default_image

क्रिकेट

October 10, 2022

सन्दीप अदालतमा उपस्थित, युवती नाबालिका नभएको दावी

काठमाडौं (हाम्रो खेलकुद) – बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई सोमबार काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ । नेपाल प्रहरीले १० दिनको लागि म्याद थप गर्न माग गरेपनि अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको सन्दीपका वकिल अधिवक्ता सरोजकृष्ण घिमिरेले जानकारी दिए । असोज २० गतेदेखि लागू हुने […]

October 10, 2022

सन्दीपमाथि अनुसन्धान गर्न ७ दिनको म्याद

काठमाडौं (हाम्रो खेलकुद)– नाबालिग किशोरी बलात्कारको आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने माथि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले प्रहरीलाई ७ दिनको म्याद दिएको छ । सन्दीपको पक्षमा रहेका कानुन व्यवसायिक अधिवक्ता सरोजकृष्ण घिमिरेका अनुसार अनुसन्धानका लागि अदालतले असोज २० गतेबाट लागू हुने गरि ७ दिनको म्याद दिएको छ । असोज २० […]

October 10, 2022

युएईमाथि वेस्टइन्डिजको कठिन जित

एजेन्सी – आइसिसी टि२० विश्वकप वार्मअप खेलमा वेस्टइन्डिजले युएईमाथि १७ रनको कठिन जित हात पारेको छ । जितको लागि १ सय ५२ रनको मध्यम लक्ष्य पछ्याएको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३६ रन बनायो । युएईका मोहम्मद वासिमले ५२ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ६९ रन बनाए । जवाद […]

October 9, 2022

रुविनाको कप्तानीमा डेब्यू गर्ने पुलिसको बलियो टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेको कप्तानीमा नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिता खेल्ने टोली घोषणा गरेको छ । पहिलो पटक टिम निर्माण गर्दै घरेलु क्रिकेटमा डेब्यू गर्न लागेको पुलिसले रुविना देखि कविता कुँवर सम्मका स्टार खेलाडीलाई समेट्दै बलियो टोली घोषणा गरेको छ । […]

October 9, 2022

ऐर र किशनको सानदार ब्याटिङमा भारत विजयी

एजेन्सी – श्रेयस ऐरको शतक र ईशान किशनको सानदार ब्याटिङमा भारतले दोस्रो ओडिआई खेलमा दक्षिण अफ्रिकालाई ७ विकेटले पराजित गरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ । जितको लागि २ सय ७९ रनको विजयी लक्ष्य पछ्याएको भारतले ४५.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा श्रेयस ऐरले […]

October 9, 2022

नेरीले एपिएफबाट खेल्ने

काठमाडौं (हाम्रो खेलुकद) – नेपाली महिला क्रिकेट टोलीकी पूर्व कप्तान नेरी थापाले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिता नेपाल एपिएफ क्लबबाट खेल्ने भएकी छिन् । एपिएफले सीता रानामगरको कप्तानीमा १४ सदस्य टोली घोषणा गरेको हो । यसअघि लुम्बिनीबाट खेल्दै आएकी नेरीलाई एपिएफले समेटेको छ । नेरी स्पिनसँगै मध्यक्रमकी ब्याटर हुन् । स्पिनर करुणा भण्डारी […]

October 9, 2022

अष्ट्रेलियामाथि इंग्ल्यान्डको रोमान्चक जित

एजेन्सी – इंग्ल्यान्डले पहिलो टि२० आई खेलमा घरेलु टोली अष्ट्रेलियामाथि ८ रनको रोमान्चक जित हात पारेको छ । योसँगै तीन टि२० आई खेलको सिरिजमा इंग्ल्यान्डले १–० को अग्रता लिएको छ । जितको लागि २ सय ९ रनको विशाल विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २ सय रन बनायो । अष्ट्रेलियाका ओपनर […]

October 9, 2022

हेन्ड्रिक्स र माक्ररमको अर्धशतकमा भारतलाई प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – मध्यक्रमका ब्याटर रिजा हेन्ड्रिक्स र एडेन माक्ररमको अर्धशतकमा दक्षिण अफ्रिकाले दोस्रो ओडिआई खेलमा भारतलाई २ सय ७९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । राँचीमा टस जितेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ७८ रन बनायो । दक्षिण अफ्रिकाका लागि एडेन माक्ररमले ८९ बलमा ७ चौका र […]

October 9, 2022

सोनीको पाँच विकेटमा बागमतीको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – मध्य गतिकी बलर सोनी पाख्रिनको पाँच विकेटमा बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि ७२ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले १३.१ ओभरमा पूरा गर्यो । बागमतीको जितमा ओपनर कन्चन श्रेष्ठले ४४ बलमा १ चौकासहित सर्वाधिक २४ रन बनाइन् […]

October 9, 2022

बटलर र हेल्सको उत्कृष्ट ब्याटिङमा अष्ट्रेलियालाई विशाल लक्ष्य

एजेन्सी – ओपनर जस बटलर र एलेक्स हेल्सको उत्कृष्ट ब्याटिङमा इंग्ल्यान्डले पहिलो टि२० आई खेलमा घरेलु टोली अष्ट्रेलियालाई २ सय ९ रनको विशाल लक्ष्य दिएको छ । पर्थ स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८ रन बनायो । इंग्ल्यान्डका ओपनर एलेक्स हेल्सले ५१ बलमा १२ […]

Success

Thank you for your time.