default_image

क्रिकेट

October 31, 2021

भारत र न्युजिल्यान्डबीचको खेल क्वाटरफाइनल सरह

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ सुपर १२ को समूह २ मा आज न्युजिल्यान्ड र भारतबीच महत्वपूर्ण खेल हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ मा दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ । दुबै टोलीलाई शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्न आजको खेल जित्नै पर्ने दबाब छ । यी दुई देशको लागि यो […]

October 30, 2021

टि२० विश्वकपमा इंग्ल्यान्डको लगातार तेस्रो जित

एजेन्सी – उपाधिको दाबेदार इंग्ल्यान्डले आइसिसी टि२० विश्वकप २०२१ मा लगातार तेस्रो जित हात पारेको छ । सुपर १२ को समूह १ मा रहेको इंग्ल्यान्डले अष्ट्रेलियालाई ८ विकेटले हराउँदै सेमिफाइनल नजिक पुगेको छ । जितको लागि १ सय २६ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले ११.४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । इंग्ल्यान्डको जितमा ओपनर […]

October 30, 2021

इंग्ल्यान्ड सामू अष्ट्रेलियाको कमजोर ब्याटिङ

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ सुपर १२ को खेलमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई १ सय २६ रनको सामान्य विजयी लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया निर्धारित २० ओभरमा १ सय २५ रनमा अल आउट भयो । अष्ट्रेलिया ओपनर तथा कप्तान आरोन फिन्चले ४९ बलमा ४ चौका सहित सर्वाधिक […]

October 30, 2021

श्रीलंकामाथि दक्षिण अफ्रिकाको रोमान्चक जित, हसरंगाको ह्याट्रिक खेर

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा दक्षिण अफ्रिकाले श्रीलंकामाथि ४ विकेटको रोमान्चक जित हात पारेको छ । योसँगै सुपर १२ को समूह १ मा रहेको दक्षिण अफ्रिकाले शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्ने सम्भावना कायमै राखेको छ । अन्तिम ओभरमा जितको लागि १५ रन चाहिँएको अवस्थामा डेविड मिलरले लाहिरु कुमारालाई लगातार दुई छक्का प्रहार गर्दै […]

October 30, 2021

दक्षिण अफ्रिका सामु निसांका बाहेक सबै निरिह

एजेन्सी – ओपनर पाथुम निसांकाको अर्धशतकमा श्रीलंकाले आइसिसी टि२० विश्वकप २०२१ सुपर १२ को खेलमा दक्षिण अफ्रिकालाई १ सय ४३ रनको लक्ष्य दिएको छ । शारजाह क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंका २० ओभरमा १ सय ४२ रनमा अल आउट भयो । श्रीलंकाका पाथुम निसांकाले ५८ बलमा ६ चौका र ३ छक्का सहित […]

October 30, 2021

पहिला फिल्डिङ गर्दै दक्षिण अफ्रिका, डि कक टोलीमा

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ सुपर १२ को समूह १ मा दक्षिण अफ्रिकाले श्रीलंकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । शारजाह क्रिकेट स्टेडियममा दक्षिण अफ्रिका कप्तान टेम्वा बभुमाले पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । ओपनर क्विन्टन डी कक दक्षिण अफ्रिका प्लेइङ ११ मा छन् । यसअघि दक्षिण अफ्रिका वेस्टइन्डिजसँगको खेलमा टोलीमा थिएनन् । […]

October 30, 2021

भारतले न्युजिल्यान्डसँग खेल्नुअघि सुधार गर्नुपर्ने तीन कमजोरी

एजेन्सी – भारतले आइसिसी टि२० विश्वकप २०२१ मा आइतबार पाकिस्तानसँग १० विकेटको लज्जास्पद हार बेहोर्न पुग्यो । सुपर १२ को समूह २ मा रहेको पाकिस्तानले विश्वकप इतिहासमै पहिलो पटक भारतलाई पराजित गरेको थियो । दुबई इन्टरनेशल क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५१ रन बनाएको […]

October 30, 2021

टि२० विश्वकपमा आज इंग्ल्यान्ड र अष्ट्रेलिया भिड्दै

एजेन्सी – आइसिसी टि२० विश्वकप सुपर १२ समूह १ को खेलमा आज दुई चर्चित टोली इंग्ल्यान्ड र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ मा दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ । दुबै टोली लगातार तेस्रो जितको सोचमा छन् । आजको विजेता टोलीको शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्ने सम्भावना बलियो […]

October 30, 2021

राशिदको विश्व कीर्तिमान

एजेन्सी – अफगानिस्तानका स्पिनर राशिद खानले टि२० आई क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन् । आइसिसी टि२० विश्वकप २०२१ सुपर १२ को समूह २ मा शुक्रबार राती पाकिस्तानसँगको खेलमा राशिदले टि२० आई खेलमा सर्वाधिक छिटो १ सय विकेट लिने बलरको कीर्तिमान बनाएका छन् । राशिदले मात्र ५३ इनिङमा टि२० आईमा १ सय विकेट पूरा गरेका छन् […]

October 30, 2021

दोस्रो जित निकाल्ने सोचमा दक्षिण अफ्रिका र श्रीलंका

एजेन्सी– आइसिसी टि२० विश्वकप २०२१ मा आज पहिलो खेलमा दक्षिण अफ्रिका र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ । सुपर १२ को समूह १ मा रहेका दुबै टोली दोस्रो जित निकाल्ने सोचमा छन् । शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्ने आशा कायमै राख्न आजको […]

Success

Thank you for your time.