6 years ago
April 15, 2020
कप्तान कथन
मीरा चौधरी – पूर्व कप्तान, राष्ट्रिय महिला फुटबल टोली
फुटबल खेलाडीका रुपमा मेरो उदय २०४० सालमा पोखरामा भएको दोस्रो राष्ट्रिय खेलकुदबाट भएको थियो । हुन त त्यसअघि विद्यालयस्तरीय वीरेन्द्र सिल्डमा खेल्थेँ नै । तर, विद्यालय जीवनमा धेरै समय भलिबल खेलेर बित्यो ।

वीरगन्जको श्रीपुरमा जन्मिएकी म, परिवारबाट पनि खेल्ने हौसला नै मिलेको थियो । बुबा वीरेन्द्र चौधरी पत्रकार मात्र नभएर राजनीतिमा पनि सक्रिय हुनुहुन्थ्यो । उहाँले पहिलो राष्ट्रिय खेलकुदमा समेत मलाई खेलाउने प्रयास गर्नुभयो । त्यसबेला र अहिेको समाज हेर्दा आफूलाई गर्व लाग्छ । म त खेलकुद चेतनाले सजिएका पिताकी छोरी पो रहेछु । त्यसैले होला खेलमा लाग्न संघर्ष पनि गर्नपरेन ।
हुन त पहिलो राष्ट्रिय खेलकुदमा नै नारायणी अन्चलबाट मेरो प्रतिनिधित्व हुनुपर्ने । तर, वीरगन्जमा महिला फुटबलको टोली त के खेलाडी समेत थिएनन् । टोलमा दाईहरुसँग मिलेर फुटबल खेल्ने रहर पूरा गर्थेँ म । टोली नै नभएका कारण छनोट पनि भएन । बुबाको मलाई राष्ट्रिय खेलकुदमा खेलाउने पहिलो प्रयास पूरा नभए पनि दोस्रोमा सफल भएँ ।
तेस्रो राष्ट्रिय खेलकुदपछि म राष्ट्रिय टोलीमा छानिएँ । अनि सन् १९८९ मा कमला हिराचनको नेतृत्वमा हङकङमा गएर खेलें पनि । फिलिपिन्समा आयोजित १२ औं एसियन कपमा आफ्नै नेतृत्वमा खेल्न पनि गएँ । २०४९/५० मा राष्ट्रिय खेलकुद परिषद्मा सहायक प्रशिक्षकमा रुपमा काम गरेँ ।
तर किन हो प्रहरी सेवाको मोहले तान्यो । आठौं राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि त प्रहरीको टोली बनाएरै भाग लिइयो । पहिलो पनि भयौं । मेरै टोलीका समकक्षी किरण राणा र किरण बज्राचार्य समेत प्रहरी सेवामै त्यो पनि एकै ब्याचमा भर्ना भएका कारण हामीलाई प्रहरीको टोली बनाउन सजिलो पनि भयो ।
सुरुवाती दिनमा हामी रहरका लागि खेल्थ्यौं । अनि खल्ने जाँगर पनि थियो , मिडफिल्डमा खेल्दा उत्साह झन् बढ्थ्यो । फुटबलप्रति हाम्रो आकर्षण नमरोस् भन्नेमा पनि चिन्तित थियौंँ, हामी दौँतरीहरु । नत्र कुनै बेला यो खेल नै लोप भइसक्थ्यो कि भन्ने जस्तो पनि लाग्छ । त्यही भएका कारण साथीभाई मिलेर विभिन्न अञ्चलको टोली बनाउँथ्यौं, रकम उठाउँथ्यौं अनि प्रतियोगिता नै आयोजना गर्थ्यौं । यस्तो थियो, फुटबलप्रतिको हाम्रो लगाव ।

हाम्रो समयमा राष्ट्रिय टोलीमा समान्यतया एक डेढ महिना मात्र बन्द प्रशिक्षणमा राखिन्थ्यो । त्यही पनि हामी पूरा आत्मविश्वासका साथ मैदानमा उत्रन्थ्यौं नै । मलाई लाग्छ, त्यो समयको महिला फुटबलको अवस्थालाई हेर्दा त्यो पनि ठूलै कुरा हो भन्ने जस्तो लाग्छ । अहिले महिला फुटबल टोलीका प्रतियोगिताहरुको संख्या उल्लेखनीय छ ।
नेपाल प्रहरी, शसस्त्र प्रहरी र सेनाले फुटबलाई बचाउन हरसम्भव कोसिस गरिरेकै छन् । खेलाडी जोगाइराखेका छन् । क्लबस्तरमा पनि केहीले प्रयास गरेकै हुन् । तर टोली बनाएर राख्न भने सफल भएनन् । विद्यालयस्तरमा पनि अहिले व्यापक रुपमा महिला फुटबल खेलिन्छ । महिला फुटबलको सुन्दर भविष्यका लागि यो राम्रो लक्षण हो ।

