default_image

फुटबल

December 28, 2018

किरणलाई माल्दिभ्सको उत्कृष्ट गोलरक्षक उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– टिसी स्पोर्टसलाई माल्दिभ्सको धिवेही प्रिमियर लिग च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङले माल्दिभ्स फुटबलको वर्षको उत्कृष्ट गोलकिपरको उपाधि जितेका छन् । यो अवार्ड माल्दिभ्स फुटबल डट कम र माल्दिभ्स फुटबल संघले संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रम हो । उनीसँगै न्यू रेडियन्टका मोह्मम फेजल र क्ल्ब इगल्सका सुजन […]

December 28, 2018

पुलिसले रुस्लान थ्री स्टारलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबारको दोस्रो खेलमा नेपाल पुलिस क्लबले रुस्लान थ्री स्टार क्लबलाई ३-१ ले पराजित गरेको छ । पहिलो हाफमै एक गोलले पछाडी परेपनि पुलिसले उत्कृष्ट पुनरागमन गर्यो । खेलको नवाैं मिनेटमा थ्री स्टारका सुनिल बलकाे प्रहार पोस्टभन्दा थाेरै बाहिरियाे । १३अाैं मिनेटमा निराजन खड्काकाे पासमा […]

December 28, 2018

सरस्वतीमाथि आर्मीको फराकिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार त्रिभुवन आर्मी क्लबले सरस्वती युवा क्लबलाई ४-० ले पराजित गरेको छ । आर्मीको जितमा भरत खवासले २ तथा नवयुग श्रेष्ठले १ गोल गरे । आर्मीले खेलको सातौं मिनेटमा नै अग्रता लिएको थियो । दिपक गुरुङको क्रसमा नवयुग श्रेष्ठले ६ यार्ड बक्स नजिकबाट हेडरमार्फत […]

December 28, 2018

रोनाल्डोको चुनौतीलाई मेसीले जवाफ फर्काए

एजेन्सी – युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले केहि साता अघि बार्सिलोनाका कप्तान लिओनेल मेसीलाई स्पेन छाडेर इटालीमा आउन चुनौती दिएका थिए । उक्त चुनौतीलाई मेसीले जवाफ दिएका छन् । इटालीको प्रतिष्ठित ला गजेटा डेलो स्पोर्ट ले लिएको अन्तर्वार्तामा रोनाल्डोलाई मेसीसँगको प्रतिस्पर्धा कतिको मिस भएको छ भन्ने प्रश्न गरिएको थियो । उक्त प्रश्नमा उनले मेसीसँगको प्रतिस्पर्धा […]

December 28, 2018

रियलमै रहेर सन्यास लिने मोड्रिचको इच्छा !

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका मिडफिल्डर ब्यालोन डी ओर विजेता लुका मोड्रिचले रियलमा रहरै खेल जीवनबाट सन्यास लिने इच्छा रहेको बताएका छन् । उनले अबको उद्देश्य रियलमै रहेर खेल जीवनबाट विश्राम लिनु रहेको प्रष्ट पारेका हुन् । सिजनको सुरुवातमा रियलसँग सम्झौताका विषयमा केहि असन्तुष्ट रहेको भनिएका ३३ वर्षे मोड्रिच इन्टर मिलान जाने चर्चा पनि चलेको थियो […]

December 27, 2018

आयोजक र पिएफए फारवेष्ट पशुपति कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– आयोजक फारवेष्ट पशुपति युवा क्लब र पिएफए अत्तरिया फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । धनगढी रंगशालामा बिहिबार भएको क्वार्टरफाइनलमा आयोजक फारवेष्टले नबोबुद्ध युगा क्लबलाई ३–२ ले हराएको छ । त्यस्तै पहिलो खेलमा पिएफएले मनकामना युवा क्लब जुगेडालाई १–० ले हराएको थियो । आशिष श्रेष्ठले १२ औं मिनेटमा गरेको गोल […]

December 27, 2018

‘अपराजित रहेर लिग उपाधि जित्नुपर्छ’ – मनाङका विंगर अन्जन

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगको उपाधि विजेता मनाङ मर्स्याङदी क्लबका विंगर अन्जन विष्टले अपराजित रहेर उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । मनाङले बिहिबार लिगको दोस्रो स्थानमा रहेको सीएमजी क्लब संकटालाई ३-१ ले पराजित गर्दै लिग उपाधि पक्का गरेको हो । मनाङले लगातार ११ औं जित दर्ता गर्दै शत प्रतिशत […]

December 27, 2018

‘ गोल र उपाधि बोजुलाई समर्पण’ – मनाङ मिडफिल्डर पुजन

काठमाडौं (हाम्रो खेलकुद) – मनाङ मर्स्याङदी क्लब मिडफिल्डर पुजन उपरकोटीले संकटाविरुद्धको जितमा गरेको गोल र त्यसको नतिजामा क्लबले जितेको लिग उपाधि आफ्नो दिवंगत बोजुलाई समर्पित गरेका छन् । मिडफिल्डर पुजनकी बोजुको केहि दिन अघिमात्र स्वोर्गरोहण भएको थियो । पुजनले संकटाविरुद्ध गरेको गोल आफ्नी बोजुलाई समर्पित गरेको हाम्रो खेलकुदलाई बताए । ‘ मेरो गोल र यो उपाधि […]

December 27, 2018

‘सबैको मिहिनेतले सफल भयौं’ – मनाङका गोलरक्षक विशाल

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो स्थानको सीएमजी क्लब संकटालाई ३-१ ले पराजित गर्दै मनाङ मर्स्याङदी क्लबले बिहीबार पल्सर सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको छ । मनाङको लिग उपाधिमा महत्त्वपूर्ण भूमिका खेलेका गोलरक्षक विशाल श्रेष्ठले सबैको मिहिनेतकै कारण लिग जित्न सफल रहेको बताए । ‘ लिगको सबै खेल कठिन थिए । सबै खेलमा ३ […]

December 27, 2018

लिग जितेपछि हर्षविभोर मनाङ मर्स्याङदी (फोटोफिचर)

काठमाडौं (हाम्रो खेलकुद) – मनाङ मर्स्याङदी क्लबले बिहिबार लिगको दोस्रो स्थानको सीएमजी क्लब संकटालाई ३-१ ले पराजित गर्दै लिग उपाधि पक्का गर्यो । किर्तीमानी आठौं उपाधि जित्ने क्रममा मनाङले ११ मध्ये ११ खेलमा नै जित हात पारेको छ । शत प्रतिशत जित नतिजासहित लिग उपाधि पक्का गरेको मनाङले खेलदौरान यसरी खुसी मनाएको थियो :

Success

Thank you for your time.