default_image

नेपाल सुपर लिग

May 10, 2021

संकटमोचक तामाङ

प्रकाश तिमल्सिना, काठमाडौं देशको पहिलो फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) आयोजना हुने खबर सुन्दा पूर्व राष्ट्रिय खेलाडी राजु तामाङ खुसी भए । उनलाई आशा लाग्यो व्यवासायिक फुटबलमा एउटा नयाँ प्रयोग सफल भए त्यसले देशकै फुटबललाई फाइदा गर्नेछ । तर, उनी आफैंले एनएसएलका सहभागी कुनै टोलीमा आबद्ध हुने कल्पना पनि गरेका थिएनन् । सक्रिय खेल […]

May 9, 2021

एनएसएलमा ५० गोल पुरा

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा ५० गोल पुरा भएको छ । एफसी चितवनका राजीव लोप्चनले काठमाडौं रेजर्सविरुद्ध गोल गरेपछि लिगमा ५० गोल पुरा भएको हो । लिगमा राजीवको यो पहिलो गोल हो । एनएसएलको लिग चरणको खेल सकिदा लिगमा हालसम्म ३२ खेलाडीले गोल गर्दा सर्वाधिक गोलकर्ताको सुचीमा काठमाडौं […]

May 9, 2021

पहिलो हाफमा चितवनविरुद्ध काठमाडौंको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं रेजर्सले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवनविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा काठमाडौंले चितवनविरुद्ध २–१ को अग्रता लिएको हो । काठमाडौंका मेसौके ओलुमोउ र सन्जोक राईले गोल गर्दा चितवनका राजीज लोप्चनले एक गोल फर्काएका छन् । खेलको १६औं मिनेटमा मेसौके ओलुमोउले […]

May 9, 2021

पुछारको चितवनले काठमाडौंको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – खुकुरी नेपाल सुपर लिग (एनएसएल) को लिग चरणको अन्तिम खेलमा आज आइतबार पुछारमा रहेको एफसी चितवनले शीर्ष दुईमा स्थान पक्का गरेको काठमाडौं रेजर्सको सामना गर्दैछ । खेल त्रिपरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजेपछि हुनेछ । लिगमा एक खेलमा पनि जित निकाल्न नसकेको चितवन काठमाडौंलाई हराउँदै लिगबाट सुखद बिदाई लिन चाहन्छ । […]

May 8, 2021

पूर्वको फुटबल संस्कारमै धक्का

काठमाडौं – नेपाली फुटबलमा पूर्व क्षेत्रलाई उर्वर भूमि मानिन्छ । खेलाडी होस् या प्रशिक्षक, अझैपनि पूर्वबाट आएको भनेपछि फुटबलको संस्कार राम्रै रहेको पहिलो छाप बस्छ । नेपाल सुपर लिगमा पनि पूर्व क्षेत्रको प्रतिनिधित्व पक्कै आवश्यक थियो, र त्यो विराटनगर सिटी फुटबल क्लबले गरेको थियो । यहाँसम्म की क्लबका प्रमुख कार्यकारी अधिकृत सुभाशिष कोइरालाले मार्की खेलाडी सार्वजानिक […]

May 8, 2021

धनगढीलाई हराउँदै बुटवल लुम्विनी प्ले अफमा, पोखरा बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – प्ले अफमा स्थान पक्का गरिसकेको धनगढी एफसीलाई पराजित गर्दै बुटवल लुम्विनीले शीर्ष चारमा स्थान पक्का गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा सुमन लामाले दोस्रो हाफमा गरेको गोल नै बुटवल लुम्विनीको जितमा निर्णायक बन्यो । उनले खेल सकिन १० मिनेट बाँकी रहँदा गोल गरेका थिए । १४औं मिनेटमा अभिषेक […]

May 8, 2021

पहिलो हाफ – धनगढी र बुटवल लुम्विनीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – धनगढी एफसी र बुटवल लुम्विनी एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा पहिलो हाफमा बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा दुवै टोलीले गोलका केही मौका सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । १४औं मिनेटमा अभिषेक रिजालको ओभरहेड किकलाई गोलरक्षक किरण चेम्जोङले डाइड […]

May 8, 2021

तनावपुर्ण खेलमा विराटनगरलाई हराउँदै ललितपुर प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद) – तनावपुर्ण बनेको खेलमा विराटनगर सिटी एफसीलाई पराजित गर्दै ललितपुर सिटी एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा प्ले अफमा स्थान पक्का गरेको छ । कप्तान तथा मार्की खेलाडी अन्जन विष्टले दुई तथा बिमल राना र नुर्लान नोभ्रुजोभ जाहिदले समान एक गोल गरेपछि ललितपुरले विराटनगरलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो […]

May 8, 2021

विराटनगरविरुद्ध ललितपुरको दोब्बर अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर सिटी एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा विराटनगर सिटी एफसीविरुद्ध दोस्रो हाफमा अग्रता दोब्बर पारेको छ । मार्की खेलाडी तथा कप्तान अन्जन विष्टले पहिलो हाफमा तथा सब्सिच्युट बिमल रानाले दोस्रो हाफमा गोल गर्दै ललितपुरको अग्रता दोब्बर पारेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलकोसातौ मिनेटमा कमल श्रेष्ठको फ्रिकिकमा […]

May 8, 2021

अन्जनको गोलमा पहिलो हाफमा ललितपुरको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – मार्की खेलाडी तथा कप्तान अन्जन विष्टको गोलमा ललितपुर सिटी एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा विराटनगर सिटी एफसीविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलको ३६औं मिनेटमा अन्जनले गोल गर्दै ललितपुरलाई १–० को अग्रता दिलाएका हुन् ।सातौ मिनेटमा कमल श्रेष्ठको फ्रिकिकमा भिलिम पोसिन्कोभिकको वान टच […]

Success

Thank you for your time.