default_image

4 years ago

April 14, 2020

कमला हिराचन – ‘बेस्सरी बल हान्न सक्ने टोलीमा छानिन्थ्यो’

103 views

0 Bookmark

कप्तान कथन

कमला हिराचन – पूर्व कप्तान,महिला राष्ट्रिय फुटबल टोली

फुटबल खेल्ने रहर त सानै देखि नै थियो । तर परिवारबाट कहिल्यै सहयोग पाइएन । केटीहरुले केटाको खेल खेल्न हुँदैन । हातखुट्टा भाँचिन्छ भनेर डराउने प्रयास पनि हुन्थ्यो नै । परिवारले मञ्जुरी नदिँदासमेत हामीले खेल्न छाडेनौं । विद्यालय जीवनमा प्रायः भलिबल खेलियो ।

विद्यालयस्तरीय वीरेन्द्र सिल्ड हुन्थ्यो, खेल्ने मौका कहिल्यै छुटाउँदैन थियौं । फुटबल भने पहिलो पटक २०३९ सालमा खेलियो । त्यसबेला शुभजन्मोत्सव कप महिला फुटबल प्रतियोगिता हुन्थ्यो । पहिलो पटक त्यही प्रतियोगितामा खेलेको हो, लुम्बिनी अञ्चलबाट । हुन त मेरो जन्म २०२५ सालमा कास्कीको सिसुवामा भए पनि हाम्रो बसाइ बुटवलमा सर्यो । २ दाजु र ४ दिदीबहिनीमा कसैले खेलकुदमा रुचि देखाएनन् । तर, म भने खेलमा निकै आकर्षित भएँ ।

पहिलो पटक लुम्बिनी अञ्चलका लागि खेल्दा भलिबल खेलाडीलाई फुटबल खेल्ने मौका दिने निर्णय भएको रहेछ । त्यसबेला महिला खेलाडीको निकै अभाव हुन्थ्यो । अनि जसले बल बेस्सरी हान्न सक्यो, त्यो टोलीमा छानिन्थ्यो । म पनि त्यसरी नै फुटबल टोलीमा छानिए । जीवनमा पहिलोपटक खेलेको प्रतियोगितामा दोस्रो भइयो । रमा सिंहको नेतृत्वमा रहेको बागमती निकै राम्रा थियो, त्यसबेला । हाम्रो कप्तान भगवती थापा हुनुहुन्थ्यो । उहाँ जस्तो मिडफिल्डर मैले नेपालमा अर्को देखिनँ ।

म लास्ट डिफेन्समा खेल्थेँ । साथीहरु साह्रै राम्रो खेल्छस पनि भन्थे । दोस्रो राष्ट्रिय खेलकुदमा पनि खेलेँ । दोस्रो राष्ट्रिय खेलकुदमा पनि दोस्रो नै भइयो । भनियो नि, बागमतीलाई जित्नै नसक्ने । तर, २०४५ सालमा एकपटक हराइयो पनि । त्यसबेला प्रतियोगिता नै कम हुन्थे । त्यसमाथि अन्तर्राष्ट्रिय प्रतियोगिता त हुँदैन थिए ।

पहिलो पटक सन् १९८६ मा बनाइएको महिला राष्ट्रिय टोलीमा म पनि छानिएँ । त्यो टोलीको कप्तान रमा सिंह हुनुहुन्थ्यो । त्यसबेला हामीले हङकङमा आयोजित एसियन कप खेल्यौंँ । हामीले इतिहास रच्यौं , नेपाली महिला राष्ट्रिय टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतिोगितामा सहभागिता जनाएको । थप इतिहास रच्न पाइएन, हामी थाइल्यान्ड र ताइवानसँग पराजित हुँदै फर्कियौं । त्यो पनि सोच्दै चित्तदुख्दो पराजय । अनि १९८९ मा मेरै नेतृत्वमा हामी हङकङ गयौं । त्यहीँ प्रतियोगिता खेल्न । १९९० मा भारतको त्रिवेन्द्रममा आयोजित फेडेरेसन कपमा समेत मैले नेतृत्व गरेँ, खेलेँ ।

नेपालमा खेल्ने वातावरण छैन भन्ने जस्तो लाग्न पनि थाल्यो । परिवारले ठिकै भनेको रहेछ कि भन्ने पनि लाग्यो । खेल्ने चाहना उत्कृर्षमा हुँदा जसरी समयक्रमसँगै खेल्न सकिँदैन रहेनछ । अनि २०४६ सालमा चटक्कै फुटबलको माया मारेँ । केही समय परिवारसँगै विदेश पनि बसियो । तर, राष्ट्रको मायाले छाडेन अनि यतै फर्किएँ ।

५० वर्षसमेत नपुगेका यो जीवनमा धेरै भोगियो, धेरै देखियो । तर, आज सोच्दा अलि छिट्टै जन्मियो कि जस्तो लाग्छ । यो समयमा खेलाडी बन्न पाएको भए खेल्ने केही बढी मौका पाइन्थ्यो कि भन्ने समेत लाग्छ । हाम्रो समयमा प्रशिक्षण नै राम्रो हुँदैन थियो । एक हप्ता प्रशिक्षण लिएर खेल्न जानुपथ्र्यो ।

