default_image

अन्तर्राष्ट्रिय

September 9, 2021

स्पेनले कोसोभोलाई हरायो

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा स्पेनले कोसोभेमाथि सहज जित दर्ता गरेको छ । पाब्लो फोर्नाल्स र फेरान टोरेसले गोल गरेपछि स्पेनले घरेलु टोली कोसोभोलाई २–० ले पराजित गरेको हो । कोसोभोमा बुधबार राति भएको खेलको ३२औं मिनेटमा पाब्लो फोर्नाल्सको गोलबाट स्पेनले अग्रता लिएको थियो । उनले अल्भारो मोराटाको पासमा गोल गरेका […]

September 9, 2021

इंग्ल्यान्ड जितबाट वञ्चित

एजेन्सी – इन्ज्युरी समयमा सम्हालिन नसक्दा इंग्ल्यान्ड फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा पोल्यान्डसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा इन्ज्युरी समयमा डामिएन सिमान्स्कीले गोल गर्दै पोल्यान्डलाई इंग्ल्यान्डसँगको हारबाट जोगाए । खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो । बल पोसेसनमा घरेलु टोलीलाई दवावमा राखेको इंग्ल्यान्डले गोलको लागि निकै संघर्ष गर्नुपर्दा दोस्रो हाफ नै कुर्नुपरेको […]

September 9, 2021

जर्मनीको एकतर्फी जित

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा जर्मनीले आइसल्यान्डमाथि एकतर्फी जित निकालेको छ । जर्मनीले घरेलु टोलीमाथि ४–० को सहज जित हात पारेको हो । पहिलो र दोस्रो हाफमा समान दुई–दुई गोल निस्कदा जर्मनीको एकतर्फी जितमा सर्ज गिनाब्री, एन्टोनियो रुडिगर, लिरोए साने र टिमो वेर्नरले समान एक–एक गोल गरे । आइसल्यान्डमा बुधबार राति […]

September 9, 2021

इटालीको सानदार जित

एजेन्सी – फरवार्ड मोइस किनले दुई गोल तथा अर्का फरवार्ड फेडरिको बर्नरडेस्चीले दुई असिस्ट दिएपछि युरोपेली च्याम्पियन इटालीले फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा इटालीले लिथुआनियामाथि ५–० को फराकिलो जित आत्मसात गरेको हो । मापी स्टेडियम इटालीमा बुधबार राति भएको खेलमा इटालीको फराकिलो जितमा मोइस किनले […]

September 9, 2021

टोटेनहम बसाइँले बेललाई फाइदा

एजेन्सी – ग्यारेथ बेलले विगतमा भन्दा यसपटक रियल म्याड्रिडमा सहज महसुस गरेको बताएका छन् । उनले क्लबमा आफ्नो लागि सकारात्मक वातावरण रहेको पनि सुनाए । वेल्सका कप्तान समेत रहेका बेलले टोटेनहममा एक वर्ष लोनमा बिताएकोले युरोपियन च्याम्पियनसिप २०२० का लागि मानसिक रुपमा निकै सहयोग गरेको बताएका छन् । ‘मलाई लाग्छ त्यहाँ गएपछि युरो कपमा मलाई […]

September 8, 2021

भारतद्वारा टि२० विश्वकप खेल्ने टोली घोषणा

एजेन्सी – उपाधिको बलियो दाबेदार भारतले आगमी अक्टोबर नोभेम्बरमा संयुक्त अरब इमिरेट्स (युएई) र ओमानमा हुने टि२० विश्वकपको लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । विराट कोहलीको कप्तानीमा १५ सदस्य टोली घोषणा गरेको छ । विश्वकप टोलीमा रविचन्द्रन आश्विन पर्दा युजभेन्द्र चहल, शिखर धवन, पृथ्वी शा, क्रुनाल पान्ड्या र दीपक चाहर लगायतका खेलाडीले अन्तिम […]

September 8, 2021

प्रिमियर लिगका ब्राजिलियन खेलाडी क्लबबाट खेल्न प्रतिबन्धित

एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रिमियर लिग खेल्ने ब्राजिलका आठ खेलाडीलाई आफ्नो क्लबबाट खेल्न प्रतिबन्ध गर्ने भएको छ । ब्राजिलियन फुटबल संघले अन्तर्राष्ट्रिय फुटबलमा फिफाले राखेको प्रावधान अनुसार नै क्लबहरुलाई ती खेलाडी प्रयोग गर्न नदिने भएको हो । प्रिमियर लिगका केहि क्लबले ब्राजिलको राष्ट्रिय टोलीबाट विश्वकप छनोट खेल्न बोलाएका खेलाडी फुकुवा गर्न मानेका […]

September 8, 2021

एमबाप्पे पिएसजी बस्ने ७ आधार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएजसी) सम्झौता नविकरणका लागि युवा स्टार केलियन एमबाप्पेलाई पछिल्लो पटक प्रति सिजन २५ मिलियन युरोको प्रस्ताव राखेको थियो । तर, उनले त्यो प्रस्तावलाई अस्वीकार गरेका थिए । त्यसमा लियोनार्दोले अब रकम बढाएर अर्को प्रस्ताव नगरिने प्रष्ट पारेका थिए । लिओनार्दोले भनेका थिए त्यो प्रस्ताव विश्वको उत्कृष्ट खेलाडीका लागि गरिने खालको […]

September 8, 2021

डेनमार्क अपराजित, क्रोएसियाको जित

एजेन्सी – युरोपेली च्याम्पियनसिपमा सनसनीपुर्ण प्रदर्शन गर्दै सेमिफाइनलसम्मको यात्रा तय गरेको डेनमार्कले फिफा विश्वकप कतार २०२२ को युरोपेली छनोटमा लगातार छैटौ जित दर्ता गरेको छ । घरेलु मैदानमा डेनमार्कले इजरायलमाथि ५–० को एकतर्फी जित निकाल्दै छनोटमा लगातार छैटौ जित निकालेको हो । तेलिया पार्केन कोपेनहेगनमा डेनमार्कको फराकिलो जितमा युस्सुफ पौल्सेन, सिमोन कायर, एन्ड्रिस स्कभ ओल्सेन, […]

September 8, 2021

हालान्डको ह्याट्रिकमा नर्वेको सानदार जित

एजेन्सी – युवा स्टार एर्लिङ ब्राउट हालान्डको ह्याट्रिक सहयोगमा नर्वेले विश्वकप छनोटमा जिब्राल्टारमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा नर्वेले जिब्राल्टारमाथि ५–१ को फराकिलो जित दर्ता गरेको हो । क्रिस्टियन थ्रोस्टेभेड र एलेसान्दर सोर्लाेथले समान एक गोल गर्दा रिस स्टेचीले जिब्राल्टारका लागि सान्त्वना गोल फर्काए । युलेभाल स्टेडियम ओस्लो नर्वेमा मंगलबार राति भएको खेलको […]

Success

Thank you for your time.