default_image

फुटबल

September 10, 2021

मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको सहज जित

एजेन्सी – कप्तान लियोनल मेस्सीले ह्याट्रिक पुरा गरेपछि अर्जेन्टिनाले दक्षिण अमेरिकी विश्वकप छनोटमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिदा बोलिभियालाई पराजित गरेको छ । ब्युनर्स आयर्समा शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियामाथि ३–० को सहज जित हात पारेको हो । कप्तान मेस्सीले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गर्दै ह्याट्रिक पुरा गरे । खेलको […]

September 10, 2021

चिलीमाथि कोलम्वियाको जित

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा कोलम्वियाले चिलीलाई पराजित गरेको छ । कोलम्वियाले घरेलु मैदानमा चिलीमाथि ३–१ को सहज जित हात पारेको हो । कोलम्वियाका शुक्रबार बिहान भएको खेलका घरेलु टोलीको जितमा मिगुइल बोर्जाले दुई तथा लुइस डियाजले एक गोल गरे । चिलीका जिन मेनेसेसले एक गोल फर्काए । खेलको १९औं […]

September 9, 2021

नेपालले उतारेको ‘१२ औं’ खेलाडी पुनम, जो करिअरकै दोसाँधमा छिन्

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोलीले विहीबार दशरथ रंगशालामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको डेब्यू गर्यो । बंगलादेशविरुद्ध खेलमा नेपाली टोलीको लाइनअप मैदान प्रवेश गर्ने क्रममा १२ खेलाडी मैदान छिरे । राष्ट्रिय गान सकिएसँगै डिफेन्डर पुनम जर्घा मगर लाइनअपबाट अलग्गिएर पुन: बेन्च फर्किइन् । पछिल्लो समय राष्ट्रिय टोलीको डिफेन्समा लगातार खेल्दै आएकी पुनम गल्तीले लाइनअपमा गएकी […]

September 9, 2021

प्रितीको ड्रिम ‘डेब्यू’

काठमाडौं (हाम्रो खेलकुद)– ‘अरुको ठाँउ लिने भन्दा पनि म आफ्नै ठाँउ बनाउन कोशिस गर्नेछु’, पहिलो पटक राष्ट्रिय महिला राष्ट्रिय टोलीमा पर्न सफल भएपछि प्रिती राईले भनेकी थिइन् । साच्चै उनले भने जस्तै आफ्नो ठाँउ बनाउने गरि डेब्यू खेलमा प्रदर्शन गरेकी छिन् । महिला टोलीको दशरथ रंगशालामा बिहीबार डेब्यू खेल । त्यहि मार्फत सिनियर टोलीबाट आफ्नो […]

September 9, 2021

‘प्रदर्शनबाट सन्तुष्ट छु’- प्रशिक्षक फिलिप्स

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय महिला फुटबलको पहिलो विदेशी प्रशिक्षकका रुपमा अष्ट्रेलियन प्रशिक्षक ग्यारी फिलिप्सले विजयी सुरुवात गरेका छन् । महिला टोलीको प्रशिक्षकका रुपमा उनको र दशरथ रंगशालामा नेपाली टोलीको बिहीबार डेब्यू खेल थियो । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले २–१ जित हासिल गर्दा ४ खेलाडीले राष्ट्रिय टोलीबाट डेब्यू पनि गरे । प्रिती राई र सविता […]

September 9, 2021

राष्ट्रिय टोलीमा सिर्जना र रश्मीको डेब्यु

काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डर सिर्जना सिंह र फरवार्ड रश्मी कुमारी घिसिङले बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलबा सिनियर राािष्ट्रय टोलीमा ‘डेब्यु’ गरेकी छिन् । सिर्जनाले ८३औं मिनेटमा हिरा कुमारी भुजेलको स्थानमा मैदान प्रवेश गर्दै राािष्ट्रय टोलीमा डेब्यु गरेकी हुन् । उनी विभागीय नेपाल एपिएफबाट खेल्ने गर्छिन् । यस्तै फरवार्ड रश्मी कुमारी घिसिङले ८५औं मिनेटमा मन्जली कुमारी […]

September 9, 2021

नेपालले बंगलादेशलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड सविता राना मगर र मिडफिल्डर प्रीति राईले डेब्यु गरेको खेलमै गोल गरेपछि नेपालले बंगलादेशसँगको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपालले बंगलादेशी महिला टोलीलाई २–१ ले पराजित गरेको हो । खेलको १३औं मिनेटमा सविताले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाइन् । […]

September 9, 2021

साफको तयारीको लागि नेपाली टोली कतार जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – अर्काे महिना माल्दिभ्समा आयोजना हुने दक्षिण एसियाली फुटबलको चर्चित प्रतियोगिता साफ च्याम्पियनसिपको अन्तिम तयारीका लागि नेपाली पुरुष राष्ट्रिय फुटबल टोली शुक्रबार कतार जाने भएको छ। नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने र अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पालगायत एन्फाका पदाधिकारीले २४ खेलाडी र अन्य अफिसियललाई […]

September 9, 2021

पहिलो हाफ – बंगलादेशविरुद्ध नेपालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड सविता राना मगर र मिडफिल्डर प्रीति राईले डेब्यु गरेको खेलमै गोल गरेपछि नेपालले बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलको पहिलो हाफमा अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपालले बंगलादेशी महिला टोलीविरुद्ध २–० को अग्रता लिएको हो । खेलको १३औं मिनेटमा सविताले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका हुन् […]

September 9, 2021

बंगलादेशविरुद्ध नेपालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड सविता राना मगर र मिडफिल्डर प्रीति राईले डेब्यु गरेको खेलमै गोल गरेपछि नेपालले बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलको १३औं मिनेटमा सविताले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका हुन् ।२३औं मिनेटमा अर्का सब्सिच्युट मिडफिल्डर प्रीति राईले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् […]

Success

Thank you for your time.