default_image

फुटबल

February 5, 2022

चेल्सीको कठिन जित

एजेन्सी – तेस्रो श्रेणीको क्लब प्लिमाउथ आर्गाइलमाथि अतिरिक्त समयमा पूनरागमन जित निकाल्दै प्रिमियर लिग क्लब चेल्सी एफए कपको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । चेल्सीले घरेलु मैदानमा १–० ले पछि परेको स्थितिबाट अतिरिक्त समयमा २–१ को जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । चेल्सीको जितमा कप्तान सिजर एज्पिलिक्वेटा र सव्सिच्युट मिडफिल्डर मार्काेस अलन्सोले […]

February 5, 2022

सिमिओनीको सामना गर्ने जाभी बार्सिलोनाको आठौं प्रशिक्षक

एजेन्सी – अर्जेन्टिनी डिएगो सिमिओनी डिसेम्वर २०११ मा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडको मुख्य प्रशिक्षक बने । त्यसयता उनी निरन्तर एट्लेटिकोकै मुख्य प्रशिक्षक रहेका छन् । क्याटलान क्लब बार्सिलोना र स्पेनिस क्लब रियल म्याड्रिड क्लबको खराब प्रदर्शनसँगै प्रशिक्षकलाई बर्खास्त गर्न ढिला सुस्ती गर्दैनन् । यो १० वर्षको अवधिमा मात्र बार्सिलोनाले आठ प्रशिक्षक परिवर्तन गरिसकेको छ । […]

February 5, 2022

अफसाइड विवाद कम गर्न ‘रोबोट रेफ्री’ आउँदै

एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अफसाइड विवाद सुल्झाउने लक्ष्यका साथ भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) लाई सहयोग गर्न नयाँ प्रविधिको प्रयोग गर्ने भएको छ । फुटबलमा लामो समयदेखि विवादित रहेको भीएआरको अफसाइड पक्षलाई सुल्झाउने यस प्रविधिलाई ‘रोबोट रेफ्री’ को उपनाम समेत दिइएको छ । फिफाले आर्टिफिसियल इन्टलिजेन्स (एआई) र अफसाइड लक्षित क्यामेराको सहायताले नयाँ […]

February 5, 2022

किरणको टोलीमा रियल म्याड्रिडविरुद्ध गोल गरेका डोमीन्ग्वेज अनुबन्धित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ आवद्ध माल्दिभ्सको क्लब माजियाले स्पेनिस फरवार्ड ताना डोमीन्ग्वेजलाई अनुबन्धन गरेको छ । माजियाले शनिबार सामाजिक संजालमार्फत स्पेनिस ला लिगामा लास पाल्मासका लागि ८ वर्ष खेलेका ३१ वर्षीय फरवार्ड अनुबन्ध गरेको जानकारी दिएको छ । ताना डोमीन्ग्वेजले लास पाल्मासको सिनियर टोलीका लागि झन्डै १ सय […]

February 5, 2022

ठूला तीन लिगमा उपाधि होडको खेल

एजेन्सी – अन्तर्राष्ट्रिय विश्रामपछि यो साता युरोपियन क्लब फुटबल फर्कंदैछ । यो साता मिलान डर्वीमा उपाधि होड तथा बायर्न म्युनिख र बोरुसिया डर्टमुन्डले बुन्डेसलिगामा कडा चुनौतीको सामना गरिरहेका छन् । यस्तै ला लिगामा जाभी हर्नान्डेजले शीर्ष चारको भिडन्तमा एट्लेटिको म्याड्रिडसँग प्रतिस्पर्धा गर्दैछ । यो साताको फुटबलको मुख्य भिडन्त यही नै हो । सबैको नजर यसमा […]

February 5, 2022

‘हालान्ड रियल होइन बार्सिलोना आउनुपर्छ’ – पिके

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका भेट्रान डिफेन्डर जेरार्ड पिकेले नर्वेजियन युवा स्टार एर्लिङ ब्राउट हालान्डलाई क्याटलान क्लबमा आबद्ध हुन सुझाव दिएका छन् । प्रतिद्वन्द्वी क्लब रियल म्याड्रिडको नजरमा रहेका बोरुसिया डर्टमुन्डका हालान्डलाई बार्सिलोनाका पिकेले हालान्डलाई बालोन डी‘ओर जित्ने चाहना भए रियलको प्रस्ताव अस्वीकार गरेर क्याप नोउ आउन सुझाव दिएका हुन् । पछिल्लो समय रियल युवा […]

February 5, 2022

म्यानचेस्टर युनाइटेड एफए कपबाट बाहिरियो

एजेन्सी – च्याम्पियनसिप क्लब मिडल्सव्रगसँग सडनडेथमा पराजित हुँदै प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड एफए कपको चौथो राउन्ड बाटै बाहिरिएको छ । युनाइटेड घरेलु मैदानमा मिडल्सव्रगसँग सडनडेथमा ८–७ ले पराजित हुँदै बाहिरिएको हो । निर्धारित समयमा १–१ गोलको बराबरी र त्यसपछि अतिरिक्त समयमा थप गोल नभएपछि खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा पनि बराबरीपछि खेल सडनडेथमा […]

February 5, 2022

गोलरक्षक डे हेया लिगकै उत्कृष्ट खेलाडी

एजेन्सी – म्यानचेस्टर युनाइटेडका गोलकिपर डेविड डे हेया पहिलो पटक प्रिमियर लिगको ‘प्लेयर अफ द मन्थ’ चुनिएका छन् । सन् २०११ मा इंग्ल्यान्ड पुगेयता उनी प्लेयर अफ मेन्थ चुनिएको यो पहिलो अवसर हो । जनवरीमा स्पेनिस गोलकिपरले २२ वटा बचाउ गर्दै उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेका हुन् । यो सिजन ८४ बचाउका साथ प्रिमियर लिगमा […]

February 4, 2022

रोनाल्डो र मेस्सी आफू खेल्ने क्लबभन्दा बढी चर्चित

एजेन्सी – पछिल्लो समय सामाजिक संजालमा पछ्याउनेको संख्यालाई आधार मानेर कुनैपनि क्लब र खेलाडी कति चर्चित छन् भन्ने मापन गरिँदै आएको छ । यस्तोमा फुटबलका सुपरस्टारद्वय क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीको सामाजिक सञ्जालमा फलोअर्स उनीहरु खेल्ने क्लब म्यानचेष्टर युनाइटेड र पेरिस सेन्ट जर्मेन (पिएसजी) को भन्दा बढी छन् । पोर्चुगिज फरवार्ड रोनाल्डोको व्यक्तिगत अकाउन्टमा मात्र […]

February 4, 2022

च्यासल र पुलिसको खेल फेरि सर्यो

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको नवौं चरणमा कोरोना संक्रमणका कारण स्थगित भएको नेपाल पुलिस क्लब र च्यासल युवा क्लबबीच शनिबार हुने भनिएको खेल पुन: स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोरोनाका कारण स्थगित भएको पुलिस र च्यासलबीचको खेल माघ २२ गते शनिबार हुने जानकारी गराएको थियो । […]

Success

Thank you for your time.