default_image

फुटबल

August 23, 2021

युभेन्ट्स बराबरीमा रोकियो

एजेन्सी – सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्सले नयाँ सिजनको इटालियन सिरी ‘ए’ को पहिलो खेलमा बराबरीको नतिजा निकालेको छ । युभेन्ट्स घरेलु टोली उडिनेससँग २–२ गोलको बराबरीमा रोकिएको हो । डासिया एरिना उडिनमा आइतबार राति भएको खेलमा युभेन्ट्सका पाउलो डिबाला र जुआन कोर्डाडाले गोल गर्दा घरेलु टोलीका रोबर्टाे पेरेरा र जेरार्ड डिलोफिउले बराबरी […]

August 23, 2021

भिनिको दुई गोलमा रियल म्याड्रिड हारबाट जोगियो

एजेन्सी – ब्राजिली विंगर फरवार्ड भिनिसियस जुनियरले दुई गोल गरेपछि रियल म्याड्रिड स्पेनिस ला लिगामा हारबाट जोगिएको छ । सुरुवाती अग्रता लिएपनि त्यसलाइै जोगाउन नसक्दा रियलले १० खेलाडीमा समेटिएको घरेलु टोली लेभान्टेसँग ३–३ गोलको बराबरी खेलेको हो । भ्यालेन्सियामा आइतबार राति भएको खेलको पाँचौ मिनेटमा नै ग्यारेथ बेलको गोलबाट रियलले अग्रता लिएको थियो । उनले […]

August 22, 2021

चेल्सीले आर्सनललाई हरायो

एजेन्सी – लन्डन क्लबका लागि दोस्रोपटक डेब्यु गरेका बेल्जियन फरवार्ड रोमेलु लुकाकु र रिस जेम्सले गोल गरेपछि नर्थ लन्डन डर्वी भिडन्तमा चेल्सीले आर्सनललाई पराजित गरेको छ । चेल्सीले आर्सनललाई उसकै मैदानमा २–० को सहज जित हात पारेको हो । दुवै गोल पहिलो हाफमा भएको थियो । इमिरेट्स स्टेडियममा आइतबार भएको खेलको १५औं मिनेटमा लुकाकुको गोलबाट […]

August 22, 2021

टोटेनहमको लगातार दोस्रो जित

एजेन्सी – टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा लगातार दोस्रो जित दर्ता गर्दा गर्ने क्रममा वल्भ्सलाई १–० ले पराजित गरेको छ । वल्भ्सको घरेलु मैदान मोलिन्यु स्टेडियममा आइतबार डेले अलीले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले १०औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । सर्जियो रिगुइलोनको थ्रु पासमा गोलरक्षक जोस शाले पेनाल्टी बक्समा डेल […]

August 22, 2021

म्यानचेस्टर युनाइटेड बराबरीमा रोकियो

एजेन्सी – लिगको पहिलो खेलमा लिड्स युनाइटेडमाथि सानदार जित हात पारेको म्यानचेस्टर युनाइटेड साउथह्याम्टनसँग १-१ को बराबरीमा रोकिएको छ । एक गोलले पछि परेको अवस्थामा मासन ग्रीनवुडले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाएका हुन् । साउथह्याम्टनको घरेलु मैदान सेन्ट मेरिज स्टेडियममा आइतबार भएको खेलमा घरेलु टोलीले खेलको ३०औं मिनेटमा आत्मघाती गोलबाट अग्रता लिएको थियो । चे एडाम्सको प्रहार फ्रेडलाई डिफ्लेक्ट हुदै गोलमा परिणत हुँदा […]

August 22, 2021

आर्सनल र चेल्सी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति आर्सनलले घरेलु मैदान इमिरेट्स स्टेडियममा चेल्सीको सामना गर्दैछ । लन्डन डर्बी नेपाली समयअनुसार राति ९:१५ बजे हुनेछ । पहिलो खेलमा नव प्रवेशी ब्रेन्टफर्डसँग २–० को हार बेहोरेको आर्सनल उक्त खेलमा भएको कमजोरी सुधार गर्दै पहिलो जितको खोजीमा हुनेछ । आर्सनलसँग गाब्रियल मार्टिनेली, इमिल स्मिथ रोवी, निकोलस पेपे, बुकायो […]

August 22, 2021

रियल म्याड्रिडलाई लेभान्टेको चुनौती

एजेन्सी – स्पेनिस ला लिगामा आज राति विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुँदा साविकको उपविजेता रियल म्याड्रिड लेभान्टे भ्रमणमा निस्कँदैछ । खेल लेभान्टेको मैदानमा नेपाली समयअनुसार राति १:४५ बजे हुनेछ । घरेलु मैदानमा रियललाई स्तब्ध पार्दै लेभान्टे ला लिगाको नयाँ सिजनमा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ । लेभान्टेले पहिलो खेलमा क्याडिजसँग १–१ गोलको बराबरी खेलेको थियो […]

August 22, 2021

पिएसजीले मेस्सीलाई अर्जेन्टिनाबाट खेल्न दिने

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग अनुबन्धन गरेपनि डेब्यु भने गरेका छैनन् । अनुबन्धनको दुई साता बितिसक्दा पनि मेस्सी म्याच फिट नभएको जानकारी प्रशिक्षक माउरिसियो पोचेटिनोले दिएका थिए । पिएसजीबाट डेब्यु नगरेको अवस्थामा पनि क्लबले मेस्सीलाई अर्को साता हुने विश्वकप छनोटका तीन खेलमा मेस्सीलाई अर्जेन्टिनाबाट खेल्न दिने भएको […]

August 22, 2021

बेटिस प्रशिक्षक पेलेग्रिनीले गरे ‘सुस्त’ ला लिगाको आलोचना

एजेन्सी – रियल बेटिसका प्रशिक्षक म्यानुएल पेलेग्रिनीले आफैं प्रतिस्पर्धा गरिरहेको स्पेनिस ला लिगा निकै सुस्त रहेको भन्दै आलोचना गरेका छन् । शुक्रबार क्याडिजसँग १-१ को बराबरीमा रोकिएपछि उनले लिगको चावी सुधार्न आवश्यक रहेको बताएका हुन् । पेलेग्रिनीको टोलीले शुक्रबार अन्त्यतिर क्याडिजको निकै रक्षात्मक शैलीका कारण बराबरी गोल फर्काउन सकेको थिएन । रियल म्याड्रिड र म्यानचेस्टर […]

August 22, 2021

रोनाल्डोले उडिनेजेविरुद्ध खेल्ने

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले यस सिजन इटालियन क्लब युभेन्टसबाट नै खेल्ने पक्का भएको छ । क्लबका प्रशिक्षक मसिमिलिआनो एलेग्रीले लिगको पहिलो खेलअघि रोनाल्डोले युभेन्टसबाट निरन्तर खेल्ने बताएका हुन् । उमेरले ३६ वर्ष पुगेका रोनाल्डोको युभेन्टससँग सम्झौताको यो अन्तिम वर्ष हो । रोनाल्डो र क्लब दुवै एक अर्कासँग खुसी रहेको भनेपनि युरोपका अन्य क्लबले […]

Success

Thank you for your time.