default_image

क्रिकेट

May 1, 2021

चेन्नईको सानदार ब्याटिङमा मुम्बईलाई विशाल लक्ष्य

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई २ सय १९ रनको विशाल लक्ष्य दिएको छ । अरुण जेटली स्टेडियम दिल्लीमा टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १८ रन बनायो । उत्कृष्ट अन्त्य गर्नेक्रममा चेन्नईका मध्यक्रमका ब्याट्सम्यान अम्बाती रायुडूले विष्फोटक इनिङ खेल्दै […]

May 1, 2021

पाकिस्तान फराकिलो इनिङ अन्तरले विजयी

एजेन्सी – तीव्र गतिका बलर हसन अलीको उत्कृष्ट बलिङ र मध्यक्रमका ब्याट्सम्यान फवाद आलमको सानदार शतकमा जिम्बावेसँगको पहिलो टेष्ट खेलमा पाकिस्तान १ सय १६ रनको फराकिलो इनिङ अन्तरले विजयी भएको छ । पहिलो इनिङमा २ सय ५० रनले पछि परेको जिम्बावे दोस्रो इनिङमा ४६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भएपछि पाकिस्तान फराकिलो इनिङ […]

May 1, 2021

आइपिएल क्लासिको : मुम्बई टस जितेर फिल्डिङमा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सविरुद्ध पहिला बलिङ गर्ने भएको छ । अरुण जेटली स्टेडियम दिल्लीमा मुम्बईका कप्तान रोहित शर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । मुम्बईले टोलीमा दुई परिवर्तन गरेको छ । न्युजिल्यान्डका अलराउन्डर जेम्स निशमले मुम्बईको लागि डेब्यू गरेका छन् । त्यस्तै धवल […]

May 1, 2021

वार्नरलाई हटाउँदै विलियम्सनलाई कप्तानको जिम्मेवारी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को बाँकी खेलमा सनराइजर्स हैदराबादको कप्तानी न्युजिल्यान्डका कप्तान केन विलियम्सनले गर्ने भएका छन् । अष्ट्रेलिया ओपनर डेविड वार्नरलाई नेतृत्वबाट हटाउँदै हैदराबादले विलियम्सनलाई कप्तानी दिएको जानकारी गराएको छ । सुरुवाती ६ खेलमा हैदराबाद १ मा जित र ५ मा हार सहित पुछारमा रहेपछि आइतबार राजस्थान रोयल्ससँग खेल्नुअघि कप्तान परिवर्तन […]

May 1, 2021

आइपिएल क्लासिको : सर्वाधिक सफल टिम र कप्तानबीचको भिडन्त

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा आज सर्वाधिक दुई सफल टोली मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७:४५ मा दिल्लीमा सुरु हुनेछ । महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई मुम्बईलाई हराउँदै १२ अंकका साथ शीर्षस्थानमा कायमै रहन चाहन्छ । रोहित शर्माको कप्तानीमा रहेको मुम्बई इन्डियन्स चेन्नईलाई […]

April 30, 2021

हरप्रीतको प्रभावशाली प्रदर्शनमा बेंगलोरमाथि पन्जाबको जित

एजेन्सी – युवा अलराउन्डर हरप्रीत ब्रारको प्रभावशाली अलराउन्ड प्रदर्शनमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरलाई ३४ रनले पराजित गरेको छ । जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४५ रन बनायो । बेंगलोरका कप्तान विराट कोहलीले सर्वाधिक ३५ रन बनाए […]

April 30, 2021

राहुलको उत्कृष्ट ब्याटिङमा बेंगलोरलाई बलियो लक्ष्य

एजेन्सी – कप्तान लोकेश राहुलको उत्कृष्ट ब्याटिङमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को २६ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई १ सय ८० रनको बलियो लक्ष्य दिएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७९ रन बनायो । पन्जाबका कप्तान लोकेश राहुल […]

April 30, 2021

गौतम बुद्ध रंगशाला निर्माण नरोकिने

काठमाडौं (हाम्रो खेलकुद) – धुर्मुस सुन्तली फाउन्डेसनको पहलमा चितवन भरतपुरको शान्तिपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य कोरोना महामारीको दोस्रो चरणमा पनि जारी रहने भएको छ । नेपाल र भारत सहित विश्वका विभिन्न देशमा दोस्रो चरणको कोरोना तीव्र रुपमा फैलिएको छ । नेपालका विभिन्न जिल्लाहरुमा लकडाउन भई सकेको छ रंगशाला निर्माण कार्य […]

April 30, 2021

बेंगलोरविरुद्ध पन्जाबमा तीन परिवर्तन

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को २६ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले पन्जाब किंग्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा बेंगलोरका कप्तान विराट कोहलीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । पन्जाबले टोलीमा तीन परिवर्तन गरेको छ । ओपनर मयंक अग्रवाल, अर्शदीप सिंह र हेनरिक्स मोइजेस आजको […]

April 30, 2021

नेपाली क्रिकेटका सम्पूर्ण प्रतियोगिताहरु स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा देखिएको दोस्रो चरणको कोरोना महामारीसँगै राष्ट्रिय तथा उमेर समूहले खेल्ने सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता अनिश्चित समयको लागि स्थगित भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले कोरोना माहामारीको कारण एक प्रेस विज्ञप्ति जारी गर्दै प्रस्तावित राष्ट्रिय प्रतियोगिता, जिल्ला तथा प्रदेश छनोट तथा द्धिपक्ष्य तथा त्रिकोणात्मक अन्तर्राष्ट्रिय सिरिज स्थगित भएको […]

Success

Thank you for your time.