली वा च्याम्पियन बन्न उत्कृष्ट प्रतिभामात्र होइन नेतृत्व गर्ने व्यक्ति पनि उत्कृष्ट हुनुपर्छ । इंग्ल्यान्डले हालसालै टेस्ट क्रिकेटमा त्यसलाई प्रमाणित मात्र गरेको छैन विश्व क्रिकेटमै फरक रुपमा प्रस्तुत भएको छ । भारतसँगको पाँचौं टेस्ट खेलमा इंग्ल्यान्डले ७ विकेटले हराउँदै नयाँ इतिहास रच्न […]

July 6, 2022

लिभरपुलका ओरिगी मिलानमा

एजेन्सी – इंग्लिस क्लब लिभरपुलका बेल्जियन विंगर डिभोक ओरिगी इटालियन क्लब एसी मिलानमा अनुबन्धित भएका छन् । मिलानले ओरिगीलाई फ्रि ट्रान्सफरमा ४ वर्षको लागि अनुबन्ध गरेको हो । लिभरपुलका लागि ८ वर्ष खेलेका २७ वर्षीय ओरिगी सिजनको अन्त्यसँगै ओरिगी फ्रि एजेन्ट बनेका थिए । लिभरपुलका लागि उनले १ सय ७५ खेलमा ४१ गोल गरेका छन् […]

July 6, 2022

पूनरागमन जित निकाल्दै जोकोभिच सेमिफाइनलमा

एजेन्सी – शीर्ष वरीयताका सर्वियन नोभाक जोकोभिचले पूनरागमन जित निकाल्दै विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा मंगलबार राति भएको क्वाटरफाइनलमा साविक विजेतासमेत रहेको जोकोभिचले १०औं वरीयताका इटालीका जानिक सिनरमाथि ३–२ को पुनरागमन जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेका हुन् । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको सुरुआती दुई सेट गुमाएपनि जोकोभिचले उत्कृष्ट […]

July 6, 2022

डच डिफेन्डर म्यानचेस्टरमा अनुबन्धित

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले डच क्लब फेयनुर्डबाट फुलब्याक टायरेल मलासियालाई चार वर्षको लागि अनुबन्धित गरेको छ । इुनाइटेडले अर्को वर्षको विकल्पसहित मलासियालाई १५ मिलियन युरोमा सन् २०२६ सम्मको लागि क्लबमा अनुबन्ध गरेको हो ।फेयनुर्डका लागि १३६ खेल खेलेका नेदरल्याण्ड्सका २२ वर्षीय मलासिया एरिक टेन ह्याग आयाक्सबाट युनाइटेडको प्रशिक्षक बनेपछि पहिलो अनुबन्ध हो । […]

July 5, 2022

गाल्टिएर पिएसजीको मुख्य प्रशिक्षक नियुक्त

एजेन्सी – फ्रान्सेली लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले क्रिस्टोफ गाल्टिएरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । अर्जेन्टिनी प्रशिक्षक माउरिसियो पोचेटिनोलाई बर्खास्त गरेलगत्तै पिएसजीले गाल्टिएरलाई २ वर्षको लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । उनी २०२४ को सिजनको अन्त्यसम्म पार्क डेस प्रिन्सेसमा रहनेछन् । ५५ वर्षीय फ्रान्सेली पुर्व डिफेन्डर गाल्टिएर गत सिजन नै […]

July 5, 2022

पोचेटिनो बर्खास्त

एजेन्सी – फ्रान्सेली लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले आफ्ना अर्जेन्टिनी मुख्य प्रशिक्षक मौरिसियो पोचेटिनोलाई बर्खास्त गरेको छ । पिएसजीले पोचेटिनोलाई मंगलबार बर्खास्त गरेको हो । पिएसजीमा पोचेटिनोको सम्झौता अझै १ वर्ष अर्थात २०२३ को जुनसम्म रहेपनि उनी बर्खास्तीमा परेको हो । च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलबाटै बाहिरिनु पोचेटिनो बर्खास्तीको कारक बनेको छ । पिएसजीले […]

Success

Thank you for your time.