default_image

अन्तर्राष्ट्रिय

September 9, 2020

इंग्ल्यान्डको निराशाजनक बराबरी

एजेन्सी – यूईएफए नेसन्स लिगमा इंग्ल्यान्ड डेनमार्कसँग बराबरीमा रोकिएको छ । इंग्ल्यान्ड घरेलु टोली डेनमार्कसँग गोलरहित बराबरीमा रोकिएको हो । यो बराबरीले इंग्ल्यान्डले लिग ‘ए’ २ मा शीर्षस्थानमा रहेको बेल्जियमसँगको अंक दुरी बराबरी गर्ने अवसरसमेत गुमाएको छ । समान दुई खेलबाट अपराजित रहेको बेल्जियम ६ अंक जोडेर शीर्षस्थानमा रहँदा अपराजित नै रहेको इंग्ल्यान्ड ४ अंक […]

September 9, 2020

आइसल्यान्डको पोस्टमा बेल्जियमको ५ गोल

एजेन्सी – युइएफए नेसन्स लिगको समूह चरणको दोस्रो खेलमा बेल्जियमले आइसल्यान्डमाथि फराकिलो जित दर्ता गरेको छ । घरेलु मैदानमा १ गोलले पछि परेपनि बेल्जियमले आइसल्यान्डमाथि ५–१ को सानदार जित हात पारेको हो । बेल्जियमको जितमा इंग्लिस क्लब चेल्सीका फरवार्ड मिचे बात्सुयाईले दुई तथा एक्सेल विस्टेल, ड्रिएस मेर्टिन्स र जेरेमी डोकुले समान एक गोल गरे । […]

September 9, 2020

एमबाप्पेबिनै फ्रान्सको सानदार जित

एजेन्सी – सुपरस्टार युवा फरवार्ड केलियन एमबाप्पेविनै विश्व विजेता फ्रान्सले युइएफए नेसन्स लिगमा विश्व उपविजेता क्रोएसियामाथि सानदार जित हात पारेको छ । कोरोना संक्रणमका कारण एमबाप्पे टोलीमा नरहेपनि फ्रान्सले घरेलु मैदानमा क्रोएसियामाथि ४–२ को पूनरागमन जित हात पारेको हो । २०१८ मा रसियामा भएको विश्वकपको फाइनलमा पनि फ्रान्सले ४–२ कै जित निकाल्दै विश्व च्याम्पियन बनेको […]

September 9, 2020

रोनाल्डो चम्कँदा पोर्चुगलको सहज जित

एजेन्सी – कप्तान क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरेपछि पोर्चुगलले यूईएफए नेसन्स लिग अन्तर्गत दोस्रो खेलमा मंगलबार स्वीडेनलाई पराजित गरेको छ । स्वीडेनस्थित फ्रेन्ड्स एरिनामा रोनाल्डोले दुई गोल गर्दा पोर्चुगलले २-० को सहज जित दर्ता गरेको हो । रोनाल्डोले खेलको दुवै हाफमा १-१ गोल गरेका थिए । रोनाल्डोले खेलको ४५ औं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता […]

September 9, 2020

रोनाल्डोको सयौं गोलको खुसी (फोटोफिचर)

एजेन्सी – पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा १ सय गोल पूरा गरेका छन् । यूईएफए नेसन्स लिगमा मंगलबार स्वीडेनविरुद्ध खेलका क्रममा रोनाल्डोले फ्रिकिकमा सिधै गोल गर्दै उपलब्धि हासिल गरे । रोनाल्डोले झन्डै २५ यार्ड टाढा प्राप्त फ्रिकिकलाई सिधै गोलमा परिणत गरेका थिए । स्वीडेनका डिफेन्डर गुस्टाभ स्वेन्सनले जोआओ मोउटिन्होलाई लडाएपछि प्राप्त फ्रिकिकमा रोनाल्डोको प्रहार […]

September 9, 2020

फ्रिकिकमा गोल गर्दै रोनाल्डोद्वारा १ सय गोल पूरा

एजेन्सी – पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले फ्रिकिकमा सिधै गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा १ सय गोलको दुर्लभ आँकडा पार गरेका छन् । यूईएफए नेसन्स लिग अन्तर्गत स्वीडेनविरुद्ध जारी खेलमा रोनाल्डोले खेलको ४५ औं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । रोनाल्डोले झन्डै २५ यार्ड टाढा प्राप्त फ्रिकिकलाई सिधै गोलमा परिणत गर्दै पोर्चुगलको जर्सीमा १ सयौं गोल […]

September 8, 2020

जमैकालाई हराउँदै ट्रीनबेगो फाइनलमा

एजेन्सी – ट्रीनबेगो नाइट राइडर्सले क्यारेबियन प्रिमियर लिग (सिपिएल) को फाइनलमा स्थान पक्का गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा जमैका तलावाजलाई ९ विकेटले पराजित गर्दै अपराजित ट्रीनबेगोले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । जमैकाले प्रस्तुत गरेको १ सय ८ रनको लक्ष्य ट्रीनबेगोले १५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । ट्रीनबेगोको जितमा लेन्डल […]

September 8, 2020

स्वीडेन र पोर्चुगल भिड्दै

एजेन्सी – यूईएफए नेसन्स लिगमा आज मंगलबार राति समूह चरणको दोस्रो राउन्डमा विभिन्न ९ खेलमा प्रतिस्पर्धा हुँदैछ । साविकको विजेता पोर्चुगलले समूह चरणको दोस्रो खेलमा स्वीडेनसँग उसकै मैदानमा प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार राति १२ः३० बजेपछि हुनेछ । पहिलो खेलमा विश्व उपविजेता क्रोएसियामाथि ४–१ को सानदार जित हात पारेको पोर्चुगल सोही जितको लयलाई निरन्तरता […]

September 8, 2020

विश्वकपको फाइनलिस्ट फ्रान्स र क्रोएसिया भिड्दै

एजेन्सी – सन् २०१८ मा रसियामा भएको विश्वकप फाइनलमा फ्रान्स र क्रोएसियाले प्रतिस्पर्धा गरेका थिए । फाइनलमा क्रोएसियालाई ४–२ ले निराश पार्दै दोस्रोपटक फ्रान्स दोस्रोपटक विश्व च्याम्पियन बनेको थियो । यिनै दुई टोली मंगलबार राति युइएफए नेसन्स लिगको समूह ‘ए’ को ३ मा समूह चरणको दोस्रो खेलमा प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समयअनुसार फ्रान्सको घरेलु […]

September 8, 2020

फाइनल पुग्न जमैकाले अपराजित ट्रीनबेगोसँग खेल्दै

एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) को पहिलो सेमिफाइनल खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले ट्रीनबेगो नाइट राइडर्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ७:४५ पछि ब्रायन लारा स्टेडियममा सुरु हुने छ । लिग चरणको अपराजित ट्रीनबेगो जमैका माथि सहज जित निकाल्दै फाइनल प्रवेश गर्ने सोचका साथ मैदान प्रवेश गर्ने छ […]

Success

Thank you for your time.