default_image

फुटबल

November 1, 2021

मिलानले रोमालाई हरायो

एजेन्सी – इटालियन सिरी ‘ए’ मा एसी मिलानले रोमालाई पराजित गरेको छ । १० खेलाडीमा समेटिएको मिलानले घरेलु टोली रोमामाथि २–१ को जित हात पारेको हो । रोमामा आइतबार राति भएको खेलमा मिलानको जितमा ज्लाटन इब्राहिमोभिच र फ्रान्क केस्सीले गोल गरे । घरेलु टोलीका स्टेफन अल सरावेले एक गोल फर्काए । खेलको २६औं मिनेटमा ज्लाटन […]

October 31, 2021

झापा र खुमलटार भेट्रान्सको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – झापा भेट्रान्स र खुमलटार भेट्रान्सले फुटबलर्स मिसन टुगेदरद्वारा आयोजित मेयर कप भेट्रान्स कपको उपाधिका लागि खेल्ने भएका छन् । आइतबार भएको सेमिफाइनलमा झापाले त्रिभुवन आर्मी भेट्रान्स क्लब तथा खुमलटारले सानो गौचरण नाइट किङ क्लबलाई पराजित गरेको हो । झापाले आर्मीलाई दोस्रो हाफमा दुई गोल गर्दै २-० ले पराजित गर्यो । झापाका […]

October 31, 2021

नेपाल गोलविहिन र अंकविहिन हुँदै बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू-२३ राष्ट्रिय फुटबल टोली एएफसी यू-२३ एसियन कप छनोट अन्तर्गत समूह बी मा लगातार तेस्री हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । आइतबार भएको समूहको अन्तिम खेलमा नेपाल लेबनानसँग ४-० ले पराजित भयो । पहिलो हाफमा १-० ले पछि परेको नेपालले दोस्रो हाफमा ३ गोल खाएको थियो । खेल अवधिभर नै […]

October 31, 2021

रारा फुटबल क्लब बेलबारी गोल्डकपको सेमिफाइनलमा

बेलबारी (हाम्रो खेलकुद) – रारा फुटबल क्लब राजारानी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मोरङको लक्ष्मीमार्गमा जारी प्रतियोगितामा आइतबार भएको चौथो क्वाटरफाइनलमा रारा फुटबल क्लबले घरेलु टोली डागीहाट युथ क्लब लक्ष्मीमार्ग मोरङलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । रारा फुटबल क्लबको जितमा ग्लोरी र योगेश […]

October 31, 2021

खेलकुद मन्त्रीको निमन्त्रणामा अलमुताइरी मन्त्रालय पुगे

काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं फर्केको भोली पल्ट आइतबार राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजसँग भेट गरेका छन् । मन्त्री गहतराजले उनलाई सिंहदरबारस्थित मन्त्रालयमा अलमुताइरीलाई स्वागत गरेका थिए । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय समेत रहेको मधुसुदन उपाध्यायका अनुसार मन्त्री गहतराजले अलमुताइरीलाई स्वागत गर्दै फुटबल […]

October 31, 2021

थप संकटमा बार्सिलोना

एजेन्सी – बार्सिलोनाको समस्या घट्नुको सट्टा बढी रहेको छ । यसैपनि चोटग्रस्त खेलाडीको लामो सुची रहेको बार्सिलोनालाई शनिबार एलाभेससँग खेल्दा समस्या थपिएको छ । खेलाडीको समस्याका कारण अन्तरिम प्रशिक्षक सर्जी बार्जुवाले खेलका दौरान दुई परिवर्तन गर्न बाध्य भए । सर्जियो अगुएरोलाई सास फेर्न गाह्रो भएपछि पहिलो हाफमा उनलाई परिवर्तन गर्नुपरेको थियो । अर्जेन्टिनी फरवार्डलाई थप […]

October 31, 2021

एएफसी यू २३ छनोट- नेपाल र लेबनान भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)– ताजिकिस्तानमा रहेको नेपाली युवा टोली सुखद अन्त्यको अपेक्षाका साथ आइतबार लेबनानविरुद्ध उत्रदैछ । एएफसी यू २३ को समूह चरणमा प्रतिस्पर्धा गर्न गएको नेपाली टोलीले सुरुवाती दुई खेलमा पराजय भोगेको थियो । नेपाल र लेबनानबीचको खेल आइतबार दिउँसो ४ः४५ बजे रिपलिब्लकन सेन्ट्रल स्टेडियममा सुरु हुनेछ । नेपाल मात्र होइन लेबनानले पनि अघिल्ला दुवै […]

October 31, 2021

बार्सिलोना बराबरीमा रोकियो

एजेन्सी – क्याटलान क्लब बार्सिलोना घरेलु मैदानमा डिपोर्टिभो एलाभेससँग बराबरीमा रोकिएको छ । अग्रता जोगाउन नसक्दा बार्सिलोना एलाभेससँग १–१ गोलको बराबरीमा रोकिएको हो । क्याम्प नोउमा शनिबार राति भएको खेलमा बार्सिलोनाका लागि मेम्फिस डिपाएले गोल गर्दा एलाभेसका लुइस रियोजाले बराबरी गोल फर्काए ।८० प्रतिशत बल पोसेसन राखेपनि बार्सिलोनाले एलाभेसलाई हराउन सकेन । ४९औं मिनेटमा मेम्फिस […]

October 31, 2021

आर्सनलको जित, लिभरपुल रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनलले जित निकाल्दा लिभरपुल बराबरीमा रोकिएको छ । आर्सनलले घरेलु टोली लेस्टर सिटीलाई २–० ले पराजित गरेको हो । किङ पावर स्टेडियममा शनिबार राति भएको खेलमा आर्सनलको जितमा गाब्रियल र इमिल स्मिथ रोवीले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलको पाँचौ मिनेटम नै […]

October 31, 2021

जेम्स चम्कदा चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस मिडफल्डर रिस जेम्सको दुई गोल तथा जर्गिन्होको एक गोल मद्दतमा लन्डन क्लब चेल्सीले सानदार जित दर्ता गरेको छ । चेल्सीले घरेलु टोली न्युक्यासल युनाइटेडमाथि ३–० को सहज जित हात पारेको हो । सेन्ट जेम्स पार्कमा चेल्सीको सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो । शनिबार राति भएको खेलमा चेल्सीले खेलको ६५औं […]

Success

Thank you for your time.