महिला लिगलाई अलि व्यवस्थित र सुविधासम्पन्न बनाउनेतिर सम्बन्धित निकायले ध्यान त दिनैपर्छ । जति अनुभव सँगाल्न सक्यो, त्यो खेलाडी त्यति नै निखारिँदै पनि जान्छ । अहिले अन्तर्राष्ट्रियस्तरमा हाम्रो उपस्थिति देखावटी मात्र छ । यसलाई प्रतिस्पर्धात्मक बनाउनुपर्छै । त्यसका लागि विद्यालयले मात्र होइन, सम्बन्धित निकायले समेत एकेडेमी नै सञ्चालनमा ल्याउनुपर्छ । कमसे कम खेलेर खाने वातावरण भने बन्नै पर्छ । यसका लागि दीर्घकालीन योजना भने अति आवश्यकछ ।
हाम्रो समयमा लगावले अभावलाई बिर्सायो । तर, सधैँ त्यसरी खेल चल्न सक्दैन । अहिलेका केटाकेटीमा लवागमै कमी छ कि भन्ने जस्तो लाग्छ । तर, समय नै परिवर्तन भएसकेको छ । हामी आत्मादेखि खेल्थ्यौं । खेल्ने ‘जिल’ बलियो थियो । मैले २०११/११ तिर एएफसी यू १६ र यू १९ तथा बंगलादेशमा भएको ओलम्पिक छनोट खेलमा म्याच कमिस्नर भएर पनि काम गरेँ । नेपालबाट विदेशी भूमिमा म्याच कमिस्नरको भूमिका निभाउने म नै पहिलो नेपाली महिला पनि हुँ । यस्ता उपलब्धिले गौरवान्वित तुल्याउँछ नै ।
खेलाडी जीवनमा सधैँ टोलीले जित्दा अति खुसी लाग्थ्यो । आफूले गोल हानेको खेल हार्दा भने अति दुःख लाग्थ्यो । म अहिले प्रहरी उपरीक्षक छु । यो पेसामा पनि सफल नै छु जस्तो लाग्छ । सम्भवतः सफल प्रहरी बन्न मलाई फुटबलले नै अभिप्रेरित गरेको हो जस्तो लाग्छ । किनकि यो दुवै विषयमा सफल हन बलियो टोली नै चाहिन्छ ।
साभार– फुटबलर्स मिसन टुगेदर्सले प्रकाशित गरेको फुटबलरको समर्पण फुटबलरलाई नामक स्मारिकाबाट गरिएको हो । मिसनसँग हाम्रो खेलकुद डटकमले अनलाइन सहकार्य गरेकाले आउने दिनमा स्मारिकामा रहेका अन्य लेख क्रमश: प्रकाशित हुनेछ ।
गणेश थापा – ‘फुटबलप्रति कुनै गुनासो छैन’
बाबुराम पुन – ‘मनबाट देशको माया कहिल्यै टाढा गएन’
अच्युतकृष्ण खरेल- ‘जति खेलियो कप्तानी नै गरियो’
राजुकाजी शाक्य – ‘रगत मै बगेको छ, फुटबल’
दीपक अमात्य – ‘जहाँ बसे पनि चिन्ता नेपाली फुटबलकै’
उपेन्द्रमान सिंह – ‘फुटबल बाहेक केही जानिन’
बालगोपाल महर्जन – ‘खेलाडी जीवनभन्दा प्रशिक्षक बन्न कठिन’
हरि खड्का- ‘फुटबलको नशाले कहिल्यै छोड्दैन’
राकेश श्रेष्ठ – ‘नेपालका लागि खेल्नु नै अमूल्य कमाइ’
अनिल गुरुङ -‘फुटबलबाट नाम र दाम दुवै कमाए’
विराज महर्जन – ‘फुटबलले जीवन बुझायो’
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]