default_image

क्रिकेट

July 11, 2025

क्याम्फरले लिए ५ बलमा ५ विकेट

एजेन्सी – आयरल्याण्डका अलराउन्डर कर्टिस क्याम्फर व्यावसायिक क्रिकेटमा ५ बलमा ५ विकेट लिने पहिलो खेलाडी बनेका छन् । उनले आयरल्याण्डमा जारी अन्तर-प्रान्तीय टि ट्वान्टी ट्रफीमा नर्थ-वेस्ट वारियर्स विरुद्ध मुन्स्टर रेड्सका लागि यो उपलब्धि हासिल गरे । उनले २.३ ओभरमा १६ रन दिएर ५ विकेट लिए । रेड्सका कप्तान क्याम्फरले आफ्नो दोस्रो र तेस्रो ओभरमा ५ […]

July 10, 2025

इङ्ग्ल्याण्डको मध्यम सुरुवात

एजेन्सी – घरेलु टोली इङ्ग्ल्याण्डले भारतविरुद्ध तेस्रो टेस्टमा मध्यम सुरुवात गरेको छ । लड्समा टस जितेर पहिले ब्याटिङ गरिरहेको इङ्ग्ल्याण्डले पहिलो दिनको खेल सकिँदा ४ विकेट गुमाएर २ सय ५१ रन बनाएको छ । घरेलु टोलीका जो रुट ९९ रन र कप्तान बेन स्टोक्स ३९ रनमा अविजित छन् । त्यसअघि ओली पोप ४४, ओपनर बेन […]

July 10, 2025

श्रीलंकासँग बंगलादेश पराजित

एजेन्सी – घरेलु टोली श्रीलंकाले पहिलो टि ट्वान्टी आईमा बंगलादेशलाई ७ पराजित गरेको छ । शजको खेल जितेपछि घरेलु टोलीले ३ टि ट्वान्टी आईको सिरिजमा १-० को अग्रता बनाएको छ । १ सय ५५ रनको लक्ष्य श्रीलंकाले १९ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । श्रीलंकाको जितमा कुशल मेन्डिसले अर्धशतकीय इनिङ खेले । कुशलले ५१ […]

July 10, 2025

सन्दीप डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका छन् । क्लोथिङ ब्राण्ड डेनिम एण्ड डेभिलका तर्फबाट सिइओ धनश्याम काफ्ले र सन्दीपले बिहीवार सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अवधी ३ वर्षको रहेको सिइओ काफ्लेले जानकारी दिए । सम्झौताको आर्थिक पाटो भने दुवै पक्षले खुलाएको […]

July 10, 2025

देसाइ काठमाडौंको मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक मोन्टी देसाइ काठमाडौं गोर्खाजको प्रशिक्षकमा नियुक्त भएका छन् । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको लागि काठमाडौंले देसाइलाई मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको आफ्नो सामाजिक संजालमार्फत जनाएको छ । एनपिएलको पहिलो संस्करणमा बसन्त शाही ठकुरी काठमाडौंको प्रमुख प्रशिक्षक थिए । काठमाडौंका नवनियुक्त मुख्य […]

July 10, 2025

एसीसी यु–१६ कप विजेता खेलाडी र प्रशिक्षकलाई नगदसहित सम्मान

सुमन अधिकारी, बुटवल लुम्बिनी प्रदेश खेलकुद परिषदले एसीसी मेन्स यु-१६ इस्टन जोन कपको विजेता नेपाली टोली दुई खेलाडी शुभम खनाल र रौनक श्रीवास्तव तथा सहायक प्रशिक्षक पुरणसिंह खत्री लाई नगदसहित सम्मान गरेको छ । परिषद्ले प्रदेश राजधानी देउखुरीमा बिहिवार कार्यक्रमको आयोजना गरि प्रति खेलाडी १ लाख र सहायक प्रशिक्षकलाई ५० हजार रुपैयाँसहित सम्मान गरेको हो […]

July 10, 2025

भारतले टस हार्यो

एजेन्सी – घरेलु टोली इङ्ग्ल्याण्डविरुद्धको तेस्रो टेस्ट खेलमा पाहुना टोली भारतले टस हारेको छ । इङ्ग्ल्याण्डमा टस जितेर घरेलु टोलीका कप्तान बेन स्टोक्सले ब्याटिङ रोजेका छन् । टस हारेको भारतले बलिङको निम्तो पाएको छ । दोस्रो टेस्टमा रहेका खेलाडीमा दुवै टोलीमा समान एक परिवर्तन भएको छ । भारतीय टोलीमा जसप्रित बुमराहले पुनरागमन गर्दा प्रसिद्ध कृष्णा […]

July 10, 2025

विश्वकप छनोट – नेपाल र कुवेत एकै समूहमा

काठमाडौं (हामो खेलकुद) – टि ट्वान्टी विश्वकप एसियाली तथा पूर्वी एसियाली क्षेत्रीय छनोटमा नेपाल र कुवेत एकै समूहमा परेका छन् । अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले बिहीवार जारी गरेको समूह विभाजनमा नेपाल र कुवेत एकै समूहमा रहेका हुन् । प्रतियोगितामा सहभागी रहने ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ । समूह बि मा नेपाल र […]

July 9, 2025

इटलीसँग स्कटल्याण्ड पराजित

एजेन्सी – आइसिसी टि ट्वान्टी विश्व कपको युरोपियन छनोटमा इटलीले स्कटल्याण्डलाई पराजित गरेको छ । नेदरल्याण्ड्समा जारी प्रतियोगितामा बुधवार इटलीले स्कटल्याण्डलाई १२ रनले हराएको छ। यो जितमा इटलीले पहिलो पटक विश्वकपमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ । स्कटल्याण्डको विश्व कप छनोट सम्भावना कमजोर बनेको छ । १ सय ६८ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले २० […]

July 9, 2025

सन्दीपको वरीयतामा सुधार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका नियमित सदस्य लेग स्पिनर सन्दीप लामिछानेको बलिङ वरीयतामा सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जारी गरेको पछिल्लो टि ट्वान्टी आईको बलिङ वरीयतामा सन्दीपले १ स्थान सुधार गरेका हुन् । सन्दीप ७४औं स्थानमा रहेका‌ छन् । अर्का स्पिनर ललित राजवंशी ५४औं स्थानमा कायमै छन् । टि […]

Success

Thank you for your time.