default_image

फुटबल

January 5, 2019

ठूला खेलका नायक सर्जियो अगुएरो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले शीर्ष स्थानमा रहेको लिभरपुललाई बिहीबार राति २–१ ले पराजित गर्दै उपाधि यात्रामा फर्कियो । खेलमा फरवार्ड सर्जियो अगुएरोले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो स्तर सिद्ध पारे । सिटीका लागि अगुएरोले पहिलो गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए । उनले ४०औं मिनेटमा बर्नाडो सिल्भाको पासलाई गोलमा परिणत गरेका […]

January 5, 2019

ट्रानमेरविरुद्ध टोटेनहमको सात गोल, लोरेन्टेको ह्याट्रिक

एजेन्सी – प्रिमियर लिग क्लब टोटेनहम हस्टपर एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । एफए कपको तेस्रो चरणमा टोटेनहमले दोस्रो श्रेणीको ट्रानमेर रोभर्समाथि ७–० को फराकिलो जित निकाल्दै चौथो चरणमा पुग्न सफल भएको हो । ट्रानमेरको घरेलु मैदानमा भएको खेलमा टोटेनहमको फराकिलो जितमा फर्नान्डो लोरेन्टेले ह्याट्रिक पूरा गर्दा सर्ज औरियरले २ गोल गरे । […]

January 4, 2019

उत्कृष्ट गोलरक्षक दावेदार : विकेश र विशालको टक्कर

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा असोज महिनादेखि सुरु भएको बिना रेलिगेसनको पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको अन्तिम चरण शनिबारदेखि सुरु हुँदैछ । लिगको उपाधि मनाङ मर्स्याङदीले जित्ने पक्का भइसकेको छ । संकटाले पनि पछिल्लो चरणमा रुस्लान थ्री स्टारलाई पराजित गर्दै लिग उपविजेतामा आफ्नो स्थान पक्का गरेको […]

January 4, 2019

खप्तड गोल्डकपको पूर्ण खेलतालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – मोफसलकै सर्वाधिक धनराशीको तेस्रो नेपाल आईस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ । आयोजक नेपाल आईस सुदूरपश्चिम स्पोर्ट्स क्लबले शुक्रबार गोल्डकपको पूर्ण खेल तालिका सार्वजनिक गरेको हो । पुस २४ गतेदेखि माघ ५ गतेसम्म धनगढीमा हुने प्रतियोगितामा कुल ११ खेल हुनेछ । प्रतियोगितामा सहभागी टोलीहरुलाई दुई पूलमा छुट्याएर […]

January 4, 2019

आयोजक त्रिवेणीलाई २७ औं त्रिवेणी कपको उपाधि

लमजुङ (हाम्रो खेलकुद) – आयोजक त्रिवेणी युथ क्लब २७औं त्रिवेणी कप च्याम्पियन बनेको छ । शुक्रबार भएको फाइनल खेलमा आयोजक त्रिवेणीले सुन्दरबजार युवा क्लबलाई १–० ले पराजित गर्दै २७औं संस्करणको त्रिवेणी कप च्याम्पियन बन्न सफल भएको हो । लमजुङ सदरमुकाम बेंसीसहरस्थित सहजी खेल मैदानमा आयोजकलाई च्याम्पियन बनाउन विदेशी खेलाडी मेन्साहले पहिलो हाफमा गरेको गोल नै […]

January 4, 2019

फिदिम स्पोर्टिङ क्लबलाई एनएमबि बैंकको साथ

दिपक बोहोरा,पाँचथर फाल्गुनन्द गोल्डकपको आयोजक फिदिम स्पोर्टिङ क्लबलाइ एनएमबि बैंक फिदिम शाखाले एक वर्षको लागी प्रायोजन गर्ने भएको छ । दशौं फाल्गुनन्द गोल्डकप सुरु हुने अघिल्लो दिन शुक्रबार फिदिम स्पोर्टिङ क्लब र एनएमबि बैंक शाखा फिदिम बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । खेलकुदको माध्यमबाट युवा सशक्तिकरण गर्ने कार्यमा फिदिम स्पोर्टिङ क्लब लागिरहेकाले क्लबसँग बैंकले […]

January 4, 2019

‘२०१८ मेरो खेल जीवनको उत्कृष्ट वर्ष’-रोनाल्डो

टुरिन (एजेन्सी)– फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले सन् २०१८ आफ्नो खेल जीवनको सबैभन्दा उत्कृष्ट बर्ष रहेको बताएका छन् । अघिल्लो वर्ष रियल म्याड्रिडलाई लगातार तेस्रो वर्ष च्याम्पियन्स लिग जिताउन अगुवाई निर्वाह गरेका रोनाल्डो समरमा सिरि एको सफल टोली युभेन्ट्समा आबद्ध भएका थिए । रियलमा नौ वर्ष सफल यात्रा तय गरेका ३३ वर्षे रोनाल्डोले क्लब छाड्ने निर्णय […]

January 4, 2019

रियल म्याड्रिड र भिल्लारियलको बराबरी

एजेन्सी– युरोपको महारथी रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा भिल्लारियालसँग बराबरीमा रोकिएको छ । रियल भिल्लारियालसँग २–२ गोलको बराबरीमा रोकिएको हो । भिल्लारियालको मैदानमा बिहीबार राति भएको खेलमा रियालले खेलमा पछि परेर अग्रता बनाएपनि त्यसलाई जोगाउन नसक्दा अंक बाड्न बाध्य बन्यो । भिल्लारियालका सान्टी कार्जाेलाले दुई गोल गरे । रियलका करिम बेन्जेमा र राफेल भरानले […]

January 4, 2019

म्यानचेस्टर सिटीले लिभरपुललाई हरायो, शीर्षस्थानमा अग्रता घट्यो

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सिजनको पहिलो हार बेहोरेको छ । लिग अन्तर्गत बिहीबार राति भएको खेलमा सिटीसँग २–१ ले पराजित भएसँगै लिभरपुलले सिजनको पहिलो हार बेहोरेको हो । लिभरपुललाई प्रिमियर लिगमा पहिलो हार चखाउन घरेलु टोलीका सर्जियो अग्विरो र लिरोए सानेले गोल गरे । लिभरपुलका रोबर्टाे फिर्मिनोले गोल फर्काए । इतिहाद स्टेडियममा […]

January 3, 2019

एन्फाले एएफसी यू–१६ महिला छनोट दौरान भ्रष्ट्राचार गरेको आरोप

काठमाडौं (हाम्रो खेलकुद) – चार जिल्ला फुटबल संघ (काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ) ले नेपालमा आयोजना भएको एएफसी यु–१६ महिला फुटबल च्याम्पियनसिप छनोट प्रतियोगिता दौरान अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले भ्रष्टाचार गरेको आरोप लगाएका छन् । प्रतियोगिता सेप्टेम्बर महिनाको तेस्रो साता नेपालमा आयोजना भएको थियो । चार जिल्ला फुटबल संघले बिहिबार एक प्रेस […]

Success

Thank you for your time.