default_image

क्रिकेट

October 15, 2021

आइपिएल फाइनल : कोलकतालाई चेन्नईको विशाल लक्ष्य

एजेन्सी – ओपनर फाफ डु प्लेसिसको उत्कृष्ट ब्याटिङसँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को फाइनलमा कोलकता नाइट राइडर्सलाई १ सय ९३ रनको विशाल विजयी लक्ष्य दिएको छ । दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ९२ रन बनायो । चेन्नईका ओपनर फाफ डु प्लेसिसले […]

October 15, 2021

टि२० क्रिकेटमा धोनीको नयाँ कीर्तिमान

एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्रसिंह धोनीले टि२० क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन् । धोनी टि२० क्रिकेटमा ३ सय खेलमा कप्तानी गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन् । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा चेन्नई सुपर किंग्सका कप्तान धोनीले फाइनल खेलमा कोलकता नाइट राइडर्सविरुद्ध शुक्रबार ३ सय खेलमा कप्तानी गरि रहेका छन् । […]

October 15, 2021

आइपिएल फाइनल : कोलकताले टस जितेर पहिला फिल्डिङ गर्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को फाइनलमा कोलकता नाइट राइडर्सले चेन्नई सुपर किंग्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । दुबईमा कोलकता कप्तान ओईन मोर्गनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । दुबै टोलीले खेलमा खेलाडी परिवर्तन गरेका छैनन् । चेन्नई चौथो र कोलकता तेस्रो पटक च्याम्पियन बन्ने सोचका साथ मैदान उत्रनेछन् […]

October 15, 2021

विकेटकिपर विनोदको नयाँ इनिङ्स सुरु

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याटर विनोद भण्डारी विवाह बन्धनमा बाँधिएका छन् । विनोदले शुक्रबार खेलकुद पत्रकार सोनिका अर्यालसँग तनहुँमा लगनगाँठो कसेका हुन् । विनोद र सोनिकाले शुक्रबार बडा दशैंको दिन तनहुँको आँबूखैरेनी एक कार्यक्रमकाबीच लगनगाँठो कसेका हुन् । विनोद र सोनिकाको असोज ६ मा इंगेजमेन्ट गरेका थिए । विनोद र सोनिया […]

October 15, 2021

आक्रामक नारायणको आगमन

भुपेन्द्र जिसी, काठमाडौं युवा अलराउन्डर नारायण जोशी थोरै अवसरमा धेरै आशा र सम्भावना देखाएका युवा अलराउन्डर हुन् । गत साता सम्पन्न एभरेष्ट प्रिमियर लिग (इपिएल) मा ललितपुर प्याट्रीयट्सका लागि खेल्दै नारायणले नेपाली क्रिकेटमा आक्रामक ब्याटिङबाट आफूलाई चिनाए । तर नारायणको परिचय त्यतिमै सिमित छैन । नेपाल ओडिआई मान्यता भएको देश हो । तर नेपालको घरेलु […]

October 15, 2021

आइपिएल उपाधिका लागि चेन्नई र कोलकता भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को फाइनलमा कोलकता नाइट राइडर्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७:४५ मा दुबईमा सुरु हुनेछ । चेन्नई चौथो र कोलकता तेस्रो पटक च्याम्पियन बन्ने सोचका साथ मैदान उत्रनेछन् । चेन्नईको महेन्द्रसिंह धोनी र कोलकता ओईन मोर्गनले कप्तानी गर्नेछन् । विश्वकप च्याम्पियन […]

October 13, 2021

दिल्लीमाथि रोमान्चक जितसँगै कोलकता फाइनलमा

एजेन्सी – कोलकता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्समाथि ३ विकेटको रोमान्चक जित निकाल्दै फाइनलमा पुगेको छ । दुई पटकको च्याम्पियन कोलकताले बुधबार दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्समाथि रोमान्चक जितका साथ तेस्रो पटक आइपिएलको फाइनलमा स्थान बनाएको हो । कोलकतालाई अन्तिम ६ बलमा ७ रन आवश्यक परेको थियो । स्पिनर […]

October 13, 2021

आइपिएल फाइनलमा पुग्न दिल्ली र कोलकता भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को दोस्रो क्वालिफायरमा आज दिल्ली क्यापिटल्स र कोलकता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार ७:४५ मा शारजाहमा सुरु हुनेछ । दिल्ली पहिलो क्वालिफायरमा चेन्नई सुपर किंग्स ४ विकेटले पराजित हुन पुगेको थियो । कोलकताले एलिमिनेटर खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ४ विकेटले पराजित गर्दै क्वालिफायरमा स्थान […]

October 13, 2021

पारस, ज्ञानेन्द्रसहित ५ जनाले क्रिकेट एकेडेमी ल्याउँदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कासहित ५ जनाले खोल्ने क्रिकेट एकेडेमीको नाम क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) रहने भएको छ । गत साउनमा नेपाली क्रिकेट टोलीबाट सन्न्यास लिएका पारसले मंगलबार एकेडेमीको नाम र लोगो सार्वजनिक गरेका छन् । पारससँगै कप्तान ज्ञानेन्द्र मल्ल, नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रिय सदस्य छुम्बी लामा तथा पूर्व खेलाडी प्रफुल्ल […]

October 11, 2021

नारायणको अलराउन्ड प्रदर्शनसँगै कोलकाता क्वालिफायरमा

एजेन्सी – वेस्टइन्डिजका सुनिल नारायणको सानदार प्रदर्शनमा कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायरमा स्थान बनाउन सफल भएको छ । सोमबार भएको एलिमिनेटरमा रोयल च्यालेन्जर्स बेंगलोरमाथि ४ विकेटको जित हासिल गर्दै कोलकाताले लिगको दोस्रो भागको उच्च लयलाई निरन्तरता दिएको हो । बेंगलोरले प्रस्तुत गरेको १ सय ३९ रनको लक्ष्य कोलकाताले २ बल बाँकी रहँदै पूरा गर्न सफल […]

Success

Thank you for your time.