default_image

फुटबल

January 4, 2019

‘२०१८ मेरो खेल जीवनको उत्कृष्ट वर्ष’-रोनाल्डो

टुरिन (एजेन्सी)– फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले सन् २०१८ आफ्नो खेल जीवनको सबैभन्दा उत्कृष्ट बर्ष रहेको बताएका छन् । अघिल्लो वर्ष रियल म्याड्रिडलाई लगातार तेस्रो वर्ष च्याम्पियन्स लिग जिताउन अगुवाई निर्वाह गरेका रोनाल्डो समरमा सिरि एको सफल टोली युभेन्ट्समा आबद्ध भएका थिए । रियलमा नौ वर्ष सफल यात्रा तय गरेका ३३ वर्षे रोनाल्डोले क्लब छाड्ने निर्णय […]

January 4, 2019

रियल म्याड्रिड र भिल्लारियलको बराबरी

एजेन्सी– युरोपको महारथी रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा भिल्लारियालसँग बराबरीमा रोकिएको छ । रियल भिल्लारियालसँग २–२ गोलको बराबरीमा रोकिएको हो । भिल्लारियालको मैदानमा बिहीबार राति भएको खेलमा रियालले खेलमा पछि परेर अग्रता बनाएपनि त्यसलाई जोगाउन नसक्दा अंक बाड्न बाध्य बन्यो । भिल्लारियालका सान्टी कार्जाेलाले दुई गोल गरे । रियलका करिम बेन्जेमा र राफेल भरानले […]

January 4, 2019

म्यानचेस्टर सिटीले लिभरपुललाई हरायो, शीर्षस्थानमा अग्रता घट्यो

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सिजनको पहिलो हार बेहोरेको छ । लिग अन्तर्गत बिहीबार राति भएको खेलमा सिटीसँग २–१ ले पराजित भएसँगै लिभरपुलले सिजनको पहिलो हार बेहोरेको हो । लिभरपुललाई प्रिमियर लिगमा पहिलो हार चखाउन घरेलु टोलीका सर्जियो अग्विरो र लिरोए सानेले गोल गरे । लिभरपुलका रोबर्टाे फिर्मिनोले गोल फर्काए । इतिहाद स्टेडियममा […]

January 3, 2019

एन्फाले एएफसी यू–१६ महिला छनोट दौरान भ्रष्ट्राचार गरेको आरोप

काठमाडौं (हाम्रो खेलकुद) – चार जिल्ला फुटबल संघ (काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ) ले नेपालमा आयोजना भएको एएफसी यु–१६ महिला फुटबल च्याम्पियनसिप छनोट प्रतियोगिता दौरान अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले भ्रष्टाचार गरेको आरोप लगाएका छन् । प्रतियोगिता सेप्टेम्बर महिनाको तेस्रो साता नेपालमा आयोजना भएको थियो । चार जिल्ला फुटबल संघले बिहिबार एक प्रेस […]

January 3, 2019

सुन्दरबजार र आयोजक त्रिवेणी फाइनलमा

लमजुङ (हाम्रो खेलकुद) – आयोजक त्रिवेणी युवा क्लब र सुन्दरबजार फुटबल क्लब लमजुङ सदरमुकाम शेसीसहरमा जारी २७औं त्रिवेणी कप राष्ट्रव्यापी पुरुष फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । बेसीसहरस्थित सहजी खेल मैदानमा बिहिबार भएको पहिलो खेलमा आयोजक त्रिवेणी युवा क्लबले एन्फा कास्की–११ लाई तथा सुन्दरबजारले उपाधिको दावेदार मानिएको बिवाईसी भोटेवडारलाई पराजित गर्दै उपाधि नजिक पुगेको […]

January 3, 2019

बाग्लुङमा ५ सय दर्शक क्षमताको प्याराफिट निर्माण सुरु

अर्जुन कार्की, बागलुङ बागलुङको बाङ्गेचौर खेलमैदानमा ५ सय ४० जना दर्शक क्षमताको फलामको प्याराफिट निर्माणकार्य सुरु गरिएको छ । जिल्ला फुटबल संघ बागलुङले बाङ्गेचौर खेलमैदानमा हुने फुटबल प्रतियोगितामा दर्शकहरुलाई सजिलोसँग हेर्नको लागि १६ लाखको लागतमा प्याराफिट निर्माण सुरु गरेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले जिल्लाको फुटबल मैदानहरुको पूर्वाधार निर्माणको लागि १० लाख रुपैयाँ […]

January 3, 2019

‘ए’ डिभिजन लिगको अन्तिम खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा)ले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम चरणको खेल तालिका बिहिबार सार्वजनिक गरेको छ । तालिका अनुसार अन्तिम चरणका चरणका लिग खेलहरु शनिबारबाट सुरु हुनेछ । अन्तिम चरणको पहिलो दिन दुई खेल हुनेछ । पहिलो खेलमा जावलाखेल युथ क्लब र च्यासल युथ क्लबले प्रतिस्पर्धा गर्दा […]

January 3, 2019

खप्तड गोल्डकपमा मनाङ, संकटा र रुस्लान थ्री स्टारले खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – सर्वाधिक धनराशीको मोफसल प्रतियोगिता तेस्रो नेपाल आईस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपमा लिग विजेता मनाङ मर्स्याङदी क्लब, उपविजेता सीएमजी क्लब संकटासँगै रुस्लान थ्री स्टार क्लब लगायतले सहभागिता जनाउने पक्का भएको छ । आयोजक नेपाल आइस सुदुरपश्चिम-११ फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । धनगढी […]

January 3, 2019

लिगको उत्कृष्ट युवा खेलाडीलाई ‘मणि विक्रम शाह युवा खेलाडी अवार्ड’ प्रदान गरिने

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीलाई ‘मणि विक्रम शाह युवा खेलाडी अवार्ड’  प्रदान गरिने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विज्ञप्तिमार्फत यसबारे जानकारी दिएको हो । राष्ट्रिय टोलीका पूर्व कप्तान स्वर्गीय मणि विक्रम शाहको स्मृतिमा पुरस्कार प्रदान गरिने भएको हो । यस […]

January 3, 2019

एन्फामा अनियमितता : राष्ट्रिय रेफ्री नबन्दै ‘फिफा रेफ्री’ नियुक्त

सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) ले सन् २०१९ को लागि फिफा रेफ्रीको नियुक्तिमा चरम अनियमितता गरेको छ । योग्य उम्मेदवार हुँदाहुँदै एन्फाले फिफा सहायक रेफ्रीका लागि सशस्त्र प्रहरी बलका सहदेव श्रेष्ठलाई सिफारिस गरेको छ । राष्ट्रिय रेफ्रीको मान्यता नै नपाएका उम्मेदवारलाई फिफा रेफ्रीमा नियुक्त गरेसँगै यसैपनि विवादमा रहेको रेफ्री क्षेत्र अर्को विवादमा […]

Success

Thank you for your time.