default_image

फुटबल

December 28, 2022

दीपक मनांगेले पनि स्पेनी क्लब कासेरेनोविरुद्ध खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशको प्रदेश सभा सांसद राजीव गुरुङ उर्फ दीपक मनांगेले स्पेनिस टोली कासेरेनो सिपिविरुद्ध गण्डकी ११ को टोलीबाट खेल्ने भएका छन् । मनांगे हाल गण्डकी प्रदेशको खेलकुद मन्त्री समेत हुन् । पोखरा रंगशालामा बुधबार दिउँसो २ बजे हुने खेलमा गण्डकीले अनिल गुरुङको कप्तानीमा टोली घोषणा गरेको थियो । सुरुवाती टोलीमा मन्त्री […]

December 28, 2022

म्यानचेस्टर युनाइटेडको सानदार जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सानदार जित निकालेको छ । युनाइटेडले घरेलु मैदानमा नटिङहम फरेस्टमाथि ३–० को सानदार जित आत्मसात गरेको हो । युनाइटेडको जितमा मार्कस रासफर्ड, एन्थोनी मार्सियाल र फ्रेडले गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल भएको थियो । ओल्ड ट्राफोर्डमा मंगलबार राति भएको खेलको १९औं मिनेटमा […]

December 28, 2022

अन्जन मनाङ छोडेर चर्च ब्वाइजमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका‌ फरवार्ड अन्जन विष्टले मनाङ मर्स्याङ्दी क्लब छोडेर नवप्रवेशी चर्च ब्वाइज युनाइटेडबाट खेल्ने भएका छन् । मनाङको कप्तान समेत रहेका अन्जनले नयाँ सिजनका लागि चर्च ब्वाइजसँग एक‌ वर्षको सम्झौता गरेका हुन् । मनाङबाट पहिलो सिजनमै लिग उपाधि जितेका अन्जनले क्लबका लागि उत्कृष्ट प्रदर्शन गरे । मोफसलमा आहा! गोल्डकप, बुढासुब्बा गोल्डकप […]

December 28, 2022

हाभर्टज र माउन्टको गोलमा चेल्सीको जित

एजेन्सी – जर्मन फरवार्ड काई हाभर्टज र इंग्लिस फरवार्ड मेसन माउन्टको गोलमा लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा पाँच खेलपछि जित हात पारेको छ । घरेलु मैदानमा चेल्सीले बर्नमाउथमाथि २–० को सहज जित हात पारेको हो । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो ।स्टामफोर्ड ब्रिज लन्डनमा मंगलबार राति भएको खेलको १६औं मिनेटमा हाभर्टजको गोलबाट […]

December 27, 2022

आयुष र सुनिलसहित ६ खेलाडी संकटामा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका विंगरद्वय आयुष घलान र सुनिल बलसहित ६ खेलाडी संकटा क्लबमा अनुबन्धित भएका छन् । संकटाले आफ्नो सामाजिक संजालमार्फत खेलाडी अनुबन्धन गरेको सार्वजनिक गरेको छ । आयुष र सुनिलसँगै डिफेन्डरद्वय गौतम श्रेष्ठ र निशान खड्का, मिडफिल्ड र सुरज जिउ ठकुरी र गोलरक्षक टिकेन्द्र थापा संकटामा अनुबन्ध भएका हुन् । […]

December 27, 2022

अनन्तलाई फुटबलको प्रतिष्ठित सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङलाई नेपाली फुटबलको प्रतिष्ठित मध्यको सम्मान प्रदान गरिने भएको छ । सहारा क्लब पोखराले अनन्तलाई वर्षको उत्कृष्ट खेलाडी सम्मान प्रदान गर्न लागेको हो । राष्ट्रिय टोलीबाट सन् २०१५ देखि नियमित खेल्दै आएका अनन्तले राष्ट्रिय टोलीबाट साफ च्याम्पियनसिपको फाइनल खेलेका थिए । त्यसबाहेक उनले क्लब फुटबलमा […]

December 27, 2022

महिला यू२० को प्रारम्भिक टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय यू२० महिला टोलीको लागि प्रारम्भिक चरणमा ४१ खेलाडी छनोट गरेका छन् । मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले मंगलबार प्रारम्भिक चरणमा ४१ सदस्यीय टोली घोाष्णा गरेका हुन् । टोलीले ढाकामा सन् २०२३ को फेब्रुअरी ३ देखि ९ सम्म हुने साफ यू–२० महिला च्याम्पियनसिपमा भाग लिनेछ । प्रारम्भिक […]

December 27, 2022

डच विंगर गाक्पो लिभरपुलमा जाने पक्का

एजेन्सी – इंग्लिस क्लब लिभरपुलले नेदरल्यान्ड्सका विंगर फरवार्ड कोडी गाक्पोलाई पीएसभी आइन्डहोभनबाट अनुबन्ध गर्न सहमत भएको डच क्लबले जनाएको छ । २३ वर्षीय गाक्पोले फिफा विश्वकप कतार २०२२ मा नेदरल्यान्ड्सलाई क्वार्टरफाइनलसम्म पु¥याउन तीन गोल गर्दै प्रभावशाली प्रदर्शन गरेका थिए । गाक्पोको शुल्क ४० देखि ५० मिलियन युरो हुने अपेक्षा गरिएको छ । पिएसभीले गाक्पो सम्झौता […]

December 27, 2022

आर्सनलको सानदार पूनरागमन जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनलले सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर आर्सनलले वेस्ट ह्याम युनाइटेडमाथि ३–१ को सानदार पूनरागमन जित निकालेको हो । आर्सनलको पूनरागमन जितमा बुकायो साका, गाब्रिएल मार्टिनेली र इडवार्ड एनकेइटाले गोल गरे । वेस्ट ह्यामका सेड बेनरहमाको गोल सान्त्वना बन्यो । […]

December 27, 2022

सलाह चम्कँदा लिभरपुलकाे सहज जित

एजेन्सी – फरवार्ड मोहम्मद सलाहले गोलसँगै असिस्ट प्रदान गरेपछि इंग्लिस प्रिमियर लिगमा लिभरपुलले सहज जित हात पारेकाे छ । लिभरपुलले घरेलु टाेली एस्टन भिल्लामाथि ३–१ काे सहज जित हात पारेकाे हाे । लिभरपुलकाे जितमा माेहम्मद सलाह, भर्जिल भान डाइक र स्टेफन बाजसेटिकले गाेल गरे । घरेलु टाेली भिल्लाका ओली वाट्किन्सले एक गाेल फर्काए । भिल्ला […]

Success

Thank you for your time.