घरबाट छुट्टी पाउन जिल्ला खेलकुद विकास समितिका पदाधिकारीले नै परिवारलाई मनाईदिनुपथ्र्यो । तैपनि, खेल्न जाँगरकै कारण परिणामको बेवास्ता गर्दै खेलियो । पहिलो दुई पटक हङकङमा खेल्दा खेम गुरुङ प्रशिक्षक हुनुहुन्थ्यो । त्रिवेन्द्रममा भने भीम थापा गुरुले प्रशिक्षण दिनु भएको थियो ।
लाग्छ पुरुष टोलीले झैं हामीले पनि सुविधा पाएको भए निकै राम्रो खेल्न सक्थ्यौं । हाम्रो मुलुक अहिले त एसियाली स्तरको भइसक्थ्यो कि जस्तो लाग्छ । अहिले पनि ढिला भएको छैन । नेपालमै प्रतियोगिता नियमित आयोजना हुने अनि विदेशमा पनि खेलेर अनुभव सँगाल्ने हो भने नेपाली महिला टोलीले निकै राम्रो गर्थे भन्ने विश्वास छ ।

तर, विद्यालयस्तर देखि एकेडेमी भने सञ्चालन गर्नुपर्छ । त्यसबेला हामीलाई अखिल नेपाल फुटबल संघले पनि हेर्दैन थियो । जे गथ्र्यो, राष्ट्रिय खेलकुद परिषद्ले गथ्र्यो, अवस्था यस्तो थियो कि प्रतियोगिता खेल्दा दिइने बुट र जर्सीसमेत फिर्ता दिनुपथ्र्यो । सधै प्रशिक्षण पाइँदैन थियो । अनि टोलीका भाइहरुसँग फुटबल खेल्नुपथ्र्यो ।

हामीले प्रसिद्ध फुटबलर वसन्त थापा भाईसँग समेत अभ्यास गरेका छौं । सोच्दा हाँस उठ्छ । अनिल प्रशिक्षण मै छानिँदा पनि पर्याप्त मात्रामा खेल्ने बलसमेत हुँदैन थियो । मात्र एउटा बलमा अभ्यास गर्नुपथ्र्यो । आजकाल प्रशिक्षणमा मैदानभरि बल छरिएका देखेर आनन्द आउँछ । समय बदलिएजस्तो लाग्छ ।

साभार– फुटबलर्स मिसन टुगेदर्सले प्रकाशित गरेको फुटबलरको समर्पण फुटबलरलाई नामक स्मारिकाबाट गरिएको हो । मिसनसँग हाम्रो खेलकुद डटकमले अनलाइन सहकार्य गरेकाले आउने दिनमा स्मारिकामा रहेका अन्य लेख क्रमश: प्रकाशित हुनेछ ।

समर्पण फुटबलरका अन्य लेखहरु :

गणेश थापा – ‘फुटबलप्रति कुनै गुनासो छैन’

बाबुराम पुन – ‘मनबाट देशको माया कहिल्यै टाढा गएन’

अच्युतकृष्ण खरेल- ‘जति खेलियो कप्तानी नै गरियो’

राजुकाजी शाक्य – ‘रगत मै बगेको छ, फुटबल’

दीपक अमात्य – ‘जहाँ बसे पनि चिन्ता नेपाली फुटबलकै’

उपेन्द्रमान सिंह – ‘फुटबल बाहेक केही जानिन’

बालगोपाल महर्जन – ‘खेलाडी जीवनभन्दा प्रशिक्षक बन्न कठिन’

हरि खड्का- ‘फुटबलको नशाले कहिल्यै छोड्दैन’

राकेश श्रेष्ठ – ‘नेपालका लागि खेल्नु नै अमूल्य कमाइ’

अनिल गुरुङ -‘फुटबलबाट नाम र दाम दुवै कमाए’

विराज महर्जन – ‘फुटबलले जीवन बुझायो’

रमा सिंह – ‘नियम बनेपछि सारी लगाएरै फुटबल खेलौंला’

June 26, 2024

बराबरीसँगै इंग्ल्यान्ड समूह विजेता, सर्बिया बाहिरियो

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२४ अन्तर्गत समूह सी अन्तर्गत अन्तिम चरणको दुवै खेल बराबरीमा सकिएको छ । जर्मनीको कोल्नमा इंग्ल्यान्ड र स्लोभेनियाको खेल गोलरहित बराबरीमा सकिँदा डेनमार्क र सर्बियाको खेलमा पनि गोल हुन सकेन । यससँगै इंग्ल्यान्ड ५ अंकका साथ समूह विजेताको रुपमा अन्तिम १६ मा अघि बढेको छ । डेनमार्क र स्लोभेनियाले पनि अन्तिम […]

June 26, 2024

फ्रान्स पोल्याण्डसँग इनबराबरीमा रोकियो

एजेन्सी – युरो कप २०२४ को समूह चरणको अन्तिम खेलमा फ्रान्स पोल्याण्डसँग बराबरीमा रोकिएको छ । पोल्याण्ड विरुद्ध १-१ को बराबरी खेलेसँगै फ्रान्सले समूह विजेता बन्ने मौका गुमाएको छ । गोलका लागि निकै संघर्ष गर्नु परेको खेलमा फ्रान्सले ५६औं मिनेटमा पेनाल्टी मार्फत अग्रता लिएको थियो । उसमान डेम्बेले माथि भएको फाउल पछि पाएको पेनाल्टीमा चोट […]

June 26, 2024

फ्रान्स र नेदरल्याण्ड्स रहेको समूहमा अष्ट्रिया विजेता

एजेन्सी – फ्रान्स र नेदरल्याण्ड्स भन्दा अघि रहँदै अष्ट्रियाले युरो कप २०२४ समूह डि मा शीर्ष स्थान हासिल गरेको छ । समूह चरणको अन्तिम खेलमा नेदरल्याण्ड्स माथि ३-२ को रोमाञ्चक जित हात पार्दै समूह विजेताका रुपमा अष्ट्रिया अन्तिम १६ मा प्रवेश गरेको हो । ३ खेलमा २ जित हासिल गरेको अष्ट्रियाको ६ अंक रह्यो । […]

Success

Thank you for your time.