default_image

फुटबल

January 27, 2021

कल्चर ग्रिन इनरुवा फुटबलको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– कल्चर ग्रिन क्लब सुनसरीमा जारी इनरुवा नाइन ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शान्तिनगर फुटबल क्लबलाई बुधबार २–१ ले हराउँदै कल्चर ग्रिन अन्तिम चारमा पुगेको हो । कल्चर ग्रिनका लागि वर्तमान राई र अवतार सुनुवारले गोल गरेका थिए । शान्तिनगरकातर्फबाट किरण राईले गोल गरेका थिए । १६ औं मिनेटमा […]

January 27, 2021

रियलका ओडेगार्ड आर्सनलमा अनुबन्धित

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका नर्वेजियन मिडफिल्डर मार्टिन ओडेगार्ड लोनमा इंग्लिस क्लब आर्सनलमा अनुबन्धित भएका छन् । ओडेगार्ड ६ महिनाका लागि लोनमा आर्सनलमा अनुबन्धित भएका हुन् । रियलमा लगातार खेल्ने अवसर कम पाएपनि उनले निरन्तर खेल्नको लागि अर्काे क्लब रोजेका हुन् । यद्दपि पछिल्लो समय प्रशिक्षक जिदानसँगको सम्वन्धका कारण पनि उनले रियल छाडेको बुझिएको […]

January 27, 2021

चेल्सी र वल्भ्स भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति विभिन्न ५ खेलमा प्रतिस्पर्धा हुदा चेल्सीले घरेलु मैदानमा वल्भ्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल स्टामफोर्ड ब्रिजमा नेपाली समयअनुसार राति ११ः४५ बजे हुनेछ । नयाँ प्रशिक्षक थोमस टुचेलको चेल्सीका लागि यो पहिलो खेल हुनेछ । उनी मंगलबार राति मात्रै चेल्सीका मुख्य प्रशिक्षक बनेका थिए । खराव लयमा रहेको चेल्सीका लागि […]

January 27, 2021

आर्मीले एएफसी कपमा श्रीलंका पुलिसको सामना गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप २०२१ को दक्षिण एसियाली प्लेअफअन्तर्गत पहिलो चरणमा श्रीलंका पुलिसको सामना गर्ने भएको छ । एएफसीले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार दक्षिण एसियाबाट प्लेअफ छनोटबाट अघि बढ्ने टोली समुह ‘डी’ मा रहनेछ । आर्मीले दक्षिण एसियाबाट प्लेअफ जित्दै समूह चरणमा स्थान बनाउन तीन नकआउट खेल […]

January 27, 2021

कुुसुमको ह्याट्रिकमा विराटनरगको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – कुसुम खतिवडाले ह्याट्रिक पुरा गरेपछि विराटनगर महानगरपालिका मोरङले राष्ट्रिय महिला लिगमा पहिलो जित दर्ता गरेको छ । विराटनगरले चन्द्रपुर नगरपालिका रौतहटमाथि ५–० को फराकिलो जित निकाल्दै लिगमा पहिलो जित दर्ता गरेको हो । एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलमा विराटनगरको जितमा कुसुम खतिवडाले ह्याट्रिक पुरा गर्दा अनु राई र सरिता […]

January 27, 2021

मेयर कप यसै साता सुरु हुने

सुनसरी (हाम्रो खेलकुद) – सुनसरीको दुहबी नगरपालिकाको आयोजनामा तेस्रो मेयर कप फुटबल प्रतियोगिता यसै साता सुरु हुने भएको छ । नगरपालिकाका १२ वटा वडाको सहभागिता रहने प्रतियोगिता माघ १७ गते देखि २८ गते सम्म सरस्वती माविको मैदानमा हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।प्रतियोगिताको समूह कमा वडा नं १२, ६, ११, १, ८ र […]

January 27, 2021

टुचेल चेल्सीको मुख्य प्रशिक्षक

एजेन्सी – फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको एक दिनपछि इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का पुर्व प्रशिक्षक थोमस टुचेललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । चेल्सीले टुचेललाई सम्झौता बढाउने विकल्पसहित तत्कालका लागि १८ महिनाको लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । जर्मन प्रशिक्षक टुचेल सन् २००३ पछि चेल्सीको प्रशिक्षक हुने […]

January 27, 2021

साउथह्याम्टनमाथि आर्सनलको पूनरागमन जित

एजेन्सी – एक गोलले पछि परेको स्थिति उल्ट्याउदै लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा साउथह्याम्टनमाथि ३–१ को पूनरागमन जित निकालेको छ । आर्सनलले साउथह्याम्टनलाई उसकै मैदानमा हराउदा निकोलस पेपे, बुकायो साका र एलेसान्द्रे लाकाजेटले गोल गरे । घरेलु टोलीका स्टुआर्ट आर्मस्ट्रङको गोल सान्त्वना बन्यो । साउथह्याम्टनमा मंगलबार राति भएको खेलमा घरेलु टोलीले खेलको तेस्रो मिनेटमा […]

January 27, 2021

मिलानमाथि इन्टर मिलानको जित

एजेन्सी – शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । इन्टरले १० खेलाडीमा समेटिएको मिलानमाथि २–१ को पूनरागमन जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो । इन्टरको जितमा रोमेलु लुकाकु र क्रिस्टियन इरिक्सनले गोल गर्दै ज्लाटन इब्राहिमोभिचको गोल सान्त्वना बन्यो । मिलानोमा मंगलबार राति भएको खेलमा मिलानले […]

January 27, 2021

म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्षस्थानमा

एजेन्सी – वेस्ट ब्रममाथि सानदार जित निकाल्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । घरेलु टोली वेस्ट ब्रममाथि ५–० को सानदार जित निकाल्दै सिटी शीर्षस्थानमा उक्लिएको छ । सिटीले म्यानचेस्टर युनाइटेडलाई एक अंकले पछि पारेको हो । समान १९ खेलबाट सिटीको ४१ अंक पुगेको छ । युनाइटेडको ४० अंक छ । पराजित वेस्ट […]

Success

Thank you for your time.