default_image

फुटबल

December 11, 2020

विश्वकै उत्कृष्ट बन्ने पथमा नेयमार

एजेन्सी – विश्वकै उत्कृष्ट खेलाडी बन्ने लक्ष्यका साथ नेयमार बार्सिलोना छाडेर तीन वर्षअघि पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका थिए । तर, मैदान भित्र र बाहिरका अनेक विषयले उनको योजनामा तगारो लागिरह्यो । पछिल्लो समय भने उनी त्यो पथमा अघि बढेको संकेतहरु देखिन थालेका छन् । २८ वर्षका नेयमार अब विश्वको उत्कृष्ट खेलाडीको सुचीमा पर्ने क्रममा […]

December 11, 2020

समूह विजेता बन्दै मिलान नकआउट चरणमा

एजेन्सी – यो सिजन उच्च लयमा रहेको इटालियन क्लब एसी मिलान समूह ‘एच’ को विजेता बन्दै युरोपा लिगको नकआउट चरणमा पुग्न सफल भएको छ । बिहीबार राति चेक रिपब्लिक क्लब स्पार्टा प्रागमागि १–० को झिनो जित निकाल्दै मिलान समूह विजेता बन्न सफल भएको हो । यही समूहको अर्काे खेलमा शीर्ष होडमा रहेको फ्रान्सेली क्लब लिल […]

December 11, 2020

युरोपा लिगमा आर्सनलको शतप्रतिशत जित

एजेन्सी – इंग्लिस क्लब आर्सनलले युरोपा लिगको समूह चरणको खेलमा शतप्रतिशत जित निकालेको छ । बिहीबार राति आयरल्यान्डको डुन्डाल्कलाई ४–२ ले पराजित गर्दै आर्सनलले समूह चरणमा शतप्रतिशत जित निकालेका हो । समूह ‘बी’ मा आर्सनलले मोल्दे, रापिड वेन र डुन्डाल्कलाई दुवै लेगमा हराउन सफल भयो । एभिभा स्टेडियम डब्लिनमा बिहीबार राति भएको खेलमा आर्सनललाई जिताउन […]

December 11, 2020

टोटेनहम समूह विजेता

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हस्टपुर समूह विजेताको रुपमा युरोपा लिगको नकआउट चरणमा पुग्न सफल भएको छ । घरेलु मैदानमा भएको बिहीबार राति भएको खेलमा रोयल एन्टवेर्पमाथि २–० को सहज जित निकाल्दै टोटेनहम समूह ‘जे’ को विजेता बनेको हो । हारपछि पनि रोयल एन्टवेर्प समूह पविजेताको रुपमा अघि बढ्न सफल भयो । टोटेनहमल १३ तथा […]

December 11, 2020

‘रोनाल्डोले कहिल्यै रक्सी खाएनन्’

एजेन्सी – क्रिस्टियानो रोनाल्डोका पूर्व सहकर्मीले उनको प्रशिक्षणका दौरानको समपर्ण र अनुशासनको खुलेर तारिफ गरेका छन् । म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड डिमिटार बेर्भाटोभले क्रिस्टमस जस्ता उत्सवमा पनि रोनाल्डोले मादक पदार्थ सेवन नगर्ने स्मरण गरे । फुटबल प्रतिको उनको समपर्णकै कारण बढी अनुशासित रहने गरेको बेर्भाटोभको निष्कर्ष छ ।बेर्भाटोभ सन् २००८ को समरमा युनाइटेड पुगेका थिए […]

December 10, 2020

महिला र पुरुष फुटबलरलाई बराबर तलब

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला तथा पुरुष राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई समान तलब दिने निर्णय गरेको छ । बिहिबार बसेको एन्फा कार्यसमिति बैठकले महिला र पुरुष दुवै टोलीको तलब वृद्धि गर्दै समान तलब दिने निर्णय गरेको हो । यसअघि एन्फाले पुरुष खेलाडीलाई मासिक १५ हजार तथा महिलालाई मासिक ७ […]

December 10, 2020

प्रशिक्षक कालिनले राजिनामा दिए

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले पदबाट राजिनामा दिएका छन् । कालिनले नोभेम्बर १ मा बुझाएको राजिनामा एन्फा कार्यसमितिको बिहीबार बसेको बैठकले स्वीकृत गरेको हो । कालिन सन् २०१९ मार्चमा नेपालको प्रशिक्षक नियुक्त भएका थिए । कालिनको नेतृत्वमा नेपालले १२ खेल खेल्दा १ जित, ३ बराबर र ८ हारको […]

December 10, 2020

फिफा वरियतामा नेपाल यथावत

काठमाडौं (हाम्रो खेलकुद)– फिफा वरियतामा नेपाल यथावत रहेको छ । विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार जारी गरेको डिसेम्बरको वरियतामा नेपाल १ सय ७१ औं स्थानमा कायम रहेको छ । कात्तिक २७ र मंसिर २ गते खेलको बंगलादेशविरुद्धको २ खेलको सिरिजमा नेपाल पराजित भएको थियो । पहिलो खेलमा २–० को हार बेहोरेको नेपालले अर्को खेलमा […]

December 10, 2020

कतारले पोर्चुगलको समूहमा खेल्ने

एजेन्सी – एसियाली च्याम्पियन कतारले फिफा विश्वकप २०२२ को युरोपेली छनोटअन्तर्गत समूह ए मा अतिथि टोलीको रुपमा प्रतिस्पर्धा गर्ने भएको छ । बुधबार कतार फुटबल संघले प्रेस विज्ञप्ति जारी गर्दै यूईएफएको आग्रहमा टोलीले युरोपेली छनोटको समूह ए मा प्रतिस्पर्धा गर्ने जनाएको छ । उक्त समूहमा पोर्चुगल, आयरल्यान्ड गणतन्त्र, सर्बिया, लक्जेमबर्ग र अजरबैजान रहेका छन् । […]

December 10, 2020

‘नेयमार र एमबाप्पे पिएसजीमै रहन्छन्’

एजेन्सी – युरोपियन फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टारद्वय नेयमार र केलियन एमबाप्पेले आपसी तालमेल मिल्ने जोडी मध्ये एकमा पर्दछन् । पछिल्लो तीन वर्षयता उनीहरुको सहकार्यले टोलीको उच्च प्रदर्शनमा मद्दत मिल्दै आएको छ । उनीहरुको उच्च प्रदर्शनबाट पे्ररित टोलीले लिग वानमा त राम्रो गरेकै छ गत सिजन उनीहरुले टोलीलाई च्याम्पियन्स लिगको फाइनल पुर्याउन पनि […]

Success

Thank you for your time.