default_image

फुटबल

May 14, 2019

एन्फा बैठक आज- को बन्ला एन्फा वरिष्ठ उपाध्यक्ष ?

काठमाडौं (हाम्रो खेलकुद)– वरिष्ठ उपाध्यक्ष चयनको विषयले अखिल नेपाल फुटबल संघ (एन्फा) को आज बस्न लागेको केन्द्रिय कार्यसमिति बैठकमा आज टुंगाउने सम्भावना देखिएको छ । एन्फा बैठक पार्क भिलेजमा बस्दैछ । कार्यसमिति निर्वाचित भएको १ वर्ष नाघिसक्दा पनि एन्फाले वरिष्ठ उपाध्यक्षको टुंगो लगाउन सकेको छैन । एन्फा कार्यसमितिको निर्वाचन गत वर्ष वैशाख २२ गते भएको […]

May 14, 2019

मिनेर्भा पन्जाबको प्रशिक्षण (फोटोफिचर)

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी कप अन्तर्गत समूह चरणको चौथो खेलमा बुधबार मनाङ मर्स्याङदी क्लबले भारतको आईलिग च्याम्पियन मिनेर्भा पन्जाब फुटबल क्लबको सामना गर्दैछ । समूह चरणका तीनै खेल बराबरीमा रोकिएको मिनेर्भा सोमबार नेपाल आइपुगेको हो । टोलीले आएकै दिन सामान्य प्रशिक्षण गरेको थियो । बुधबार विहान आफ्नो औपचारिक प्रशिक्षण गरेको मिनेर्भा प्रतियोगितामा पहिलो जितको खोजीमा छ । […]

May 14, 2019

किरण र विमलले मैत्रीपूर्ण खेल्ने सम्भावना कम !

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ र फरवार्ड विमल घर्तिमगरले अर्को महिना हुने दुई मैत्रीपूर्ण खेल खेल्ने सम्भावना कम देखिएको छ । नेपाली टोलीले जेठ १९ गते मलेसिया र जेठ २३ गते चाइनिज ताइपेसँग मैत्रीपूर्ण खेल्ने तय भएको छ । तर, किरण र विमल भने अर्को साता क्लब ड्यूटीका लागि माल्दिभ्स […]

May 14, 2019

सिटीलाई च्याम्पियन्स लिगमा प्रतिबन्ध हुनसक्ने

एजेन्सी – युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीमाथि आर्थिक नियमावलीमा अनियमितता गरेको आरोपमा अनुसन्धान गर्ने भएको छ । न्यूयोर्क टाईम्सले जारी गरेको रिपोर्टका अनुसार सिटीले अनियमितता गरेको प्रमाणित भए क्लबले एक वर्ष प्रतिबन्ध भोग्ने सम्भावना रहेको छ । यूईएफएको अनुसन्धान विभागले यसै साताको अन्त्यसम्म निर्णय सार्वजनिक गर्ने बुझिएको छ । सिटीले […]

May 14, 2019

नाभासलाई क्लब छाड्न रियलको सुझाव

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले गोलरक्षक केलर नाभासलाई क्लब छाड्न सुझाव दिएको छ । प्रशिक्षक जिनेदिन जिदानले थिबाउट कोर्टुवालाई आफ्नो पहिलो रोजाईको गोलरक्षकका रुपमा चुनेपछि नाभासलाई क्लब व्यवस्थापनले विकल्प रोज्न भनेको हो । जनवरीमा मात्र नयाँ सम्झौता हस्ताक्षर गरेका नाभासले खेल्न नपाउने भएपछि अन्यत्र नै आफ्नो भविष्य खोज्न क्लबले सुझाव दिएको हो । जिदानले […]

May 14, 2019

‘खुसीसाथ बार्सिलोना जाँदैछु’ – फ्रान्की

एजेन्सी – आयाक्सका मिडफिल्डर फ्रान्की डे जोङले सिजनको अन्त्यसँगै नयाँ क्लब बार्सिलोना जाँदा आफू खुसी रहेको बताए । आइतबार डच लिग अन्तर्गत सिजनको अन्तिम खेलमा उट्रेक्टविरुद्ध ४-१ को जित दर्ता गर्दै आयाक्सले लिग उपाधि लगभग पक्का गर्यो । घरेलु मैदान योहान क्राएफ एरिनामा उत्कृष्ट जित दर्ता गरेपछि फ्रान्कीले आयाक्समा सुखद अन्त्य गरेका छन् । च्याम्पियन्स […]

May 14, 2019

‘युभेन्ट्सले इस्को लिनुपर्छ’- पिर्लो

रोम (एजेन्सी)– युभेन्ट्सका पूर्व मिडफिल्डर आन्द्रे पिर्लोले टोलीमा रियल म्याड्रिडका इस्को जस्तो खेलाडीको आवश्यकता रहेको बताएका छन् । उनले क्रिस्टियानो रोनाल्डोलाई बढी भन्दा बढी बल निकाल्दिनका लागि इस्को जस्तो खेलाडी आवश्यक पर्नेमा जोड दिएका छन् । च्याम्पियन्स लिग जित्ने लक्ष्यसहित युभेन्ट्सले यहि सिजनको सुरुवातमा रोनाल्डोलाई रियलबाट लिएको थियो । तर, टोलीले यसपटक टोलीले च्याम्पियन्स लिगमा […]

May 13, 2019

‘नेपालको मुख्य प्रतिस्पर्धा भारतसँग हो’- प्रशिक्षक खड्का

भानु अधिकारी सुर्खेत – नेपाली महिला टोलीको मुख्य लक्ष्य भनेको साफ च्याम्पियनसिपको उपाधि जित्नु रहेको टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बताएका छन् । खड्काको प्रशिक्षणमा रहेको नेपाली टोली गत महिना साफ च्याम्पियनसिपमा उप विजेता बनेको थियो । पाँचौं संस्करणसम्म आइपुग्दा नेपाल अहिले सम्म च्याम्पियन बन्न सकेको छैन । चार पटक उपविजेता र एक पटक समूह […]

May 13, 2019

संकटा भरतपुर गोल्ड कपको सेमिफाइनलमा

भरतपुर (हाम्रो खेलकुद)– सिएमजी क्लब संकटा चितवनमा जारी सिएमएस भरतपुर गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । अर्को ए डिभिजन क्लब जावलाखेल युथ क्लबलाई सोमबार पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै संकटा अन्तिम चारमा पुगेको हो । यी दुई टोलीबीचको खेलको निर्धारित समय गोलरहित बराबरीमा टुंगिएको थियो । फाइनल प्रवेशका लागि अब संकटाले घरेलु […]

May 13, 2019

विश्राम, रिकभरी र खेलाडीको स्वास्थ्य

आविष्कार पुडासैनी, फिजियोथेरापिस्ट (रुस्लान थ्री स्टार क्लब) नेपाली फुटबलको वर्तमान स्थिति हेर्ने हो भने क्लबहरु प्रतियोगितामा सहभागिता जनाउन मात्र भएपनि रात-दिन नभन्दै पूर्व-पश्चिम बसयात्रा गरिरहेका भेटिन्छन् । यसमा राष्ट्रिय टोलीका खेलाडीको बाहुल्यता रहेका ए डिभिजन क्लब आयोजकहरुको रोजाईमा पर्ने नै भए । औपचारिक प्रतियोगिता नभएको अवस्थामा क्लबहरुले आर्थिक स्थिति सबल बनाउन सहभागिता जनाउनुको विकल्प रहन्न […]

Success

Thank you for your time.