default_image

एसोसिएसन

November 9, 2019

साग तोकिएकै मितिमा गराउने सरकारको प्रतिबद्धता !

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल सरकारले १३ औं दक्षिण एसियाली खेलकुद (साग) तोकिएकै मितिमा आयोजना हुने सहभागी राष्ट्रलाई आश्वस्त पारेको छ । तोकिएको मितिमा यसअघि दुई पटक हुन नसकेको सागको तेस्रो पटक मंसिर १५ देखि २४ गते सम्म काठमाडौं र पोखरामा आयोजना हुँदैछ । दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को शनिबार याक एन्ड यतिमा बसेको बैठकमा […]

November 9, 2019

सागका लागि महिला फुटबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)– स्वदेशमा अर्को महिना आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले २० सदस्यीय राष्ट्रिय महिला टोलीको शनिबार घोषणा गरेको छ । सागको तीन पटकको उपविजेता रहेको नेपाल यसपटक पनि स्वर्ण जित्ने लक्ष्यका साथ झन्डै ४ महिनादेखि तयारीमा जुटेको थियो । सागको महिला फुटबल आयोजना स्थल पोखरामै […]

November 8, 2019

साग अघि तेक्वान्दोका ३ खेलाडीले चीनमा कास्य पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना स्वदेशमा आयोजना हुने १३ दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा चीनमा रहेको नेपाली तेक्वान्दो टोलीका ३ खेलाडीले द बेल्ट एन्ड रोड चाइना ओपन इन्टरनेसनल च्याम्पियनसिपमा कास्य पदक जितेका छन् । काजल श्रेष्ठ, युनिसा राई र मनोज मल्लले कास्य पदक जितेका हुन् । महिलातर्फ काजलले ४६ केजी मूनि, युनिशाले ४९ केजी […]

November 8, 2019

अन्ततः अफगानिस्तानले १३ औं सागमा भाग नलिने

काठमाडौं (हाम्रो खेलकुद)– अफगानिस्तानले अन्ततः अर्को महिना आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भाग नलिने भएको छ । सन् २०१६ को १२ औं सागसम्म भाग लिएको अफगानिस्तान मध्यपूर्वी एसियामा सामेल हुने भन्दै दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) त्यागेको थियो । ‘औपचारिक रुपमै पत्र पठाएर अफगानिस्तानले १३ औं सागमा भाग नलिने जानकारी दिएको […]

November 8, 2019

सेभ द मिसनको सेमिनारमा राजवैद्य र रानाभाटले भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) को सेभ द मिसनहरुको सेमिनारमा नेपालका तर्फबाट नेपाल ओलम्पिक कमिटी (एनओसी) का उपाध्यक्ष चतुरानन्द राज वैद्य र राष्ट्रिय टिम तयारी समितिका संयोजक रिम रानाभाटले भाग लिने भएका छन् । साग सेभ द मिसनको सेमिनार शनिबार  याक एन्ड यति होटलमा हुनेछ । ‘यो सेमिनारमा एनओसी उपाध्यक्ष चतुरा जी […]

November 8, 2019

सागको औपचारिक उद्घाटन अघि भलिबल र उसु सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)– मुख्य आयोजना थलो दशरथ रंगशालाको पूर्ननिर्माण सम्पन्न नभएपनि अर्को महिना आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक उद्घाटनको चार दिनअघि बाट केहि खेल सुरु हुने खेल तालिका तयार भएको छ । १३ औं साग मंसिर १५ देखि २४ गते सम्म काठमाडौं र पोखरामा आयोजना हुँदैछ । सागको प्रतिस्पर्धा तालिका […]

November 7, 2019

सिलवाल सर, अलि कम बोल्ने कि ?

फेयर-प्ले प्रकाश तिमल्सिना, काठमाडौं खेलकुद भावनाले चल्दैन । यति त खेलकुद नेतृत्वले बुझ्नै पर्छ । हरेक खेलको आ-आफ्नै विशेषता, महत्व र नियम छन् । खेलकुदसँग मानविय भावना, राष्ट्रियतालगायत अन्य थुप्रै विषय जोडिएर पक्कै आउँछन् । तर, त्यत्तिको भरमा खेलकुद गतिविधि चल्दैन । हरेक खेल आयोजनाका आ आफ्नै मापदण्ड र परम्परा हुन्छन् । राष्ट्रिय खेलकुद परिषद् […]

November 3, 2019

अफगानिस्तानले पनि १३ औं साग खेल्ने !

प्रकाश तिमल्सिना,काठमाडौं अफगानिस्तान क्षेत्रिय स्तरको बृहत खेलकुद दक्षिण एसियाली खेलकुद (साग) मा फर्कने भएको छ । त्यसैले अर्को महिना नेपालमा आयोजना हुने १३ औं सागमा पछिल्ला चार संस्करणमा जस्तै आठ राष्ट्रको सहभागिता हुने सम्भावना बढेको छ । तीन वर्षअघि भारतमा भएको १२ औं सागलाई आफ्नो अन्तिम सहभागिता भनेपनि १३ औं सागमा अफगानिस्तान पुनः फर्कन चाहेपछि […]

November 3, 2019

सागको तयारीका लागि बिच भलिबल टोली श्रीलंकातर्फ

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला तथा पुरुष बिच भलिबल टिम प्रशिक्षण र अभ्यासका लागि आइतबार श्रीलंका प्रस्थान गरेको छ । झन्डै एक महिनापछि नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको नोपली टोलीले श्रीलंकामा १० दिने प्रशिक्षण गर्नेछ । नेपाली राष्ट्रिय महिला तथा पुरुष बिच भलिबल टिमले त्यहा १० दिनको अवधिमा […]

November 3, 2019

महिला भलिबल टोलीलाई मनकामना गार्मेन्टको सहयोग

काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) र यसै महिना बंगलादेशमा आयोजना हुने प्रथम एभीसी एसयन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिप खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई मनकामना गार्मेन्टले खेल पोशाक प्रायोजन गरेको छ ।   वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्डमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल […]

Success

Thank you for your time.