December 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को उपाधि होडको सम्भावनालाई जीवित राख्न ललितपुर सिटी एफसी र काठमाडौं रेजर्सबीच आज (मंगलबार) प्रतिस्पर्धा हुँदैछ। खेल दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुनेछ ।ललितपुर अंक तालिकाको तेस्रो र साविक विजेता काठमाडौं चौथो हुँदै प्लेअफमा पुगेको थियो । पहिलो चरणको अन्तिम खेलमा ललितपुरलाई नै १-० ले हराएर […]
December 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – पोखरा थन्डर्सलाई टाइब्रेकरमा ४-३ हराउँदै धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा पुगेको छ । निर्धारित ९० र थप ३० मिनेटमा २-२ को बराबरीपछिको पेनाल्टीमामा धनगढीले बाजी मारेको हो । धनगढी पहिलो संस्करणमा पनि पहिलो क्वालिफायरबाटै फाइनल पुग्न सफल भएको थियो। धनगढी एफसी दोस्रो संस्करणको एनएसएलको फाइनल प्रवेश गर्ने पहिलो […]
December 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – पोखरा थन्डर्स र धनगढीबीच दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को पहिलो क्वालिफायर पेनाल्टीमा गएको छ । लिग तालिकामा शीर्ष स्थानमा रहँदै प्लेअफमा आफ्नो स्थान बनाएको पोखराले क्वालिफायर १ मा साविक उपविजेता धनगढी एफसीबीचको खेल २-२ को बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा गएको थियो। दशरथ रंगशालामा भएको खेलको निर्धारित ९० मिनेटमा १-१ […]
December 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल ) मा पोखरा थन्डर्स र धनगढी एफसी बीच सोमबार जारी पहिलो क्वालिफायर खेल अतिरिक्त समयमा धकेलिएको छ । निर्धारित ९० मिनेटको समयमा दुबै टोलीले १-१ को बराबरी खेलेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा लम्बिएको छ । पहिलो हाफमा पोखराले खेलमा आफ्नो पकड बनाउँदै खेलमा अग्रता लिएको थियो […]
December 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नेपाल सुपर लिग( एनएसएल) को क्वालिफायरमा सोमबार पोखरा थन्डर्सले धनगढी एफसी विरुद्ध मध्यन्तरसम्म १-० को अग्रता बनाएको छ । मार्की खेलाडी आयुष घलानको गोलमा पोखराले अग्रता लिएको हो । खेलको सुरुवाती समयदेखि नै पोखराले खेलमा आक्रमण बुनिरहेको थियो । सुरुवातमै अग्रता पनि लियो । तर पहिलो हाफको मध्यान्तारसम्म पुग्दा […]
December 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा अब ४ खेल बाँकी रहेका छन् । त्यसमध्येको पहिलो क्वालिफायरमा आज (सोमबार) पोखरा थन्डर्स र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । ८ खेलको लिग चरणमा पोखरा शीर्ष स्थान र धनगढी दोस्रो स्थानमा रहँदै क्वालिफायरमा पुगेका थिए । ललितपुरले काठमाडौं विरुद्ध लिगको अन्तिम खेलमा जित हासिल […]
December 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता काठमाडौं रेजर्स नेपाल सुपर लिग २ को प्लेअफमा प्रवेश गरेको छ । दशरथ रंगशालामा शानिबार भएको लिग चरणको अन्तिम खेलमा ललितपुर सिटीलाई १-० ले हराउँदै काठमाडौं तेस्रो स्थानमा रहेर प्लेअफमा स्थान पक्का गरेको हो । यस हारले ललितपुर भने चौथो स्थानमा रहेर प्लेअफ पुगेको छ । झापा भने यस […]
December 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नेपाल सुपर लिग अन्तर्गत लिग चरणको पहिलो खेलमा काठमाडौं रेजर्सले ललितपुर सिटी एफसी विरुद्ध मध्यान्तर सम्म १-० को अग्रता बनाएको छ । प्लेअफमा आफ्नो स्थान बनाउन आज जित्नै पर्ने दवावमा रहेको काठमाडौंका लागि आन्द्रेस नियाले गोल गरेका हुन् । सुरुवाती समयदेखि निकै आक्रामक देखिएको काठमाडौंले पहिलो हाफको इन्ज्युरी समयमा […]
December 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत बुटवल लुम्बिनी फुटबल क्लबले अन्तिम खेलमा वीरगन्ज युनाइटेड फुटबल क्लबलाई हराएको छ । बुटवलले १-० को जित दर्ता गर्दा ललितपुर सिटी एफसी भने प्लेअफमा छनोट भएको छ । बुटवलका लागि चन्दन दासले खेलको अन्तिम समयमा गरेको गोल नै निर्णायक सावित भयो । वीरगन्ज युनाइटेडलाई प्लेअफमा पुग्न […]
December 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – वीरगन्ज युनाइटेड एफसी र पुछारमा रहेको बुटवल लुम्बिनी एफसीबीच जारी नेपाल सुपर लिगको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । प्लेअफमा पुग्नका लागि जित्नै पर्ने खेलमा वीरगन्जले पटक पटक पाएको अवसर सदुपयोग गर्न सकेको छैन । बुटवलले भने निकै कम आक्रमणको अवसर सिर्जना गरेको छ । १०औं मिनेटमा बुटवलका जिलेस्पी […]