default_image

फुटबल

February 8, 2022

बायर्नका डिफेन्डर डर्टमुन्डमा अनुबन्धित

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमुन्डले लिग लिडर बायर्न म्युनिखका डिफेन्डर निकोलस सुललाई अनुबन्धित गरेको छ । डर्टमुन्डले प्रतिद्धन्द्धी क्लब बायर्न म्युनिखबाट डिफेन्डर सुललाई फ्रि ट्रान्सफरमा अनुबन्ध गर्न सफल भएको हो । अब २६ वर्षीय सुल सन् २०२२ को समर ट्रान्सफरपछि डर्टमुन्डमा आबद्ध हुनेछ । सुल सन् २०१७ मा जर्मन क्लब होफेनहाइनबाट बायर्न म्युनिख पुगेका […]

February 8, 2022

माने र सलाह काफको बेस्ट ११ मा

एजेन्सी – इंग्लिस क्लब लिभरपुलका स्टार फरवार्डद्धय साडियो माने र मोहम्मद सलाह अफ्रिका कप अफ नेसन्स (काफ) को बेस्ट ११ मा परेका छन् । आइतबार राति मोहम्मद सलाहको इजिप्टलाई टाइब्रेकरमा ४–२ ले हराउँदै साडियो मानेको सेनेगल पहिलोपटक अफ्रिका महादेशको च्याम्पियन बनेको थियो । च्याम्पियन सेनेगलबाट मानेसँगै गोलरक्षक इडुआर्ड मेन्डी, लेफ्टब्याक सालिउ सिस र मिडफिल्डर नामपालिस […]

February 8, 2022

बेलायत र आयरल्यान्डले २०३० को बिश्वकप आयोजनामा दावी नगर्ने

एजेन्सी – बेलायत र रिपब्लिक अफ आयरल्याण्ड सन् २०३० को विश्वकप आयोजनाको दौडबाट पछि हटेको छ । अब यि दुई राष्ट्रले विश्वकपको सट्टा संयुक्त रुपमा सन् २०२८ को युरो कप आयोजनामा दावी गर्ने मनासय बनाएका छन् । यसअघि पाँच देश मिलेर सन् २०३० को विश्वकपका लागि दावी गर्ने जनाएका थिए । तर अहिले इंग्ल्याण्ड, उत्तरी […]

February 8, 2022

भेट्रान बुफोनको ‘क्लिन सिट’ मा कीर्तिमान

एजेन्सी – भेट्रान इटालियन गोलरक्षक जियानलुइजी बुफोनले ‘क्लिन सिट’ मा नयाँ कीर्तिमान बनाएका छन् । उनी व्यावसायिक खेल करिअरमा ५ सय खेलमा क्लिन सिट राख्ने पहिलो गोलरक्षक बनेका हुन् । ४४ वर्षीय बुफोनले इटालियन सिरी ‘बी’ मा पार्माबाट खेल्दा बेनेभेन्टोसँग गोलरहित बराबरी खेलेको खेलमा आफ्नो ५ सयौं क्लिन सिटको कीर्तिमान बनाएका हुन् । बेनेभेन्टोसँग गोलरहित […]

February 7, 2022

ड्यानी आल्भेस – असिस्ट, गोल र रातो कार्ड

एजेन्सी – ब्राजिली भेट्रान डिफेन्डर ड्यानी आल्भेसमा विशेष चरित्र छ । जो सबैभन्दा राम्रो र उत्तिकै खराब गर्न पनि माहिर छन् । बार्सिलोना र एट्लेटिको म्याड्रिडबीचको आइतबार राति भएको खेलमा के भयो त्यसले आल्भेसको त्यही कुरालाई प्रमाणित गर्दछ । ब्राजिलियन राइट ब्याक आफ्नो ३८ वर्षको उमेरको बावजुत यस संक्रमणकालीन अवधिमा टोलीलाई मद्दत गर्न यसै विन्टरमा […]

February 7, 2022

उपचार सकेर सावित्रा भोली स्वदेश फर्कदै

काठमाडौं (हाम्रो खेलकुद)– कतारमा घुँडाको शल्यक्रिया र त्यसपछिको उपचारका विभिन्न चरण पूरा गर्दै राष्ट्रिय महिला फुटबल टोली तथा एपिएफकी फरवार्ड सावित्रा भण्डारी साम्बा मंगलबार स्वदेश फर्कन लागेकी छन् । ७ महिना भन्दा लामो समयपछि उनी स्वदेश फर्कन लागेकी हुन् । उपचारका लागि उनी असार १२ गते कतार गएकी थिइन् । सावित्राको असार ३१ गते कतारको […]

February 7, 2022

लज्जास्पद हार बेहोर्दै लेस्टर बाहिरियो

एजेन्सी – च्याम्पियनसिप टोली नटिङघम फरेस्टसँग लज्जास्पद हार बेहोर्दैसाविक विजेता तथा प्रिमियर लिग क्लब लेस्टर सिटी एफए कपको चौथो चरणबाटै बाहिरिएको छ । घरेलु टोली नटिङघम फरेस्टसँग ४–१ को लज्जास्पद हार बेहोर्दै लेस्टर अन्तिम ३२ बाटै बाहिरिएको हो । लेस्टरलाई हार चखाउन फिलिप जिन्केरनागेल, ब्रेनान जोन्सन, जोई वोरोल र डिजेड स्पेन्सले गोल गरे । लेस्टरका […]

February 7, 2022

हालान्डविनाको डर्टमुन्डको लज्जास्पद हार

एजेन्सी – जर्मन बुन्डेसलिगाको दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमुन्डले घरेलु मैदानमा लज्जास्पद हार बेहोरेको छ । मुख्य फरवार्ड एर्लिङ ब्राउट हालान्डविना मैदान उत्रिएको डर्टमुन्डले बायर लिभरकुसनसँग ५–२ को लज्जास्पद हार बेहोरेको हो । सिग्नल इडुना पार्कमा आइतबार राति भएको खेलमा डर्टमुन्डलाई लज्जास्पद हार चखाउन फ्लोरिएन रिट्ज, रोबर्ट एन्डरिच, जोनाथन ताह र मोउसा डियावीले गोल गर्दा […]

February 7, 2022

डुसानको डेब्यु गोलमा युभेन्ट्सको सहज जित

एजेन्सी – सर्वियन युवा फरवार्ड डुसान भ्लाहोभिचको डेब्यु गोलमा युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा सहज जित निकालेको छ । युभेन्ट्सले घरेलु मैदानमा हेलास भेरोनालाई २–० ले पराजित गरेको हो । एलिएन्ज एरिना टुरिनमा आइतबार राति भएको खेलमा एक गोल डेनिस जाकारियाको नाममा रह्यो । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो । खेलको […]

February 7, 2022

एसेन्सियोको गोलमा रियल म्याड्रिडको जित

एजेन्सी – स्पेनिस मिडफिल्डर मार्काे एसेन्सियोको निर्णायक गोलमा ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले ग्रानडामाथि संघर्षपुर्ण जित निकालेको छ । गोलरक्षक लुइस म्याक्सिमिलियानो लगातार बाधक बन्दा रियलले घरेलु मैदानमा ग्रानडामाथि १–० को कठिन जित निकालेको हो । सान्टियागो बर्नबेउमा आइतबार राति भएको खेलमा रियलको जितमा एसेन्सियोले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले […]

Success

Thank you for your time.