default_image

फुटबल

August 22, 2025

नेपालले भुटानलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले साफ यु-१७ महिला च्याम्पियनसिपमा उत्कृष्ट कमब्याक गर्दै भुटानलाई २-१ ले हराएको छ। दोस्रो खेलमा नेपालको यो पहिलो जित हो।‌ भुटानको थिम्पुमा भएको खेलमा भुटानले पहिले अग्रता बनायो। घरेलु टोलीले नेपाल विरुद्ध ४२ औं मिनेटमा अग्रता बनायो। क्युनडेन सोनामले गोल गरिन्। पहिलो हाफमा भुटानले १-० को अग्रता कायम गर्यो। त्यसपछि खेलको ५८ […]

August 22, 2025

साम्बा र कृषि विकासबीच ब्राण्ड एम्बेसडर सम्झौता नविकरण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ र कृषि विकास बैंक लिमिटेडबीच ब्राण्ड एम्बेसडरको लागि सम्झौता नविकरण भएको छ । कृषि विकास बैंकले गत वर्ष नै साम्बालाई बैंकको ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको थियो । बैंकले आज एक कार्यक्रममाझ आगामी वर्षका लागि पनि साम्बासँगको सम्झौता नविकरण गरेको हो । सम्झौता रकम […]

August 20, 2025

एन्फाले पूर्व उपाध्यक्ष थापासँग स्पष्टीकरण माग्यो

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले पूर्व उपाध्यक्ष कृष्ण थापालाई स्पष्टीकरण मागेको छ। हाम्रो खेलकुदको साप्ताहिक पोडकास्ट हाम्रो खेलकास्टमा दिएको अभिव्यक्तिको एउटा प्रसंगका आधारमा एन्फाले राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी एवम् प्रशिक्षक थापालाई सोमवार स्पष्टीकरण सोधेको हो । महिला फुटबल टोलीको कप्तानको विवादका विषयमा नेतृत्व भूमिकालाई थापाले भनेका थिए, ‘ राष्ट्रको इज्जत […]

August 20, 2025

एमबाप्पेको गोलमा रियलको विजयी सुरुवात

एजेन्सी– रियल मड्रिडले जितबाट ला लिगाको नयाँ सिजनको सुरुवात गरेको छ। मंगलवार भएको आफ्नो पहिलो खेलमा रियलले ओसासुनालाई १-० ले पराजित गरेको छ। केलियन एम्बाप्पेले ५१औँ मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै खेलको निर्णायक बन्यो। दायाँ विंगबाट बल अघि बढाएका एमबाप्पेलाई ओसासुनाका डिफेन्डरले फाउल गरेपछि रियलले पेनाल्टी प्राप्त गर्यो। खेलमा रियलको पूर्ण नियन्त्रण भएपनि थप गोल […]

August 19, 2025

अल नासर साउदी सुपर कपको फाइनलमा

एजेन्सी – अल नासर साउदी सुपर कपको फाइनलमा पुगेको छ। अल इत्तिहादलाई २-१ ले हराउँदै अल नासरले अन्तिम दुईको यात्रा पक्का गरेको छ। हङकङ स्टेडियममा भएको खेलमा लामो समय १० खेलाडीमा सीमित रहँदा पनि अल नासरले शानदार प्रदर्शन गर्‍यो। खेलको सुरुवात नै रोमाञ्चक रह्यो। १० औं मिनेटमा साडियो मानेले गोल गर्दै अल नासरलाई अग्रता दिलाए। […]

August 19, 2025

मेस्सीसहितको‌ अर्जेन्टिना टोलीको‌ घोषणा

एजेन्सी – अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी भेनेजुएला र इक्वेडरविरुद्धको अन्तिम विश्वकप छनोट खेलका लागि राष्ट्रिय टोलीमा फर्किएका छन्। इन्टर मियामीमा खेल्दा चोट लागेपछि मेस्सी केही समय मैदान बाहिर थिए। अहिले उनी पुनः फिट छन् र एलए ग्यालेक्सीमाथि ३-१ को जितमा गोल र असिस्ट गर्दै शानदार पुनरागमन गरेका छन्। अर्जेन्टिना २०२६ विश्व कपको लागि पहिले नै […]

August 19, 2025

सान्तोसको लज्जास्पद हारपछि नेयमार रुँदै मैदान बाहिरए

एजेन्सी – ब्राजिलियन सिरि ‘ए’ मा सान्तोसले घरेलु मैदानमा भास्को दा गामासँग ६-० को लज्जास्पद हार बेहोरेको छ। यो नेयमारको करियरकै सबैभन्दा ठूलो हार हो। हारपछि उनी रुँदै मैदानबाट बाहिरिए। यो सिरि ‘ए’ मा सान्तोसले घरेलु मैदानमा पहिलो पटक ६ गोल खाएको खेल हो। क्लबका मुख्य प्रशिक्षक क्लेबेर जेभियरलाई खेल सकिएको केही घण्टामै बर्खास्त गरिएको […]

August 18, 2025

आर्सनलसँग म्यानचेस्टर युनाइटेडको हार

एजेन्सी – आर्सनलले प्रिमियर लिगमा आइतवार म्यान्चेस्टर युनाइटेडलाई १-० ले हराएको छ । ओल्ड ट्राफोर्डमा रिकार्डो कालाफियोरीको हेड गोल नै खेलको निर्णायक बन्यो। कर्नरबाट गरेको उत्कृष्ट प्रदर्शन आर्सनलले नयाँ सिजनको पहिलो कर्नरमै गोल गरेर जित निकालेको हो। खेलको १३ औं मिनेटमा कालाफियोरीले गोल गर्दै टोलीलाई अग्रता दिलाए । युनाइटेडका गोलकिपर आलताय बायिन्दिरको त्रुटिपूर्ण बचाउ पनि […]

August 17, 2025

बागमती फुटबल एकेडेमीका लागि खेलाडी छनोट सुरु

रविन्द्र वाईबा, बागमती मकवानपुरको बागमती गाउँपालिकाले फुटबल एकेडेमी सञ्चालनको लागि खेलाडी छनोट आइतवार सुरु गरेको छ। वडा नं ४ स्थित सहिद स्मृति रंगशालामा छनोटको पहिलो दिन वडा नं ४ र ५ खेलाडी सहभागी भएका थिए।‌ भदौ ८ गतेसम्ममा सबै वडाको खेलाडी छनोट गरिने बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले बताए। सबै वडामा छनोट पश्चात् अन्तिम चरण […]

August 17, 2025

साफ यु-१७ खेल्ने महिला टोलीको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यु-१७ महिला च्याम्पियनसिपमा भाग लिन जाने नेपाली टोलीको आज बिदाइ गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फा पदाधिकारीले नेपाली युवा टोलीको बिदाइ गरे। प्रतियोगिता अगस्ट २० देखि ३१ (भदौ ४ देखि १५ गते) सम्म भुटानमा हुनेछ। प्रतियोगितामा दक्षिण एसियाका चार राष्ट्र नेपाल, भुटान, बंगलादेश र भारतले […]

Success

Thank you for your time.